होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले यात्रुवाहक माइक्रोबसमा कोचिएर यात्रा गरेका छन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुवाहक बस सेवा शुभारम्भ कार्यक्रममा उनी अरु यात्रुसँगै यात्रा गरेका हुन् । रिवन काटेर सेवाको उद्घाटना गरेका मन्त्री प्रेम आले यात्रुले भरिएको माइक्रो बसमा कोचिएर बसेर विमानस्थलको गोल्डेन गेटसम्मको यात्रा गरेका हुन् । विमानस्थलको […]
काठमाडौं । अमेरिकाको मिचिगनस्थित एक विद्यालयमा गोली चल्दा तीन जना विद्यार्थीको मृत्यु भएको छ । मंगलबार मिचिगन राज्यको अक्सफोर्डस्थित एक हाइ स्कूलमा गोली चलेको सीएनएनले जनाएको छ । गोली लागेर तीन जना विद्यार्थीको मृत्यु भएको र ८ जना घाइते भएका छन् । ज्यान गुमाउनेमा १६ वर्षीय छात्रसहित १४ र १७ वर्षका दुई छात्रा रहेका छन् […]
मङ्सिर, कर्णाली (सुर्खेत) । जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । कनकासुन्दरी गाउँपालिकाको गुठीज्यूलाबाट नेपालगञ्ज जाँदै गरेको ना६ख ४४३८ नंको बस सिंजा गाउँपालिका-२ जुम्ला घोडेङ्गा गाउँमा दुर्घटना भएको हो । बस सडकदेखि करिब २०० मिटर तल खसेको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले जानकारी […]
काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदै छ।महाधिवेशनको बिहान ११ बजे उद्घाटन गर्ने तयारी छ । महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठका अनुसार महाधिवेशनमा झण्डै ४ हजार ४ सय प्रतिनिधि सहभागी हुनेछन् । महाधिवेशनले १४७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । आगामी अध्यक्षका लागि वर्तमान अध्यक्ष कमल थापा र महामन्त्री […]
हाल पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्रको कारण आज साँझबाट नेपालको सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादलहरू सर्ने क्रममा सुदूरपश्चिम , कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र अन्य प्रदेशमा आंशिक देखि सामान्य बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सो प्रणालीका […]
काठमाडौं । भारत सरकारले भन्सार महसुल घटाएपछि घट्ने आकलन गरिएको भटमास, सूर्यमुखी र पाम तेलको निर्यात कात्तिक महिनामा पनि वृद्धि देखिएको छ । साउनदेखि कात्तिक मशान्तसम्म ४७ अर्ब ४६ करोड रुपैयाँको भटमास, सूर्यमुखी र पाम तेल भारत निर्यात भएकामा कात्तिकमा मात्र १० अर्ब ९ करोड ८३ लाखको निर्यात भएको छ । गत असोज २५ गते […]
काठमाडौं । सर्वोच्च अदालतले बुधबार (आज)देखि गोला प्रक्रियाबाट पेशी व्यवस्थापन शुरु गर्ने भएको छ । विहान १० बजे सबै न्यायाधीशहरु भेला भई गोटी तानेर इजलास गठन गर्ने र त्यसपछि मुद्दाको समूह छानेर सुनुवाइको सुरुवात गर्नेछन् । सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले बुधबारदेखि गोला प्रक्रियाबाट पेसी व्यवस्थापन हुने बताए । ‘संशोधित नियमावली र नयाँ निर्देशिका […]
धनगढी: मंगलबार अपरान्ह अछाममा भएको बस दुर्घटनाका मृतकको पहिचान खुलेको छ। मृत्यु हुने मा अछामको मंगलसैन नगरपालिका–१४ का ५७ वर्षीय टंकबहादुर भण्डारी र मंगलसैन नगरपालिका–१ का २१ वर्षीय एकेन्द्र थापा रहेको सुदूरपश्चिम ट्राफिक कार्यालय अत्तरियाका इन्सपेक्टर राजेन्द्रबहादुर सिंहले बताए। धनगढीका लागि छुटेको ना ६ ख ८२९ नम्बरको बस मंगलसैनकै डाँडाबाघ भन्ने ठाउँमा दुर्घटना हुँदा दुई […]
काठमाडौँ — एमालेको १०औं महाधिवेशनमा पदाधिकारीमा सर्वसम्मत हुन नसकेपछि अध्यक्ष, उपाध्यक्ष र सचिवमा मतदान भएको थियो । मतदानको परिणाम अनुसार अध्यक्षमा केपी शर्मा ओलीले १८४० मत ल्याउँदै निर्वाचित भए । अध्यक्षका अर्का प्रत्यासी भीम रावलले २२३ मत प्राप्त गरे । उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत ल्याइन् । उनले १९७६ मत प्राप्त गरिन् । उपाध्यक्षमा निर्वाचित […]
नागरिक रैबार/बाजुरा १४ मंसिर। नेकपा एकिकृत समाजवादी पार्टी बाजुराको प्रचार विभाग प्रमुखमा सचिवालय सदस्य शेरबहादुर शाहीलाई चयन गरिएको छ । समाजवादीको मंगलबार बसेको सचिवालय बैठकले त्रिवेणी नगरपालिका इन्चार्ज समेत रहेका शाहीलाई प्रचार विभागको जिम्मेवारी दिईएको समाजवादी पार्टी बाजुराले बताएको छ । यस अघि पार्टीकोे पहिलो विस्तारित बैठकले प्रेमबहादुर विकलाई प्रचार विभाग प्रमुखको जिम्मेवारी दिएको थियो […]
काठमाडौं । नेकपा एमालेको उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले सबैभन्दा धेरै मत पाएकी छन् । खसेको २०९६ मतमध्ये उनले १९७६ मत पाएकी छन् । त्यस्तै सुरेन्द्र पाण्डेले १९२५, सुवासचन्द्र नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत पाए । अध्यक्ष केपी शर्मा ओलीको सूचीमा नपरेका घनश्याम भुसालले ७२५ मत पाएका छन् । […]
धनगढी : सुदूरपश्चिम सरकारले चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न फेरि सूचना प्रकाशन गरेको छ। नेपालमै एमबीबीएस पहिलो वर्षमा अध्ययनरत विद्यार्थीलाई छात्रवृति प्रदान गर्न प्रदेशको सामाजिक विकास मन्त्रालयले सूचना जारी गरेको हो। सुदूरपश्चिमका दलित, आदिवासी जनजाति, सिमान्तकृत, लोपोन्मुख समुदाय, पिछडिए क्षेत्रका जेहन्दार विद्यार्थीलाई छात्रवृति वितरण गरिने सामाजिक विकास मन्त्रालयको उच्च शिक्षा महाशाखाका शाखा अधिकृत […]
अछाममा बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।अछाम सदरमुकाम मंगलसैनबाट धनगढीका लागी छुटेको ना ६ ख ८२९ नम्बरको बस कैलाश खोला नजिकै दुर्घटना हुँदा २ जनाको ज्यान गएको जानकारी पाएको प्रहरीले जनाएको छ । बसमा कति जना सवर थिए भन्ने एकिन छैन ।बस उल्टो फर्किएकाले धेरैको ज्यान गएको हुन सक्ने आशँका गरिएको छ […]
१४ मंसिर, चितवन । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनबाट ओली पुनः चार वर्षे कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । ओलीले १८०८ मत पाएर अध्यक्ष चुनिंदा अर्का प्रत्यासी भीम रावलले २१३ मत पाएका निर्वाचन समितिका एक सदस्यले जानकारी दिए । यद्यपि निर्वाचन समितिले मत […]
चितवन । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।मत गणनामा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले सुरुदेखि ठूलो मतान्तरसहित नै अग्रता लिएका छन् । निर्वाचन समितिले दिएको पछिल्लो जानकारीअनुसार ओलीले ९९६ मत पाउँदा अर्का प्रत्यासी भीम रावलले १११ मत पाएका छन् । चितवनमा आयोजित १० औं राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको […]
काठमाडौं । नेपाल प्रहरीमा तीन वटा पद थपिएको छ । तल्लो दर्जामा काम गर्ने कर्मचारीको मनोबल वृद्धिका लागि भन्दै वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई), सहायक हवल्दार र वरिष्ठ हवल्दार पद थपिएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन वटा पद थप गर्ने गृहको प्रस्तावलाई स्वीकृत गर्दै प्रहरी नियमावली संशोधन गरेको हो । स्वीकृत भएको नियमवाली […]
नागरिक रैबार । मंसिर १४ बाजुरा । जात व्यवस्था उन्मूलन मोर्चा सुदूरपश्चिम प्रदेश समितिले मंसिर ४ गते धनगढीको पार्कमोडबाट सुरु गरेको जात व्यवस्था उन्मूलनः जागरण एवं संगठनात्मक अभियान २०७८ सुदूरपश्चिमका ९ वटै जिल्लामा संगठन विस्तार गरी सोमवार कञ्चनपुरमा एक कार्यक्रमका वीच सफलता पूर्वक समापन गरेको छ । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको उक्त जनवर्गीय संगठनले […]
काठमाडौँ : नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको परिणाम आउन थालेको छ। निर्वाचन आयोगका अनुसार ओलीले ४०० मत ल्याउँदा प्रतिस्पर्धामा रहेका उपाध्यक्ष भीम रावलले ४२ मत मात्रै ल्याएका छन्। अहिले सेभेन स्टार होटलस्थित एलिफेन्ट कन्फेरेन्स हलमा मतगणना भइरहेको छ। एमालेमा दुई हजार १५३ जना प्रतिनिधि सहभागी थिए। जसमा दुई हजार ९६ मत खसेको छ।
नेकपा एमालेको १० औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानको मतगणना सुरु भएको छ । केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले विभिन्न विद्युतीय मेसिनबाट तथ्यांक संकलन सुरु भएको जानकारी दिए । दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ । सुब्बाका अनुसार विद्युतीय […]
काठमाडौँ — नेकपा एमालेका निवर्तमान उपाध्यक्ष भीम रावलले आफू अध्यक्षमा निर्वाचित नभए पार्टीको कुनै पनि कमिटीमा बस्ने घोषणा गरेका थिए । अध्यक्ष पदमा उम्मेदवारी दिएका रावलले आफू त्यो पदमा विजयी नभए स्वतः पार्टी कमिटी बाहिर हुने प्रतिक्रिया दिएका थिए । मंगलबार चितवनको सौराहामा नेतृत्व चयनका लागि भएको निर्वाचन सकिएलगत्तै उनले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने […]