होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
राप्रपा अध्यक्ष कमल थापाले अभिनेत्री रेखा थापा गणतन्त्रको पक्षधर भएको टिप्पणी गरेका छन् । राप्रपाको निर्वाचनमा थापाले महिला कोटाबाट केन्द्रीय महामन्त्रीमा उम्मेदवारी दिएपछि थापाले रेखा गणतन्त्रवादी भएको टिप्पणी गरेका हुन् । रेखा राजेन्द्र लिङ्देन प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेकी हुन् भने आफ्नो विरोधी कित्तामा रहेपछि थापाले पुरानो भिडियो क्लिप सामाजिक सञ्जाल फेसबुकमा राखेर रेखाको खेदो खनेका […]
काठमाडौं, १७ मंसिर । प्रतिनिधि सभाको बैठक २८ मंसिरका लागि आव्हान गरिएपछि देशको राजनीतिमा ठूलै गडबडी हुने सम्भावना बढेको छ । एकातर्फ, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई हटाउन ठूलै शक्ति लागेको छ अर्कोतर्फ अमेरिकी सहयोगसम्बन्धी एमसीसी वार कि पारमा जाँदैछ । अब जबरा र एमसीसीको मामला राजनीतिक कार्डका रुपमा प्रयोग हुने निश्चितप्रायः छ । जबराको मामला […]
काठमाडौं । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनमा संस्थापन र संस्थापन इतर समूह प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् । सहमतिमै प्रदेश कार्यसमिति चयन गर्ने प्रयास सफल नभएपछि दुबै समूह प्यानलसहित प्रतिस्पर्धामा उत्रिने भएका हुन् । संस्थापन समूहले सम्मानजक पद बाँडफाँट गर्न नचाहेपछि सहमति हुन नसकेको संस्थापन पक्षको भनाइ छ । सहमतिकै लागि नेताहरुले उम्मेदवारी मनोनयन दर्ताको […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षकले पढाउने कर्तव्य छोडेर राजनीति मात्रै गर्न नहुने बताएका छन् ।शुक्रबार शिक्षक संगठनको १२औं जिल्ला अधिवेशनमा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ‘राजनीतिक पार्टीको कार्यकर्ताको हिसाबले पढाइ छोडेर पढाउने कर्तव्य छोडेर राजनीति मात्रै गर्न हुँदैन’ ओलीले भने । तर, कतिपय देशमा चुनावमै शिक्षकहरु खटिने […]
काठमाडौंः पछिल्लो समयकी हिट गायिका रचना रिमालको जीवनमा शुक्रबार नयाँ खुशि आएको छ। उनले झापा भद्रपुरको प्रज्ञा एकेडेमीबाट कक्षा १२ पास गरेकी छिन्। निकै खुशि छु, अब संगीत विषय लिएर ब्याचलर पढ्छु’ रचनाले भनिन्। रचनाले शुक्रबार सार्वजनिक भएको नतिजामा जीपीए ३ ४४ ल्याएकी छिन्। अबदेखि काठमाडौंमा रहेर गीत गाउने र स्नातक पढ्ने आफ्नो योजना रहेको […]
धनगढीः सुदूरपश्चिमका ७ पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध बनेको छ। विवाहको बस र मिनी ट्रक ठोक्किदा राजमार्ग १ घण्टादेखि अवरुद्ध बनेको हो। डोटीको जोरायल गाउँपालिका वडा नम्बर १ को गोगनपानी नजिकै विवाहको बस र ट्रक ठोक्किएको प्रहरीले जनाएको छ। जन्ती बोकेको बस घोरणीबाट बिपिनगरतर्फ गइरहेको थियो। राजमार्ग अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन्।
धनगढी । कञ्चनपुरमा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।शुक्रबार वेदकोट नगरपालिकाको दैजीबाट जन्ती लिएर लालझाडीतर्फ फर्किदै गरेको से १ त ३८४१ नम्बरको ट्रयाक्टर पूर्वपश्चिम राजमार्ग अन्तरगत झलारीमा दुर्घटना हुँदा १४ जना घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहकाअनुसार दुर्घटनामा परेर घाइते […]
धनगढी । कैलालीमा एक बालक हत्याको अभियोगमा पक्राउ परेकी महिलालाई प्रहरीले सार्वजनिक गरेको छ । धनगढी उपमहानगरपालिका–२ को मालिका टोलमा बस्ने बाजुराको खप्तड छेडेदह गाउँपालिका–२ की ३५ वर्षीया मागी रोकाया पक्राउ परेकी हुन् । उनीमाथि आफ्नो छोरा नाता पर्ने ३ वर्षका बालक निशान्त थापामगरलाई विषादी खुुवाएर हत्या गरेको आरोप लागेको छ । निशान्त मागीका श्रीमान […]
नेकपा एमालेकी सांसद शान्ता चौधरीले कक्षा १२ को रिजल्ट लिष्टमा आफ्नो सिम्बोल नम्बर नभेटेको बताएकी छिन् । गत असोज ८ गतेदेखि भएको कक्षा १२ को परीक्षामा उनले नयाँ बानेश्वरको रत्न राज्यलक्ष्मी उच्च माविको होम सेन्टरबाट परीक्षा दिएकी थिइन् । कुरा गर्दै सांसद चौधरीले रिजल्ट आएपनि आफूले सिम्बोल नम्बर नभेटेको र पास फेलबारे पछि फोन गरेर […]
धनगढीः दिपायल सिलगढी नगरपालिका–८ लडागडामा बालविवाह न्यूनीकरणका लागि मतदान गरिएको छ। उक्त वडामा उमेर नपुग्दै विवाह गर्ने क्रम बढेपछि सो कार्य रोक्न बालबालिकालाई सानै उमेरमा विवाह गर्नु राम्रो या नराम्रो भन्नेबारे जानकारी लिन मतदान गरिएको हो। बालविवाहबारे सचेत गर्ने उद्देश्यले मतदानको प्रक्रिया अपनाइएको हो। ‘गुड नेभर्स इन्टरनेशनल, नेपाल’ र सामुदायिक विकास केन्द्रको आयोजनामा विद्यालयमा मतदान […]
नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनअन्तरगत शेरबहादुर देउवा पक्षले रामचन्द्र पौडेल पक्षसँग चुनाव लड्ने उम्मेदवारको टुंगो लगाएको छ । देउवा पक्षको बैठकले सभापतिमा वीरबहादुर बलायरलाई उठाउने निर्णय गरेको छ । यस्तै उपसभापतिमा जनक चौधरी (कैलाली), लोकराज अवस्थी (बैतडी), महामन्त्रीमा मनु साह (कैलाली), मेघराज खड्का (अछाम) र सहमहामन्त्रीमा अम्बिका चलाउने र गोपालदत्त भट्टलाई उम्मेदवार बनाइएको बलायरले बताए […]
चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज सहित आसपासका वन क्षेत्रमा बाघको गणना गरिन लागिएको छ । यसका लागि आजदेखि चितवन राष्ट्रिय निकुञ्जमा दुई दिने तालिम सुरु गरिएको छ । यही मङ्सिर १९ देखि सुरु हुने सो गणनाका लागि करिव एकसय जनालाई आवश्यक प्राविधिक ज्ञान दिइने छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले […]
काठमाडौँ — २०७८ सालका लागि तीन विधामा ‘अन्तर्दृष्टि पुरस्कार’ घोषणा गरिएको छ । अपांगता भएका व्यक्तिहरूको ३०औं अन्तर्राष्ट्रिय दिवस– डिसेम्बर ३, २०२१ को उपलक्ष्यमा शुक्रबार तीन विधामा घोषणा भएको उक्त पुरस्कार डा. कमल लामिछानेले २०७७ सालमा स्थापना गरेका हुन् । देशभरका समावेशी शिक्षा सञ्चालित विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूको सर्वेक्षणका आधारमा […]
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा दलबलसहित अध्यक्षमा उम्मेदवारी दिन पुगेका छन् । शुक्रबार थापा सहितका नेता–कार्यकर्ता बाजागाजासहित राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ता गर्न पुगेका हुन् । राप्रपाको नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित चुनावी मैदानमा रहेका छन् । सो पार्टीको एकताको महाधिवेशन अन्तर्गत शनिबार मतदान हुने कार्यक्रम रहेको छ ।
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन् । शुक्रबार उनीहरुले भृकुटीमण्डपस्थित निर्वाचन कार्यालयमा पुगेर अध्यक्षमा मनोनयन दर्ता गराएका हुन् । राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा थापा र लिङ्देनले प्यानलसहित उम्मेदवारी दिएका छन् । थापाको प्यानलबाट उपाध्यक्षमा विक्रम पाण्डे, वुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशन कार्कीले उम्मेदवारी दिएका छन् […]
१७ मंसिर, काठमाडौं । नेपाल प्रहरीमा प्रहरी उपरीक्षक (एसपी) सम्मका कर्मचारीले अवकाश पाउँदा स्वतः एक तह बढुवा हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी नियमावली, २०७१ मा संशोधन गर्दै एसपीसम्मका अधिकारी अनिवार्य अवकाशमा जानु एक महिना अघि एक तह बढुवा गर्ने निर्णय गरेको हो । गृह मन्त्रालय स्रोतका अनुसार अब कम्तिमा ८ वर्ष […]
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अबको केही महीनामै स्थानीय तहको चुनाव हुने बताएका छन् । प्रदेश नम्बर १ को पार्टी अधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले केही महीनामै स्थानीय तहको निर्वाचन र एक वर्षभित्र संघ र प्रदेशको चुनावमा जाने भएकोले तयारी गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् । सभापति देउवाले पार्टीका सबै […]
मुगु, सुर्खेत — कणाली उच्च हिमाली भेगमा बिहीबार दिउँसोदेखि हिमपात भएको छ । कर्णालीको मुगु, हुम्ला, डोल्पा, जुम्लाको उच्च हिमली बस्तीमा हिमपात भएको छ । सिमकोटमा बाक्लो हिउ परेपछि चिसोले जनजीवन प्रभावित बनेको छ । धावनमार्गमा हिउँ जमेपछि हवाई सेवा अवरुद्ध हुँदा नेपालगञ्ज, सुर्खेत ओर्लिने यात्रुहरु विमानस्थलमै अलपत्र परेका छ । हिमपात र वर्षाका कारण […]
काठमाडौँ — मर्कामा परेका कर्मचारीको व्यवस्थापन गर्न भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बनाएको मापदण्डलाई आधार बनाएर झन्डै चार हजारले सरुवा मागेपछि दुर्गमका स्थानीय तह खाली हुने अवस्था सिर्जना भएको छ । २०७६ मा स्थानीय तहका लागि सेवा प्रवेश गरेकामध्ये चार हजारले सुगममा सरुवा माग गरेपछि मन्त्रालयले निर्णय गर्न सकेको छैन । मन्त्रालयका प्रवक्ता सहसचिव वसन्त […]
दार्चुलामा बालविवाह न्यूनीकरण गर्नु ठिक कि बेठिक भन्दै मतदान भइरहेको छ । उमेर नपुग्दै विवाह गर्ने क्रम बढ्दै गएको भन्दै विद्यार्थी, अभिभावक जनप्रतिनिधिहरू मतदानमा सहभागी भएका छन् । मालिकार्जुन गाउँपालिकालाई विसं २०८० भित्र बालविवाह मुक्त घोषणा गर्ने लक्ष्यअनुरुप अहिले बालविवाह न्यूनीकरणसम्बन्धी सचेतना प्रदान गर्न मतदान भइरहेको हो । मालिकार्जुन गाउँपालिका–२, ३ र ७ मा मतदान […]