होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ ६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • रेखा थापाको भिडियो क्लिप सेयर गर्दै कमल थापाले भने– हाहाहा! नो कमेन्ट
समाचार

रेखा थापाको भिडियो क्लिप सेयर गर्दै कमल थापाले भने– हाहाहा! नो कमेन्ट

  • नागरिक रैबार
रेखा थापाको भिडियो क्लिप सेयर गर्दै कमल थापाले भने– हाहाहा! नो कमेन्ट

राप्रपा अध्यक्ष कमल थापाले अभिनेत्री रेखा थापा गणतन्त्रको पक्षधर भएको टिप्पणी गरेका छन् । राप्रपाको निर्वाचनमा थापाले महिला कोटाबाट केन्द्रीय महामन्त्रीमा उम्मेदवारी दिएपछि थापाले रेखा गणतन्त्रवादी भएको टिप्पणी गरेका हुन् ।

रेखा राजेन्द्र लिङ्देन प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेकी हुन् भने आफ्नो विरोधी कित्तामा रहेपछि थापाले पुरानो भिडियो क्लिप सामाजिक सञ्जाल फेसबुकमा राखेर रेखाको खेदो खनेका हुन् ।

रंग पत्रकार प्रकाश सुवेदीसँगको पुरानो अन्तरवार्ताको क्लिप शेयर गर्दै थापाले भनेका छन्, ‘हाहाहा ! नो कमेन्ट ।’

विज्ञापन

सुवेदीले थापालाई प्रश्न गर्छन्–राजतन्त्र कि गणतन्त्र ?

जवाफमा थापाले ‘गणतन्त्र’ भन्छिन् ।

‘तपाईँ अहिले कुन पार्टीसँग आबद्ध हुनुहुन्छ ?

राप्रपा !

राप्रपाको उद्देश्य के हो थाहा छ, यहाँलाई ?

थाहा छ ! मैले आम जनताको भाषा बोलिरहेको छु । पार्टीको सिद्धान्त र विचार आफ्नो ठाउँमा छँदैछ । पार्टीकै सिद्धान्तमा कतिपय मानिसहरुमा त्यो चिज चित्त नबुझेको पनि हुनसक्छ । त्यो पछि ब्याख्या गरौँला….’

सुवेदीले फेरि सोध्छन्–यसो बोल्दा तपाईँलाई पार्टीले कारबाही गर्दैन ?

रेखा भन्छिन्, ‘गर्दैन, यो त म रेखा थापा बोलिरहेको छु । पार्टीको कुनै नेतृको रुपमा बोलाउनु भएको छैन नि तपाईँले । ग्ल्यामर गफमा रेखा थापालाई बोलाउनु भएको छ । अभिनेत्रीलाई बोलाउनु भएको छ । म नेपाली जनताको कलाकार भएको हिसावले र सामान्य नागरिक भएको हिसावले गणतन्त्र यसकारणले रोजेँ कि गणतन्त्रमा कुनैपनि बच्चाबच्ची जन्मिँदै गर्दा यो देशको कार्यबाहक हुने अधिकार प्राप्त गरेर जन्मिन्छ ।

राप्रपा हिन्दु राष्ट्र र राजसंस्थाको एजेण्डा बोकेको पार्टी भएपनि रेखाले गणतन्त्रको वकालत गरेको र उनलाई महामन्त्रीमा जिताउन नहुने आशय थापामा देखिन्छ ।

राप्रपाकै कतिपय नेताहरुले भने कुनै एक सन्दर्भको पुरानो भिडियोलाई थापाले चुनावी अस्त्रको रुपमा प्रयोग गरेको भन्दै आलोचना पनि गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार