होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी : सुदूरपश्चिममा कोभिड पुष्टि भएका १३ जनाको स्वाब भेरियन्ट पत्ता लगाउन काठमाडौं पठाइएको छ। प्रदेश जनस्वास्थ्य प्रयोगशालाका अनुसार कञ्चनपुरको गड्डाचौकी नाकामा एन्टिजेन पुष्टि भएका तीन जना र सेती प्रादेशिक अस्पतालमा कोभिड पुष्टि भएका १० जना गरी १३ जनाको स्वाब काठमाडौं पठाइएको हो। संक्रमण पुष्टि भए पनि भेरियन्ट पत्ता लगाउनका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब […]
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले पार्टी केपी ओलीको निजी कम्पनी भएको बताएका छन् । अध्यक्ष नेपालले एमालेभित्र रहेका नेताहरुको हविगत निल्नु न ओकल्नुको अवस्थामा पुगेको बताउँदै अबका दिनमा ओलीले राप्रपा, एमाले र लोकतान्त्रिक समाजवादीसँग एक गर्नेसमेत दाबी गरे । सोमवार सुनसरीको इटहरीमा आयोजित प्रदेश १ को पार्टीस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई […]
नागरिक रैबार/ बाजुरा २१ मंसिर । जिल्लाकाे हिमाली गाउँपालिकामा एक जना सुत्केरीको मृत्युु भएकाे छ । मृत्यु हुनेमा साेही गाउँपालिका ४ कि २१ वर्षिया गंगा चंदारा रहेकी छन् । उनकाे अत्याधिक रक्तस्रावका कारण मृत्यु भएकाे गाउँपालिकाले जनाएकाे छ । गाउँपालिकाका अनुसार गंगा चदाराको बच्चा जन्माएको केही समयमै रक्तश्रावपछि मृत्यु भएकाे हाे । घरमै बच्चा जन्माएकि […]
काठमाडौं । नेपाल प्रहरीका जवानहरुको पेन्सन अवधि १६ वर्ष बनाउने प्रस्ताव अघि बढेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले पठाएको प्रस्तावलाई गृह मन्त्रालयले निर्णयार्थ अघि बढाएको हो । मन्त्रालय उच्च स्रोतका अनुसार मन्त्रालयले सर्तसहित पेन्सन अवधि घटाउने प्रस्तावबारे छलफल गरिरहेको छ । स्रोत भन्छ, ‘अर्थ मन्त्रालय, लोक सेवा आयोग लगायत विभिन्न निकायसँग छलफल चलिरहेको छ, […]
नेपालमा हालसम्म ८७ लाख बढीले कोरोनाभाइरस विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म ८७ लाख ८० हजार ४३३ जनाले पूर्ण मात्रा खोप लगाएका हुन् । यस्तै पहिलो डोज मात्रै खोप लगाउनेको संख्या १ करोड ५० लाख ४ हजार ७६४ पुगेको छ । पहिलो र दोस्रो डोज गरी हालसम्म १ […]
काठमाडौं । सरकारले १२–१७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड–१९ विरुद्धको मोडेर्ना खोप लगाउने तयारी गरेको छ । कोभ्याक्स सुविधामार्फत एक लाख ८८ हजार डोज मोडेर्ना खोप प्राप्त गरेसँगै सरकारले पहिलो चरणमा हिमाली जिल्लाका बालबालिकालाई खोप लगाउने तयारी गरेको हो । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख सागर दाहालका अनुसार आगामी हप्तादेखि […]
काठमाडौं । निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन तालिका र कार्यक्रम स्वीकृत गरेको छ ।आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार पुस २० गते उम्मेदवारी दर्ताको कार्यक्रम छ । २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने, २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामाबाट न्यायालय सुधार नहुने बताएका छन् । नेपाल बार एशोसिएसनको टोलीसँग मंगलबार आफ्नै निवास बालकोटमा भएको कुराकानीमा उनले प्रधानन्यायाधीशको राजीनामा वा महाभियोगबाट न्यायिक सुधारको सुरुवात नहुने बताएका हुन् । कानुन व्यवसायीले प्रधानन्यायाधीश जबरालाई महाभियोग लगाएर हटाउन ओलीको सहयोग मागेका थिए । तर उनले राजीनामा […]
कर्णाली प्रदेशमा कृषि क्षेत्र विकास कार्यक्रम विस्तार गरिएको छ । नेपाल सरकार कृषि तथा पशुपन्छी विकास अन्तर्गत सञ्चालित कृषि क्षेत्र विकास कार्यक्रमले कर्णालीमा पनि कार्यक्रम विस्तार गरेको हो । अहिले कार्यक्रम अन्तर्गत विभिन्न पालिकामा सामुदायिक कृषि प्रसार सेवा केन्द्र स्थापना गरिरहेको छ । सार्वजनिक र निजी क्षेत्रको साझेदारीमा वडा तथा बस्ती स्तरसम्म सहभागितामूलक एवं बहुपक्षीय […]
कोरोना सङ्क्रमणविरुद्धको खोप लगाएकी मकवानपुरको हेटौँडाकी एक महिलाको कोभिड–१९ बाट मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका–१४ की ६३ वर्षीया महिलाको आज बिहान हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अस्पतालका कोभिड इन्चार्ज डा प्रशान्त बिडारीका अनुसार चार दिनअघि ती महिलामा कोरोना सङ्क्रमण पृष्टि भएको थियो । उनी मिर्गाैला र मधुमेह रोगबाट समेत पीडित थिइन् […]
बैतडी: सोमबार साँझ बैतडीमा जीप दुर्घटना हुँदा फरार भएका चालक घाइते अवस्थामा फेला परेका छन्। बैतडीको पाटन नगरपालिका ५ अड्तोलाका जीप चालक खेमराज पाण्डे गएराति घाइते अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए। उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको बताइएको छ। दुर्घटनामा परी सुर्नया गाउँपालिका वडा नं ४ का २ […]
सुर्खेत, मुगु — कालीकोटको पलाँता–६ का नवराज बुढाले ३५ वर्षअघि १८ दिन हिँडेर कैलालीको चिसापानी हाट पुगी वर्षभरि पुग्ने नुन खरिद गरेका थिए । अहिले पनि उनी ढिकेनुन ल्याउन खिनबाट झन्डै ५ घण्टा हिँडेर थिर्पुको बाख्रेबजार पुग्छन् । पलाँतामा साल्ट ट्रेडिङ कर्पोरेसनले डिपो राखेको छ । ‘गाउँको डिपोमा कहिल्यै नुन पाइँदैन,’ उनले भने, ‘आएको नुन पनि २/४ दिनमै […]
काठमाडौँ — कांग्रेस राजनीतिको अंकगणितमा नेता कृष्णप्रसाद सिटौला निर्णायक बनेका छन् । ६ वटा प्रदेश अधिवेशनको नतिजाले आफैं नेतृत्वमा पुग्न सक्ने अवस्था नभए पनि उनीसँग भएको मत नेतृत्व चयनमा निर्णायक बन्ने देखाएको छ । ६ प्रदेशमध्ये प्रदेश १ मा उनको समूहका उद्धव थापा सभापति निर्वाचित भएका छन् । कोइराला समूहको परम्परागत गढ मानिने प्रदेश १ मा उनले आफ्नो […]
काठमाडौं । बैतडीमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।पाटन नगरपालिका-१ सकारकी ४० वर्षीया जानकी भट्टराईको पाटन स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएपछि दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । बैतडीको पाटनबाट सकार जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप […]
सभापतिमा चुनाव लड्ने दाबी गरिरहेका नेपाली काँग्रेसका चारजना नेताहरु रामचन्द्र पौडेल, डा. शशांक कोइराला, प्रकाशमान सिंह र डा. शेखर कोइरालालाई आपसमा मिलेर एकल उम्मेदवारी तय गर्न युवा नेताहरुले मंसिर २३ गतेसम्मको अल्टिमेटम दिएका छन् । संस्थापन इत्तर पक्षबाट २३ गते बेलुकासम्म साझा उम्मेदवारी तय नगरिए युवाहरुले आफै प्यानल घोषणा गर्ने युवा नेताहरुले बताएका हुन् । […]
सुर्खेत – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरदेखि करिब तीन घण्टाको यात्रा । सडक नजिकै भेरीको किनार छेउमा राउटे बस्ती । फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदाय एकसरो कपडामा थिए । नदी किनारको छेउ यसै पनि उनीहरू जाडोले कापिरहेका थिए । लोपोउन्मुख जाती राउटे समुदाय आफ्नै कर्ममा व्यस्त थिए । पहिले खुलेर बोल्ने राउटे बीचमा मिडियाबाट आतंकित […]
काठमाडौँ — कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि सोमबार पहिलोपटक केन्द्रीय कार्यालय जाने भएका छन् । देउवाले १४ औं महाधिवेशनको तयारीका लागि गठित महाधिवेशन मूल व्यवस्थापन समितिको बैठकमा सहभागी हुन उनी कार्यालय जान लागेका हुन् । बैठक सोमबार दिउँसो साढे चार बजे बस्दैछ । देउवाले महाधिवेशनको व्यवस्थापनका लागि गठित विभिन्न समितिका संयोजकहरूसहितको बैठक बोलाएका हुन् […]
काठमाडौँ — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाहिर हल्ला फैलिएजस्तो लकडाउनबारे निर्णय नभएको जनाएको छ । सोमबार ओमिक्रोनका २ जना संक्रमित भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो जनाएको हो । झण्डै ४० देशमा देखा परिसकेको यो भेरिएन्ट संक्रामक पनि मानिएको छ । ओमिक्रोन फैलनसक्ने भन्दै सामाजिक सञ्जालमा चासो र चिन्ता बढेपछि सरकारले सचेत गराउँदै लकडाउन बारे […]
धनगढीः भारतलगायत विभिन्न मुलुकमा कोनारना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमण देखिन थालेपछि सुदूरपश्चिम प्रदेश सरकारले पूर्व तयारी तीव्र पारेको छ। आज बिहान सुदूरपीश्चम प्रदेशको निर्देशक समितिको बैठकले समेत नयाँ भेरियन्ट भित्रिन नदिन स्वास्थ्य सर्तकताका साथै प्रदेशका अस्पताल र स्वास्थ्य उपकरणलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको प्रदेश निर्देशक समितिले […]
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले दक्षिण अफ्रिकामा भेटिएको कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट ओमिक्रोनबारे विश्व समुदायलाई जानकारी नगराउँदै नेपालमा त्यसको संक्रमण भित्रिसकेको पाइएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन पहिलो पटक दक्षिण अफ्रिकामा भेटिएको थियो । त्यहाँ नोभेम्बर ९ (२३ कात्तिक)मा संकलन गरिएको नमूनामा नयाँ भेरियन्ट भेटिएको थियो र विश्व स्वास्थ्य संगठनले […]