होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
थिम्पु — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भुटानको सर्वोच्च नागरिक पुरस्कार ‘नगाडाग पेल गी खोर्लो’बाट सम्मानित भएका छन् । भुटानको राष्ट्रिय दिवसको अवसरमा शुक्रबार भुटानले यस्तो सम्मान प्रदान गरेको हो । भुटानका प्रधानमन्त्री लोटे छिरिङले ‘सर्वोच्च नागरिक सम्मान नगाडाग पेल गी खोर्लोका लागि महामहिम मोदीजीको नाम सुन्न पाउँदा खुसी लागेको’ प्रतिक्रिया दिएका छन् । मोदीलाई यस […]
नागरिक रैबार/बाजुरा २ पुस। बाजुरा जिल्लाका मेहनति ३ जना कृषकलाई भिमदत्त उत्कृष्ट पुरस्कार वितरण गरिएको छ । कृषि ज्ञान केन्द्र बाजुराको समन्वयमा भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कृषि विकास निर्देशनालय दिपायल डोटीले बाजुराका ३ जना कृषकलाई जनही २५ हजार नगद सहित भिमदत्त उत्कृष्ट कृषक पुरस्कार वितरण गरेको हो । बाजुरा जिल्लामा कृषि पेशालाई नै […]
काठमाडौँ — सूर्यको बाहिरी सतहमा पहिलोपटक मानव निर्मित प्रोभ (यान) पुगेको छ । अमेरिकी अन्तरिक्ष संस्था नासाको ‘पार्कर सोलार प्रोभ’ सूर्यको कोरोना (बाहिरी भाग) मा प्रवेश गरेको हो । मानव निर्मित यान सूर्यको यति नजिक पुगेको यो पहिलो घटना हो । सूर्यको ४ तहमध्ये कोरोना बाहिरी तह हो । सूर्यमा कोरोना, क्रोमोस्फेयर, फोटोस्फेयर र कोर गरेर मुख्य चार तह […]
काठमाडौँ- नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनमा बाँकी सहमहामन्त्री पदको मतगणना जारी रहेको छ । बाँकी सहमहामन्त्रीको मतगणना जारी रहेको र केहीबेरपछि प्रारम्भिक नतिजा आउने कांग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए । कांग्रेसका महामन्त्री पदको आठ क्लष्टरमध्ये तीनको बिहीबार मत परिणाम आइसकेकाले आज बाँकी पाँच क्लस्टरको मतगणना […]
धनगढीः नेकपा एमालेले नेताहरुको कार्यविभाजन गरेको छ। १० औं राष्ट्रिय सम्मेलनबाट नयाँ कार्यसमिति चुनिएपछि कार्यविभाजन गरिएको हो। एमालेले अन्तरपार्टी निर्देशन जारी गर्दै विभिन्न विभागका प्रमुखका साथै प्रदेश र जिल्ला इञ्चार्ज तथा सहइञ्चार्जहरु पनि तोकेको छ। सुदूरपश्चिम इञ्चार्जमा सचिव लेखराज भट्टले जिम्मेवारी पाएका छन्। यस्तै यसअघि प्रदेश अध्यक्ष रहेका कर्णबहादुर थापालाई प्रदेशमा सहइञ्चार्जको जिम्मेवारी दिइएको छ। […]
सप्तरी। दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएपछि सप्तरीको बलान बिहुल गाउँपालिकाको वडा नम्बर २ दिघिया गाउँका बासिन्दा शोकमा डुबेका छन्। बिहीबार दिउँसो मोटरसाइकलमा सबार उनीहरुलाई सिरहाको लहानमा टिपरले ठक्कर दिएको थियो। मृत्यु हुनेमा ६५ वर्षीय मोतीलाल यादव, उनका भतिजा ३० वर्षीय रामकुमार यादव र ७ वर्षीय नाती अभिषेक यादव छन्। यी तीनसहित चार जना […]
काठमाडौं। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रिकेट खेलाडीमाथि गरिएको कारबाहीबारे प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्। शुक्रबार बिहान प्रधानमन्त्री देउवालाई बालुवाटारमा भेटेर प्रचण्डले क्रिकेट खेलाडीलाई गरिएको कारबाहीबारे ध्यानाकर्षण गराएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। ‘प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष प्रचण्डले क्रिकेट खेलमार्फत् नेपाललाई विश्वसामु चिनाउन योगदान गरेका खेलाडीहरुलाई दुरुत्साहित हुने ढंगले कारबाही गरिनु गलत […]
नागरिक रैबार बाजुरा १ पुस । बाजुराको जगन्नाथ गाउँपालिकाले आजदेखि गाउँपालिकामै नागरिकता वितरण गर्न सूरू गरेकाे छ । जगन्नाथ गाउँपालिकाकाे आयोजना र जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा आजबाट गाउँपालिकामा नागरिकता वितरण सूरू गरेकाे हाे । गाउँपालिका भित्रका वडा नं १ देखि ६ सम्मका नागरिकता लिन बाँकी अशक्त,अपाङ्ग,फरक क्षमता भएका,बृद्ध र बृद्धाहरुलाई आजबाट गाउँपालिकाकाे केन्द्र जुड्डीमा […]
नागरिक रैबार/बाजुरा १ पुस। बाजुरा जिल्लाका ३ नगरपालिकासहित २ गाउँपालिकामा सन २०२० देखि संचालन हुँदै आएको स्वास्थ्य अधिकार सुधार परियोजनाको जिल्ला स्तरीय समिक्षा तथा योजना बैठक मार्तडीमा सम्पन्न भएको छ । कोईकाको आर्थिक सहयोग तथा गुडनेवर्स इन्टरनेशनल, पिसवीन, किर्डाकको प्राविधिक सहयोगमा उक्त परियोजनाको जिल्ला स्तरीय समिक्षा तथा योजना बैठक सम्पन्न भएको हो । परियोजना लागु […]
नेपाली काँग्रेसको महामन्त्री पदमा गगन थापा विजयी भएका छन् । गत आइतबार सम्पन्न काँग्रेसको नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचनको बिहीबार भएको मतगणनामा थापा विजयी भएका हुन् । मतगणना जारी रहँदा ३८६७ मतपत्र गन्दा नै उनको विजय निश्चित भएको हो । थापाले २५१८ मत पाइसकेका छन् भने विश्वप्रकाश शर्माले १५९० मत पाएका छन् । यस्तै […]
काठमाडौं, १ पौष । नेपाली काँग्रेसको महामन्त्रीमा विश्वप्रकाश शर्मा विजयी भएका छन् । उनले प्रतिष्पर्धामा दोस्रो स्थान हासिल गर्दै जीत हासिल गरेका हुन् । केही सय मत गन्न बाँकी भएपनि त्यो तेस्रो स्थानमा रहेका महतका लागि उछिन्न पर्याप्त छैन । शर्मा काँग्रेस प्रवक्ता हुन् । उनी प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीका प्रतिष्पर्धी हुन् । सिंहको प्यानलबाट […]
काठमाडौं । चितवनको भरतपुर विमानस्थलमा बुद्ध एयरको ९ एन एईई बीचक्राफ्ट जहाजले आकस्मिक अवतरण गरेको छ । विमानस्थल स्रोतले दिएको जानकारी अनुसार भरतपुरबाट काठमाडौंका लागि उडेको बिचक्राफ्ट जहाज विमानस्थलबाट उड्नासाथ दुईमध्ये बायाँ इन्जिन फेल भएपछि भरतरपुर नै फर्किएको हो । जहज १ बजेर १६ मिनेटमा उडेको थियो । उडेको २ मिनटमै पाइलटले कन्ट्रोल टावरसँग जहाजको […]
विशिष्ट विशेषज्ञ सेवासहितको संघीय अस्पतालको रुपमा स्तरोन्नती गरिएको डडेल्धुरा अस्पतालले सरकारलाई १ हजार ३ सय ५३ जना कर्मचारी दरबन्दी थप सिर्जना गर्न अनुरोध गरेको छ। ७ सदस्यीय संगठन संरचना एवम् दरबन्दी पुनरावलोकन कार्यदलले तयार गरेको प्रतिवेदनमा ५ सय बेड वा सो भन्दा बढी शय्याको अस्पताल सञ्चालन गर्नको लागि ठूलो संख्यामा थप नयाँ दरबन्दी स्वीकृतीका लागि […]
नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तरगत बिहीबारदेखि सुरु भएको महामन्त्री पदको मतगणना जारी रहेको छ । निर्वाचन समितिका अनुसार ३१२० मतपत्र गन्दा गगन थापाले सर्वाधिक २०३७ मत पाएका छन् । यस्तै विश्वप्रकाश शर्माले १२५५ मत ल्याएका छन् भने प्रदिप पौडेलले ९३५ मत प्राप्त गरेका छन् । मतगणनामा गगन–विश्वप्रकाशले अग्रता बढाउँदै लगेका छन् । यस्तै प्रकाशशरण महतले […]
१ पुस, काठमाडौं । पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणाली (पश्चिमी खाडल)का कारण शुक्रबारदेखि हिमपातको सम्भावना देखिएको छ । पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण शुक्रबारदेखि सुदूरपश्चिम प्रदेश हुँदै पूर्वतिर बादल सर्ने क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने मौसमविद् मञ्जु बासीले जानकारी दिइन् । उनले भनिन्, ‘सुदूरपश्चिम, […]
काठमाडौं । रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएका छन् । नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भीम मत परिणाम आए लगतै राजीनामा घोषणा गरेका हुन् । रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए । बिहीबार पहिलो चरणको १०० मतको मतपरिणाम अनुसार रिजालले जम्मा २१ मत पाएका थिए । जबकि उनकै प्यानमा रहेका […]
नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तरगत बिहीबारदेखि सुरु भएको महामन्त्री पदको मतगणना जारी रहेको छ । निर्वाचन समितिका अनुसार १०२० मत गन्दा गगन थापाले सर्वाधिक ६५८ मत पाएका छन् । यस्तै विश्वप्रकाश शर्माले ४०४ मत ल्याएका छन् भने प्रदिप पौडेलले ३२० मत प्राप्त गरेका छन् । मतगणनामा गगन–विश्वप्रकाशले अग्रता बढाउँदै लगेका छन् । यस्तै प्रकाशशरण महतले […]
धनगढी । सुदूरपश्चिम प्रदेशमा बजेट अभावले जनता आवास कार्यक्रमअन्तरगत थप घर निर्माणमा समस्या हुने देखिएको छ । आर्थिक वर्ष २०७६/७७ मा कोरोना भाइरसको संक्रमणका कारण घरधुरी छनौट गर्न नसकेको सहरी विकास तथा भवन निर्माण कार्यालयले दोस्रो वर्ष छनौट गरेको थियो । तर आर्थिक वर्ष २०७७/७८ मा कैलाली र कञ्चनपुरमा छनौट भएका ४३७ घर अहिले पनि […]
नेपाली काँग्रेसको १४ औं महाधिवेशनअन्तरगत बिहीबारदेखि सुरु भएको मतगणनाको प्रारम्भिक मतपरिणाम प्राप्त भएको छ। निर्वाचन समितिका अनुसार ३०० मत गन्दा गगन थापाले सर्वाधिक २०० मत पाएका छन् । यस्तै विश्वप्रकाश शर्मा १०४ मत ल्याएका छन् भने उनलाई उछिन्दै प्रदिप पौडेलले ११० मत प्राप्त गरेका छन् । यस्तै प्रकाशशरण महतले ९१ र मीनेन्द्र रिजालले ५५ मत […]
नेपालमा कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि जर्मन सरकारले नेपाललाई ४१ लाख डोज खोप सहयोग उपलब्ध गराएको छ । यसै साता जर्मनीद्वारा नेपाललाई १९ लाख ६५ हजार ६०० डोज मोडर्ना र २१ लाख ७६ हजार ६५० जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत प्रदान गरेको हो । कोरोना महामारीसँग जुध्न जीवन बचाउने स्वास्थ्य सामाग्री तथा प्राविधिक सहयोगको […]