होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ ।मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ । यसअघि नवअन्नप्राशन […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ । एमालेले सदनमा गर्दै आएको अवरोध खुलाउन र एमसीसीबारे छलफल गर्न आज अपराह्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका छन् । तर बैठकमा एमाले सहभागी नहुने सो पार्टीका प्रमुख सचेतक विशाल भट्टराईले बताए । यसअघि २८ जेठमा सभामुखले र […]
गुल्मी । गुल्मीमा भिरबाट लडेर एक दम्पतीको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडानम्बर-१ सिम्ले निवासी २६ वर्षका मनु सार्की र २५ वर्षकी ज्ञानु परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले बताए । मुसिकोट नगरपालीका वडानम्बर-१ बाङ्गेस्थित सिख्राको सामुदायिक बनको गोरेटो बाटोबाट लडेर घाइते भएका थिए । स्थानीयले घाइते अवस्थामा […]
दार्चुला — गाउँघरमा चाडपर्व सकियो । हिउँदे सिजनको खेतीपातीलगायतका सबै काम सकिएको छ । बर्सेनि यही समयमा यहाँका अधिकांश पुरुष कामको खोजीमा भारत पस्ने गर्छन् । यतिबेला प्रमुख हिउँदेबाली गहुँ, जौ छर्ने काम सकाएर यहाँका स्थानीय दैनिक ज्यालादारीमा मजदुरी गर्न भारतका विभिन्न ठाउँमा गइरहेका छन् । ‘हिउँदेबाली नपाकेसम्म सामान्य घरायसी कामबाहेक गाउँमा अन्य काम नहुने भएकोले एक/दुई महिना मजदुरीको […]
काठमाडौँ — नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले मंसिर २४ मा महाधिवेशन उद्घाटन समारोहमा भनेका थिए, ‘म जहाँ हुन्छु, कांग्रेस त्यहीँ रहनेछ ।’ उनले यसलाई अहंका रूपमा नबुझ्न आग्रह गरेका थिए तर उक्त भनाइभित्र उनले नेतृत्व गरेको समूहको शक्ति लुकेको थियो । महाधिवेशनमा सिटौलाले आफ्नो समूहको शक्तिका आधारमा सभापति शेरबहादुर देउवालाई दबाबमा राख्दै एक महामन्त्री, एक सहमहामन्त्रीसहित आधा […]
कोभिड १९ को नयाँ भेरियन्ट ओमीक्रोनको सङ्क्रमण बढेपछि सरकारले ६७ देशहरूबाट आवतजावत गर्ने यात्रुमाथि आफ्नै तवरमा होटल क्वारेन्टिनमा बस्न आदेश दिएको छ । पुस २ गते अध्यागमन विभागका निर्देशक मुकेश कुमार केसरीले एक विज्ञप्ति जारी गर्दै विभागले ६७ देशहरूलाई जोखिमपूर्णको सूचीमा राखेको जनाएका छन् । उनले ती देशहरूमा आवतजावत गर्ने नागरिकलाई पीसीआर विधिबाट कोभिड १९ […]
काठमाडौं । नेकपा (एमाले) ले निवर्तमान उपाध्यक्ष डा भीमबहादुर रावललाई केन्द्रीय सल्लाहकार परिषद् सदस्यको जिम्मेवारी दिएको छ । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार भएका डा रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएपछि पार्टीमा जिम्मेवारीविहीन भएका थिए । अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य पनि उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्थामा डा रावलले रुचि […]
काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यको मत गणना पनि सुरु भएको छ । १४औँ महाधिवेशनअन्तर्ग खुला केन्द्रीय सदस्यका लागि सोमबार भएको मतदानको मत गणना आज ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो । १० ठाउँमा मत गणना सुरु गरिएको निर्वाचनि समितिले जनाएको छ । ३५ जना खुला केन्द्रीय सदस्य पदका लागि ९९ […]
धनगढी : नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट बद्री पाण्डे सहमहामन्त्रीमा निर्वाचित भएका छन्। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई पराजित गर्दै बाजुराका पाण्डे पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा निर्वाचित भएका हुन्। शेखर कोइराला समूहका पाण्डेले २४११ मत पाए भने सभापति शेरबहादुर देउवा प्यानलका शाहीले २१३३ मत ल्याए।
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य छान्न शुक्रबार नै मतगणना गर्ने भएको छ।समितिका अनुसार अन्तिम चरणमा रहेको सहमहामन्त्रीको मतगणना सकिएपछि आजै साँझ केन्द्रीय सदस्यको मतगणना सुरू गरिनेछ। सुरूमा मधेसी महिला केन्द्रीय सदस्यको मतगणना हुनेछ।प्रदेश २ को प्रदेश अधिवेशन बाँकी छ। नेता तथा कार्यकर्ता प्रदेश जानुपर्ने भएकाले पहिले मधेसी महिलातर्फ केन्द्रीय सदस्यको […]
काठमाडौं, २ पौष । नेकपा एमाले विभजित भएपछि एकपछि अर्को गर्दै शक्ति गुमाइरहेको छ । माधव कुमार नेपालले एमाले छाडी नेकपा एकीकृत समाजवादी गठन गरेपछि एमालेले निरन्तर शक्ति गुमाइरहेको हो । एमाले नफुट्दै भएको विवादले उसले राष्ट्रियसभाको उपनिर्वाचनमा धक्का खाएको थियो । त्यसपछि अध्यक्ष केपी शर्मा ओली सरकारबाट हट्ने परिस्थिति बन्यो । अहिले फेरि एमालेले […]
नेपाली काँग्रेसको सहमहामन्त्री फरमुल्लाह मन्सुर सहमहामन्त्रीमा निर्वाचित भएका छन्। पार्टी कार्यालय सानेपामा शुक्रबार भएको मतगणनामा सभापति शेरबहादुर देउवा समूहका मन्सुर सहमहामन्त्रीमा निर्वाचित भएका हुन् ।उनले शेखर कोइराला समूहका शेख वकिललाई पराजित गरेका हुन् । मन्सुरले २७७६ मत ल्याएका छन् भने वकिलले १८७१ मत पाए।
धनगढीः नेकपा एमालेमा नेता भीम रावलको भूमि सल्लाहकारमा सीमित भएको छ। चितवनमा भएको दसौँ महाधिवेशनमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेर पराजित रावल अहिले एमालेको कुनै कमिटीमा छैनन्। उनले अध्यक्षमा पराजित भएपछि केन्द्रीय कमिटीमा बस्न पनि अस्वीकार गरेका थिए। त्यहीकारण भक्तपुरमा बसेको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले रावललाई कुनै जिम्मेवारी दिएन। उक्त बैठकका निर्णय सार्वजनिक गर्न […]
काठमाडौँ — ‘ज्यूँदो सहिद’ को नामले चिनिने जनआन्दोलन २ का घाइते मुकेश कायस्थलाई भेट्न कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्मा बनेपास्थित कायस्थकै निवासमा पुगेका छन् । १४ औं महाधिवेशनबाट महामन्त्री निर्वाचित भएलगत्तै उनी जनआन्दोलनका घाइते कायस्थलाई भेट्न काभ्रे पुगेका हुन् । कायस्थको पछिल्लो स्वास्थ्य अवस्थाबारे बुझ्दै उनले नयाँ जिम्मेवारी सुरु गर्नुअघी मुकेशलाई भेट्न आएको प्रतिक्रिया दिए […]
काठमाडौं । भूमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुक्त हलिया समस्या समाधान अध्ययन कार्यदल गठन गरेको छ । श्याम श्रेष्ठको नेतृत्वमा ५ सदस्यीय कार्यदल गठन गरिएको मन्त्री शशि श्रेष्ठले जानकारी दिइन् । शुक्रबार संसदको राज्य निर्देशक सिद्धान्त समितिको बैठकमा मन्त्री श्रेष्ठले कार्यदल गठन भएको जानकारी दिएकी हुन् । उनका अनुसार कार्यदलमा अधिकारकर्मी र मन्त्रालयका […]
सरकारले तीन नेपालीको नागरिकता रद्द गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सन्दीपचन्द्र बानियाँ, सुदीपचन्द्र बानियाँ र आत्माराम कुर्मीको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरी नेपाली नागरिकताबाट हटाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । यस्तै बैठकले नेपाल राजस्व परामर्श विकास समिति सदस्य निर्मलहरी अधिकारीको राजीनामा […]
कालीकोट — शुभकालिका–७ र ८ लाई बालविवाह निषेधित वडा घोषणा गरिएको छ । बालविवाहले बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण र सामाजिक सुरक्षामा प्रतिकूल असर पारेको ठहर गर्दै संघीय संरचनापछि जिल्लाकै पहिलो बालविवाह निषेधित वडा घोषणा गरिएको हो । गाउँपालिकाको नेतृत्वमा २ वडालाई बालविवाह निषेधित घोषणा गरिएको वडा नं–८ का वडाध्यक्ष दीपराज महताराले बताए । ‘अब बालविवाह गर्नेलाई सामाजिक बहिष्कार […]
काठमाडौँ – सरकारले आगामी आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले पुस ४ गते आइतबार पर्ने उधौली पर्व, योमरी पुन्ही–ज्यापु दिवश(धान्यपूर्णिमा)को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृहमन्त्रालयका उपसचिव बसन्त भट्टराईले सूचना जारी गरी बिदा बारे जानकारी गराएका छन् । पुस १ गते बसेको मन्त्रिपरिषद् बैठकले आइतबार सार्वजनिक बिदा दिने निर्णय […]
सिमकोट : दलितसँग विहे गरेको भन्दै युवतीका आफन्त आएर घरबाट लिएका दलित युवा दुई दिनदेखि बेपत्ता भएका छन् । बुधवार राती युवाको घरमा बसिरहेका बेला माइती पक्षबाट आएका कुटपिट गर्नुका साथै दुबै जना लिएको त्यसपछि केटालाई बेपत्ता रहेका छन् । मुगु जिल्लाको सोरु गाउँपालिका–१ को लिप्रु गाउँकी सुन्तली मल्ल र हुम्ला जिल्ला सर्केगार्ड गाउँपालिका–१ को […]
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय सभाको चुनावमा ध्यान दिन नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् । अध्यक्ष नेपालले आगामी निर्वाचनमा गठबन्धन बनाएर चुनाव लड्ने बताउँदै सम्पूर्ण सीटहरू जित्ने गरि आगाडि बढ्न नेता र कार्यकर्तालाई निर्देशन दिए । राष्ट्रियसभाको चुनावपछि स्थानीय चुनाव हुने बताउँदै उनले प्रदेश र संघको चुनावमा उत्कृष्ट नतिजा ल्याउन सबै […]