होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • ६७ देशबाट यात्रा गर्नेले आफ्नै खर्चमा ७ दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने
देश/प्रदेश

६७ देशबाट यात्रा गर्नेले आफ्नै खर्चमा ७ दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने

  • नागरिक रैबार
६७ देशबाट यात्रा गर्नेले आफ्नै खर्चमा ७ दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने

कोभिड १९ को नयाँ भेरियन्ट ओमीक्रोनको सङ्क्रमण बढेपछि सरकारले ६७ देशहरूबाट आवतजावत गर्ने यात्रुमाथि आफ्नै तवरमा होटल क्वारेन्टिनमा बस्न आदेश दिएको छ ।

पुस २ गते अध्यागमन विभागका निर्देशक मुकेश कुमार केसरीले एक विज्ञप्ति जारी गर्दै विभागले ६७ देशहरूलाई जोखिमपूर्णको सूचीमा राखेको जनाएका छन् । उनले ती देशहरूमा आवतजावत गर्ने नागरिकलाई पीसीआर विधिबाट कोभिड १९ को परीक्षण गरी ७ दिनसम्म होटल क्वारेन्टिन बस्न र रिपोर्ट नेगेटिभ आएपछि पनि थप ७ दिन होम क्वारेन्टाइनमा बस्न अनुरोध गरेका छन् ।

सुरुमा अफ्रिकी देशहरूमा फेला परेको कोभिड १९ ओमिक्रोनको नयाँ भेरियन्ट विस्तारै युरोपेली र एसियाली देशहरूमा फैलिँदै गरेको र मन्त्रिपरिषद्को निर्णय अनुसार जोखिमयुक्त देशहरूबाट यात्रा गर्नेहरूमाथि यस्तो नीति जारी गरिएको विभागको भनाई छ । उल्लेखित ६७ देश बाहेक अन्य देशबाट नेपाल प्रवेश गर्ने तथा नेपालबाट बाहिरिने यात्रुहरूका लागि भने यसअघिकै नियम लागू हुने विभागले जनाएको छ ।

विज्ञापन

हेर्नुहोस् विज्ञप्ति

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार