होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पुस अन्तिममा भारत भ्रमणमा जाने भएका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा भारत जान लागेका हुन् । गत कात्तिकमा बेलायतको ग्लास्गोमा भएको जनवायु परिर्वतनसम्बन्धी सम्मेलन ‘कोप-२६’ का क्रममा भएको भेटमा दुई देशका प्रधानमन्त्रीले भ्रमणको निम्तो दिएका थिए । नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित भए लगतै देउवा भारत […]
सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ । शुक्रबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिएका हुन् । त्यस्तै सरकारले क्रिसमस डेको अवसरमा पुस १० गते सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ […]
सडकको अस्थायी ट्रयाक खोल्नका लागि आठबीसकोट नगरपालिकाले हेलिकोप्टरमा डोजर ढुवानी गरिरहेको छ । अप्ठ्यारो भूगोल भएका कारण हेलिकोप्टरको प्रयोग गरी सडक निर्माणका लागि डोजर हेलिकोप्टरमा ल्याएर सडकको ट्रयाक खोल्न लागिएको नगरप्रमुख गोरखबहादुर केसीले बताउनुभयो । आठबीसकोटभित्र अहिलेसम्म ३०० किलोमिटर ट्रयाक सडक खोल्ने काम भएको उनले बताए । नगरपालिकाको वडा नं ३ मा रहेको डोजरलाई हेलिकोप्टरमा […]
काठमाडौं, ९ पुस । नेकपा (एमाले) ले पछिल्लो समय संसद् अवरोध गरिरहेको छ । तर, एमालेका पूर्व उपाध्यक्ष डा. भीमबहादुर रावलले भने संसद् अवरोधलाई लिएर आफ्नै पार्टीको आलोचना गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत पार्टीको भूमिकालाई लिएर आलोचना गरिरहेका छन् । रावलले आज सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्–‘संसदमा राष्ट्रियता,जनसरोकार,अर्थतन्त्र र विकाससम्बन्धी विषयमा सांसदहरूले बोल्न र […]
नागरिक रैबार बाजुरा ९ पुस । बाजुरामा आजदेखि विद्यार्थीलाई विद्यालयमै कोरोनाविरुद्धको मोडर्ना खोप दिन थालिएको छ । बाह्र वर्षदेखि १७ वर्षमुनिका झण्डै २२ हजार बालबालिकामध्ये १६ हजार ८०६ जनाले मात्र खोप लगाउन पाउने भएका छन् । पाँच हजार ६०२ बालबालिका खोप लगाउनबाट वञ्चित हुने बताइएको छ । सरकारले मुलुकका विभिन्न जिल्लामा बालबालिकाका लागि खोप अभियान […]
रुकुम पश्चिम — करार अवधि नथपिएपछि आठबीसकोट–१४ स्थित जनविकास मावि टाकुराका नेपाली शिक्षक कर्णबहादुर मल्ल, विज्ञान शिक्षक भरतकुमार मल्ल र कम्प्युटर शिक्षक मदनप्रकाश मल्लले जागिर छाडे । ५ नम्बर वडाको घामटाकुरीस्थित जलदेवी आधारभूत विद्यालयकी शिक्षिका जमुना थापाले पनि नगरपालिकाबाट करार अवधि थप नभएको चिठी पाइन् । बाल विकास सहयोगी कार्यकर्ताको रुपमा कार्यरत उनी पनि त्यसपछि विद्यालय गएकी […]
दाङ । दाङमा कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद फैसला भएर सजाय भुक्तान गरिरहेका एक कैदी प्रहरीकै मोटरसाइकल चढेर फरार भएका छन् । घोराहीस्थित कारागारमा रहेका राजपुर गाउँपालिका– २८ जयराम परियार बिहीबार दिउँसो अस्पतालबाट भागेका हुन् । घोराही कारागारका नाइके समेत रहेका परियार बिहीबार दिउँसो फरार भएकोे जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए […]
मेरो नाम कैलीदेवी दास हो । म धनुषा जिल्लाको कमला नगरपालिका वडा नम्बर ४ सघारा निवासी हुँ । म ५९ वर्षकी भएँ । मलाई जाडो महीना कहिल्यै नआओस् जस्तो लाग्छ । जाडो महीनामा हामी जस्ता गरीबको त बिजोग नै हुन्छ । दिनभन्दा पनि रात कटाउन अति नै मुश्किल पर्छ । कुनै रात त शरीर पनि […]
काठमाडौं । रुपन्देहीको भैरहवामा नेपाल प्रहरीका एसएसपी सुशील यादव मृत फेला परेका छन् । संघीय इकाइ कार्यालय भैरहवामा कार्यरत एसएसपी यादव शुक्रबार मृत फेला परेका हुन् । उनी निवासमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरी स्रोतले बतायो । प्रहरीले उनको मृत्युको कारणबारे अनुसन्धान सुरु गरिएको जनाएको छ
नागरिक रैबार बाजुरा ८ पुस बडीमालिका नगरपालिकाकाे वडा नं ९ मा नेकपा एकीकृत समाजवादी पार्टीकाे वडा कमिटी गठन गरिएकाेे छ । विहिबार बडीमालिका ९ मा एकीकृत समाजवादी पार्टीकाे प्रथम वडा भेलाबाट धनसिंह चंदारा अध्यक्ष रहने गरि ४१ सदस्यीय वडा कमिटी गठन गरिएकाे हाे । त्यस्तै उपाध्यक्ष संगिता बिक नेपाली, लाेकेन्द्र हमाल, सचिव सुमन बिक नेपाली, […]
काठमाडौं, ८ पुस । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बैठक भर्खरै सुरु भएको हो । आजको बैठक नियमित बैठक भएको एक मन्त्रीले जनाए ।
वीरगञ्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पर्सामा एक सय ५१ किलोको माला लगाइएको छ । नेकपा एमालेको जिल्ला समिति पर्साले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पार्टी कार्यकर्ताहरुले उनलाई १ सय ५१ किलोको माला लगाइदिएका हुन् ।जगरनाथपुर गाउँपालिकामा राखिएको पार्टी प्रवेश कार्यक्रमका लागि ओली पर्सा गएका थिए । उनले विभिन्न पार्टी छाडेर एमाले प्रवेश […]
काठमाडौं । प्रतिनिधिसभाको कानुन न्याय तथा मानवअधिकार समितिले नागरिकतासम्बन्धी विधेयक संसद्मा पेश गर्न सरकारलाई आग्रह गरेको छ । बिहीबारको बैठकमा समिति सभापति कृष्णभक्त पोखरेलले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुलाई नागरिकतासम्बन्धी विधेयक संसद बैठकमा पेश गर्न आग्रह गरेका हुन् । नागरिकतासम्बन्धी विधेययकमाथि छलफल गरी संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सुझावसहित संसदमा बुझाइसकेको छ […]
काठमाडौं । ‘…हातमा कलम हुनेहरु कलम लिएर उठ…’ नेपथ्यमा यो गीत बजिरहँदा उनले हातमा पेन्सिल लिइन्, टुसुक्क बसिन् र नाम लेख्न थालिन् ‘गीता चमार’ । चमारले अक्षरमा आफ्नो नामको बान्की यस्तो हुन्छ भनेर थाहा पाएको धेरै भएको छैन । माइतीघर मण्डलामा धर्नामा बसिरहेका उनी र उनका अरु १५ जना साथीहरुलाई भेट्न पुगेका विद्यार्थीहरुले, उनीहरुको उपस्थिति […]
चितवन। वंश विस्तार गर्ने उद्देश्यले यहाँ ल्याइएका अर्ना बचाउन मुस्किल भएको छ । विसं २०७३ का माघमा कोशीटप्पु वन्यजन्तु आरक्ष र सदर चिडियाखाना काठमाडौँबाट चितवन राष्ट्रिय निकुञ्जमा अर्ना ल्याइएको थियो । चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टर जमिनमा दुई खुल्ला खोर बनाएर अर्ना राखिएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार […]
विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्यागको घोषणा गरेकी छन् । बिहीबार एक विज्ञप्तिमार्फत दर्शनाले पौष ८ गतेबाट अर्को निर्णय नलिएसम्म स्वतन्त्र नागरिकको भूमिकामा रहने स्पष्ट गरेकी हुन् । ‘म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्य समेत नरहने गरी विवेकशील साझा पार्टीसँगको संलग्नताबाट आफूलाई स्वतन्त्र […]
नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले शिक्षक सेवा आयोगले प्रकाशन गरेको विज्ञापन खारेज गर्न माग गरेका छन् । शिक्षक सेवा आयोगले निम्न माध्यमिक शिक्षकका लागि खुलाइएको विज्ञानपन अस्वाभाविक, अदूरदर्शी, अवैज्ञानिक एवं पक्षपातपूर्ण रहेको दाबी गर्दै नेता साहले त्यसलाई संशोधन या खारेज गर्न माग शाहले माग गरेका हुन् । ‘प्रदेश २ आज पनि साक्षरता, प्रतिव्यक्ति […]
सुदूरपश्चिम प्रदेश सरकारले प्रथम पञ्चवर्षीय योजनाको संक्षिप्त अवधारणा पत्र स्वीकृत गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज बसेको मन्त्रिपरिषद्को बैठकमा पेस गरेको आर्थिक वर्ष २०७८/७९–२०८२/८३ को संक्षिप्त अवधारणा पत्रलाई स्वीकृत दिएको हो । प्रदेश योजना आयोगले तयार पारेको सो अवधारणापत्रले प्रदेशको समग्र विकासका लागि योजना बनाउन सहयोग पुग्ने प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला […]
नागरिक रैबार/बाजुरा ८ पुस। अनेरास्ववियु गौमुल गाउँ संगठन कमिटी अध्यक्षमा नरेन्द्र विक चयन भएका छन् । अखिल नेपाल राष्ट्रिय स्वातन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) गौमुल गाउँ कमिटीको प्रथम गाउँ अधिवेशनबाट विक निर्वाचित भएका हुन् । निर्वाचित विकको नेतृत्वमा ३३ सदस्यीय कमिटी गठन गरिएको छ । अध्यक्षमा चयन भएको विक विद्यार्थीका सक्षम सवालमा बोल्ने व्यक्ति समेत हुन् […]
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आगामी निर्वाचनलाई ध्यानमा राख्दै स्थानीय तहका कर्मचारीहरुको सरुवा स्थगित गरेको छ । आसन्न निर्वाचनका लागि कर्मचारीहरुको भूमिका झन् बढ्ने भएकाले कर्मचारीहरुको सरुवा रोकिएको हो । मन्त्रालयका सचिव सुरेश अधिकारीका अनुसार पछि फेरि उपयुक्त समयमा अन्तर स्थानीय तहमा सरुवा गर्ने गरी अहिलेलाई सरुवाको काम स्थगित गरिएको हो । […]