होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ ५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • करार शिक्षकलाई कार्यकर्ता बन्न दबाब
समाचार

करार शिक्षकलाई कार्यकर्ता बन्न दबाब

‘जनप्रतिनिधिले पार्टीनिकट शिक्षक संगठनमा आबद्ध हुन र पार्टी सदस्यता लिन दबाब दिए’

  • नागरिक रैबार
करार शिक्षकलाई कार्यकर्ता बन्न दबाब

रुकुम पश्चिम — करार अवधि नथपिएपछि आठबीसकोट–१४ स्थित जनविकास मावि टाकुराका नेपाली शिक्षक कर्णबहादुर मल्ल, विज्ञान शिक्षक भरतकुमार मल्ल र कम्प्युटर शिक्षक मदनप्रकाश मल्लले जागिर छाडे ।

५ नम्बर वडाको घामटाकुरीस्थित जलदेवी आधारभूत विद्यालयकी शिक्षिका जमुना थापाले पनि नगरपालिकाबाट करार अवधि थप नभएको चिठी पाइन् । बाल विकास सहयोगी कार्यकर्ताको रुपमा कार्यरत उनी पनि त्यसपछि विद्यालय गएकी छैनन् ।

मंसिर १४ गतेको आठबीसकोट नगर कार्यपालिका बैठकले उनीहरूको म्याद नथप्ने निर्णय गरी सोहीअनुसार पत्राचार गरेको थियो । यो समस्या चौरजहारी नगरपालिकामा पनि छ । चौरजहारी–१३ घरेलीचौरस्थित सरस्वती माविका अंग्रेजी विषयका शिक्षक अमृत केसी, ९ नम्बर वडाको मावि कोटजहारीका टेकबहादुर नेपाली र लक्ष्मी अधिकारीको करार सम्झौता पनि थप भएन । अहिले उनीहरूले विद्यालय छाडेका छन् ।

विज्ञापन

आठबीसकोट र चौरजहारी दुवै नगरपालिकाको प्रमुख, उपप्रमुखसहित अधिकांश वडामा माओवादी केन्द्रले जितेको छ । जनप्रतिनिधिले माओवादी केन्द्रनिकट शिक्षक संगठनमा आबद्ध हुन र पार्टी सदस्यता लिन दबाब दिएको शिक्षकहरू बताउँछन् । ‘सुरुमा माओवादी बन्न दबाब आयो,’ कर्णबहादुर मल्लले भने, ‘हामीले पार्टी प्रवेश गर्दैनौं भनेपछि अवकाश दिइयो ।’ पूर्वाग्रह राखेरै अवकाशको चिठी दिइएको उनले गुनासो गरे । अवकाशपत्रमा नगरपालिकाले कार्यसम्पादन मूल्यांकनअनुसार काम नगरेको उल्लेख गरेको छ ।

नियमित विद्यालयको गएको, पढाइरहेको र कुनै लापरबाही नगर्दा पनि आफूहरूलाई हटाउनु पूर्वाग्रह साधिएको मदनप्रकाश मल्लले बताए । उनले आफूहरूको करार सम्झौता नगर्नुमा नेकपा एकीकृत समाजवादीका नेताहरूको पनि हात रहेको आरोप लगाए । समाजवादीका स्थानीय नेताले नगरपालिकामा गरेको रिपोर्टिङका कारण करार सम्झौता थप नभएको उनको भनाइ छ ।

अर्का शिक्षक अमृत केसीले पनि माओवादीलाई सहयोग नगरेका कारण आफूलाई हटाइएको दाबी गरे । माओवादीले चौरजहारी नगरको पार्टी कार्यालय बनाउन एक महिनाको तलब मागेको र आफूले नदिएपछि करार सम्झौता थप नगरेको उनको भनाइ छ । माओवादीका चौरजहारी नगर अध्यक्ष श्रीकृष्ण शर्मासित वादविवादसमेत भएको र यसै कारण आनो करार सम्झौता थप नभएको केसीले बताए । उनी अहिले शिक्षक सेवा आयोगको परीक्षा तयारी गर्न काठमाडौंमा छन् । गत भदौमा उनको करार सम्झौता नगर्ने निर्णय नगरपालिकाले गरेको थियो ।

चौरजहारी नगरपालिकास्थित शिक्षा, युवा तथा खेलकुद शाखाका निमित्त प्रमुख टीकाजंग ओलीले यस विषयमा कुनै पूर्वाग्रह नभएको बताए । ‘दुई जनाले पहिल्यै जागिर छाडेपछि हटाएको हो, एक जनाको विद्यालयमा उपस्थिति न्यून हुनेलगायत कारणले कार्यसम्पादनमा कमजोरी पुष्टि भएकाले हो, बाहिर भनिएजस्तो होइन,’ उनले भने ।

आठबीसकोट नगरपालिका प्रमुख गोर्खबहादुर केसीले पनि पूर्वाग्रह राखिएको भन्ने कुरामा सत्यता नभएको बताए । ‘नगरपालिकामा बनाइएको मेकानिजमअनुसार हरेक विद्यालय र शिक्षक, कर्मचारीको अनुगमन गरिरहेका छौं,’ उनले भने, ‘त्यसको रिपोर्टका आधारमा कार्यपालिकाले निर्णय गरेको हो ।’ कार्यसम्पादन मूल्यांकनमा राम्रो ‘पर्फमेन्स’ नदेखिएको प्रतिवेदन कार्यपालिकामा पेस भएपछि निर्णय भएको उनले दाबी गरे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार