होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
राष्ट्रियसभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनभित्र छलफल भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान १० बजेपछि गठबन्धनका शीर्ष नेताबीच राष्ट्रियसभामा गठबन्धन बनाएर जानेबारे छलफल जारी छ । सत्ता गठबन्धन आबद्ध दलहरू काँग्रेस, माओवादी, एकीकृत समाजवादी जसपा गठबन्धन बनाएर राष्ट्रियसभा चुनावमा जाने तयारीमा छन् । आगामी फागुनदेखि चारवर्षे कार्यकाल पूरा गरेका राष्ट्रियसभाका २० सांसद बिदा हुँदैछन् […]
कञ्चनपुर: कञ्चनपुरमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। आइतबार राति भीमदत्त नगरपालिका–१९ बागफाँटामा ट्याक्टर पल्टिँदा स्थानीय ३२ वर्षीय सुरेन्द्र विष्टको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ। ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिइएको प्रहरीच ौकी बागफाटाले जानकारी दिएको छ।
नेकपा एमालेले कर्णाली प्रदेशबाट राष्ट्रियसभाको चुनावका लागि तीन जना उम्मेदवार चयन गरेको छ । राष्ट्रियसभा चुनावका लागि जुम्लाकी गंगा महत, सुर्खेतका चुडामणि शर्मा र दैलेखका पदम माझी उम्मेदवार चयन गरेको हो । राष्ट्रियसभाका लागि नौ जनाको नाम केन्द्रमा सिफारिस गरेका मध्येबाट दुई जना र अल्पसंख्यकबाट माझीलाई उम्मेदवार चयन गरिएको एमालेका कर्णाली प्रदेश इन्चाज यामलाल कँडेलले […]
उमेश रोकाया/बाजुरा १८ पुस। जिल्लाको हिमाली गाउँपालिका वडा नं. ६ पाँडीमा रहेको खोलीडाँडा आधारभुत विद्यालयमा सोलार जडान गरिएको छ । सौर्य उर्जाको सहयोगमा उक्त विद्यालयमा १ किलोवाट क्षेमताको सोलार जडान गरिएको हो ।यस अघि विद्युत नभएकै कारण विद्यालयमा समस्या हुने गरेको थियो । सोलार जडानपछि विद्यालयलाई सजिलो भएको प्रधानाध्यापक वीर बहादुर रावतले बताउनु भएको छ […]
नागरिक रैबार/बाजुरा १८ पुस। सदरमुकाम मार्तडीमा खेलमैदान निर्माणका लागि उपयुक्त जग्गाको सम्भाव्यता अध्ययन गर्न बनाएको टोलीले जग्गाको सम्भाव्यता अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । बडीमालिका नगरपालिकाले मार्तडीभित्र खेलमैदानका लागि उपयुक्त जग्गाको अध्ययन गर्न बनाएको सम्भाव्यता अध्ययन टोलीले बाउली र गणखेतमा रहेको जग्गाको सम्भाव्यता अध्ययन गरेको थियो । मार्तडीमा खेलमैदानका लागि जग्गाको सम्भावित अध्ययन गर्न बडीमालिका […]
नागरिक रैबार/बाजुरा १८ पुस नेकपा एमाले बाजुराको सातौ जिल्ला अधिवेशनका लागि जिल्लाका ६९ वटै वडाबाट सर्वसम्मत प्रतिनिधी छनोट भएका छन् । पार्टीको संगठीत सदस्य संख्याको आधारमा जिल्लाका ६९ वटै वडाबाट जिल्ला अधिवेशनमा सहभागि हुने प्रतिनिधीहरु सर्वसम्मत छनोट गरिएको एमाले बाजुराले जनाएको छ । एमाले बाजुराका अनुसार ५० जना बराबर १ खुला, ३५ जना बराबर १ […]
नागरिक रैबार/बाजुुरा १८ पुस।बाजुराबासीको दशैं तिहारपछिको ठुलो पर्वका रुपमा मनाईने भुवो पर्व सूरु भएको छ । जिल्लामा मनाइने साँस्कृतिक पर्व भुवा सुरु भएको हो । महाभारतको कथा र पाण्डव र कौरवको युद्ध गाथामा आधारित भुवा पर्वलाई स्थानीयले भस्सो पर्व पनि भन्ने गरेका छन् । पौराणिक कालमा कौरव माथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनामा यो […]
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङमा चार दिनदेखि हिउँमा फसेका बाबुछोरा अझै सम्पर्कमा आएका छैनन् । अल्टिच्युट एयर कम्पनीको हेलिकोप्टर उनीहरूलाई उद्धार गर्न गए पनि सम्पर्कविहीन भएसँगै उद्धार हुन नसकेको हो । शनिबार बिहान मिक्वाखोला गाउँपालिका–५ का वडाध्यक्ष डण्डु शेर्पालाई फोनमार्फत उद्धारका लागि हेलिकप्टर पठाइदिन आग्रह गरेका थिए । सोहीअनुसार बिहान ११ बजे ताप्लेजुङको सुकेटारबाट उद्धारका लागि […]
नागरिक रैबार/बाजुरा १७ पुस। राष्ट्रिय सभा निर्वाचनको लागि सुदूरपश्चिम प्रदेशबाट एमालेका तर्फबाट बाजुराका नेता काँशी विक सिफारिस भएका छन् । सुदूरपश्चिम प्रदेशबाट एमालेको तर्फबाट बाजुराका नेता काँशी विकसहित ९ जनाको नाम सिफारिस भएको छ । खुल्ला, महिला र दलित कोटाबाट ९ जनाको नाम सिफारिस भएको एमाले सुदूरपश्चिम सचिव धर्मराज पाठकले बताएका छन् । उनका अनुसार […]
काठमाडौं । राष्ट्रिय सभामा सदस्यका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरू हुने भएको छ । १९ जना सदस्यका लागि आगामी माघ १२ गते हुने मतदानका लागि आजदेखि निर्वाचन प्रक्रिया शुरु गरिने निर्वाचन आयोगले जनाएको छ । आजदेखि शुरु भएको निर्वाचन प्रक्रिया अन्तर्गत पुस २० देखि २५ गतेसम्म उम्मेदवारको अन्तिम नामावली, निर्वाचन चिह्न दिने कार्यक्रम र निर्वाचन […]
नेकपा माओवादी केन्द्रको विधान पारित भएको छ । शनिबार स्थायी कमिटी सदस्य देव गुरुङले विधान मस्यौदामाथि आएका सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिएलगत्तै पार्टी विधान पारित भएको हो । कमलादीस्थित प्रज्ञा भवनमा चलिरहेको आजको बन्द सत्रमा गुरुङले विधान मस्यौदामाथि आएको सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिइसकेका छन् । सुझावहरु समेटेर विधान परिमार्जन गर्ने र त्यसलाई […]
निर्वाचन आयोगले स्थानीय तहको चुनावलाई लक्षित गरेर देशभर मतदाता नामावली संकलन अभियान सञ्चालन गरिरहेको छ । दोस्रो चरणको यो अभियान पुस १९ गते सकिँदैछ । शुक्रबारसम्मको तथ्यांक हेर्दा ७ लाख ४९ हजार नयाँ मतदाताहरू थपिएका छन् । ७७ वटै जिल्लाका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय विभिन्न ४३ वटा इलाका प्रशासन कार्यालयबाट नियमित मतदाता नामावली […]
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य हरिबोल गजुरेलले डा. बाबुराम भट्टराईलाई पार्टी अध्यक्ष बनाउने अध्यक्ष प्रचण्डको तत्कालीन सोच दूरदर्शी रहेको बताएका छन् । पार्टीको जारी आठौं महाधिवेशनमा अध्यक्ष प्रचण्डको मूल दस्तावेजमाथि १९ बुँदे सुझाव राख्दै नेता गजुरेलले यस्तो बताएका हुन् । ‘तत्कालीन एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठकमा डा.बाबुराम भट्टराईलाई अध्यक्ष बनाउने नेतृत्वको सोच दूरदर्शी […]
सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशहरु, पूर्वन्यायाधीशहरु र नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षहरु लगायतको सम्पत्ति छानबिन गर्न माग गर्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी परेको छ । न्यायपालिकामा हुने भ्रष्टाचारमा पूर्वप्रधानन्यायाधीशहरु, न्यायाधीशहरु, बेञ्च बार समन्वय समिति लगायतको पनि संलग्नता रहेको भन्दै स्वतन्त्र राष्ट्रिय कानून व्यवसायी अभियानले शुक्रबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी दर्ता गरेको हो । अभियानका अध्यक्ष […]
नेकपा माओवादी केन्द्रको जारी आठौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल सकिएको छ । तर, अध्यक्ष प्रचण्डले जवाफ दिन बाँकी छ । १२ गते प्रचण्डले ४५ पृष्ठ लामो ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज र स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले पार्टीको विधान प्रस्तुत गरेका थिए । त्यसमाथि छलफल […]
नागरिक रैबार/बाजुरा १६ पुस। बाजुरा सामुदायिक सिकाई केन्द्रको अध्यक्षमा जंग विक चयन भएका छन् । बाजुरा सामुदायिक सिकाई केन्द्र बाजुराको तेस्रो जिल्ला अधिबेशनबाट विक सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । सिकाई केन्द्रका निबर्तमान अध्यक्ष प्रेम बिकको अध्यक्षतामा शुक्रबार संचालन भएको अधिबेशनले निबर्तमान सचिव जंग बिकलाई अध्यक्षमा सर्बसम्बत चयन गरेको हो । अधिवेशनबाट वरिष्ठ उपाअध्यक्षमा लक्ष्मीराज […]
दक्षिण कोरियामा तीन वर्षमा सयौं घरमा आगलागीको रेकर्ड भयो। राजधानी सियोलको नगर अग्नी र प्रकोपसम्बन्धी विभागले तीन वर्षमा १०७ घरमा बिरालोको कारण आगलागी भएको जनाएको छ। बिरालोले विद्युतीय स्टोभको स्वीच अन गरेकाले आगलागी भएको अनुसन्धानबाट खुलेको हो। बिरालो पालेकाहरुलाई आगलागी गराउने वस्तुहरु हटाउन सुझाव दिइएको छ।दिनेश खबरबाट साभार
नागरिक रैबार/बाजुरा १६ पुुुस।जिल्लाको बडीमालिका नगरपालिका ९ का प्रेम थापा बेपत्ता भएका छन् । बाजुराको बडीमालिका ९ घर भई हाल धनगढी बस्दै आएका ४२ वर्षिया थापा बेपत्ता भएका हुन् । थापा घरबाट एक जोड लुगा र मोबाइल बाहेक केहि नलिइ सम्पर्क विहिन भएको उनकी श्रीमति गंगा थापाले बताएकि छन् । थापाकी श्रीमतिका अनुसार पुस १२ […]
टीकापुर घटनामा दोषी ठहर भई डिल्लीबजार कारागारमा बन्दी जीवन बिताइरहेका रेशम चौधरीले नयाँ पार्टीको घोषणा गरेका छन्। उनले जेलबाटै नयाँ पार्टीको घोषणा गरेका हुन्। चौधरीले पुस १९ मा दल दर्ता गर्ने र आज शुक्रबार गते कारागारलाई दर्ताको जानकारी गराउने तयारी गरेको बताइएको छ। चौधरीले पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी राख्ने भएका छन्। चौधरीकी पत्नी रञ्जिताका […]
कञ्चनपुरको पुनर्वास नगरपालिकामा अज्ञात समूहले सडक बत्ती तोडफोडको प्रयास गरेका छन्। बिहीबार राति पुनर्वासको आईबीआरडी नजिक पैसट्ठि बिगाह वरपर विद्युत पोलमा लगाइएको सडक बत्ती तोडफोड गर्ने प्रयास गरिएको हो। ५/६ जनाको समूहले सडक बत्ती हरुमा ढुंगामुढा गरिरहेको थाहा पाएर स्थानीयले होहल्ला गरेपछि उनीहरु भागेका बताइएको छ। स्थानीयले कुनै अप्रिय घटना घट्नसक्ने भन्दै सुरक्षाको माग गरेका […]