होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डरी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा भएको भेटमा समसामियक विषय र बढ्दो कोरोना महामारीको विषयमा छलफल भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । पुस २५ गते भारत भ्रमणमा जाने तयारीमा रहेका प्रधानमन्त्री देउवाले आफू सहभागी हुने कार्यक्रम भाइब्रेन्ट गुजरात समिट स्थगित भएपछि भ्रमण […]
नागरिक रैबार बाजुरा २२ पुस । नेपाली काँग्रेस बाजुराको तेस्रो बैठक सम्पन भएको छ । नेपाली काँग्रेस बाजुराका पाटी सभापती रामसिंह रावलको अध्यक्षतामा बसेको बैठक विपी स्मृती भवनमा संचालन गरी सम्पन भएको कार्यालय सचिव टेक बहादुर रोकायाले बताएका छन् । बिहिबार बसेको तेस्रो बैठकले १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रिय सभापती लगाएत पदाधिकारीहरुलाई बधाई दिने निर्णय […]
विराटनगर । साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका आरोपी रमेश उप्रेतीलाई जिल्ला अदालत मोरङले दुई लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ । बिहीबार थुनछेक बहसपछि न्यायाधीश भरत लम्सालको इजलासले उप्रेतीलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो । उनी सुन तस्करी प्रकरणका मुख्य आरोपी चुणमणि उप्रेती गोरेका […]
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठन नेपालको राष्ट्रिय भेला फागुन ७ गते शनिबार हुने भएको छ । प्रेस संगठनको बिहीबार बसेको पदाधिकारी बैठकले फागुन ७ मा राष्ट्रिय भेला गर्ने निर्णय गरेको अध्यक्ष शम्भु श्रेष्ठले जानकारी दिए । त्यस्तै उनले राष्ट्रिय भेलाअघि बाँकी रहेका जिल्लामा कमिटी गठन गर्दै जिल्ला तथा […]
नेपाल कम्युनिष्ट पार्टी एमाले मुगुको ८ औँ जिल्ला अधिवेशन सरेको छ । २३ पुसमा हुने भनिएको जिल्ला अधिवेशन चार दिनपछि २७ पुसका लागि सरेको हो । मुगुमा बुधबार रातिदेखि अविरल वर्षा र हिमपात भइरहेको छ । जसका कारण प्रतिनिधि र प्रमुख अतिथि सहभागिता हुन नसकेका कारण २७ अधिवेशनका लागि सरेको हो । एमाले कर्णाली प्रदेश […]
काठमाडौं। पछिल्लो २४ घण्टामा थप ५४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार २०९ जनाको पीसीआर परीक्षण गर्दा ४७८ जना र ४ हजार ८९० एन्टिजेन परीक्षण गर्दा ६२ जना गरी ५४० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या २७१ रहेको छ […]
काठमाडौं, २२ पुस । प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा.आरजु देउवा राणाले बतास समुहमा आफ्नो कुनै सम्लग्नता नरहेको स्पष्ट पारेकी छिन् । आज एक सुचना जारी गर्दै कांग्रेस नेतृ आरजुले विभिन्न संघसंस्थामा आफ्नो नाम जोडिएको प्रति ध्यानाकर्षण भएको बताएकी छिन् । डा. आरजुले लेखेकी छिन्, ‘संचार माध्यमहरुमा विभिन्न संघ संस्थाहरुमा मेरो संग्लनता भएको भनेर समाचारहरु आएकोमा […]
काठमाडौं। नेकपा एमालेको शुक्रबार हुने काठमाडौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा एक लाख जना सहभागी गराउने दावी गरेको छ । मूलपानी क्रिकेट मैदानमा हुने जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा एक लाख कार्यकर्ता सहभागी गराउने र त्यसको तयारी पूरा भएको जिल्ला अध्यक्ष कृष्ण राईले जानकारी दिए । यसअघि पुस २० गते काठमाडौंका ११ नगर, १३८ वडा र १० […]
सुदूरपश्चिम प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्य पदका लागि तीन सीटमा हुन गइरहेको निर्वाचनमा ६ जना प्रतिस्पर्धी मैदानमा उत्रिएका छन् । यहाँ सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमालेबीच तीन सीटका लागि प्रतिस्पर्धा हुन लागेको हो । सत्तारुढ गठबन्धनका तर्फबाट तीन सीटका लागि नेपाली काँग्रेसका नारायणदत्त मिश्र, नेकपा माओवादी केन्द्रका जगत पार्की र नेकपा एकीकृत समाजवादी पार्टीका […]
काठमाडौं । लोकसेवा आयोगले गत दुई वर्षको शाखा अधिकृत तहको परीक्षाको नतिजा प्रकाशन नगरेको विरोधमा परीक्षार्थीहरुले प्रदर्शन गरेका छन् । परीक्षार्थीले सिंहदरबार वैद्यखानास्थित आयोगको कार्यालय परिसरमा नाराबाजी र प्रदर्शन गरेका हुन् । दुई वर्षदेखि परीक्षा दिएर बस्दा पनि नतिजा प्रकाशन नहुँदा आफूहरु मानसिक तनावमा परेको भन्दै उनीहरुले छिटो नतिजा प्रकाशन गर्न दबाव दिएका छन् । […]
रौतहट । नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झालाई जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामकुमार तिमल्सेनाले दुर्व्यवहार गरेको घटनाको नेपाल पत्रकार महासंघले विरोध जनाएको छ । महासंघले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न र पत्रकारको संवैधानिक मर्यादा र अधिकारको सम्मान गर्न माग गरेको छ । रौतहटकै एक पत्रिकाको अनलाइन दर्ता प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालयमा […]
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नारायणहिटी दरबार संग्रहालय भित्रको विवादित रेस्टुरेन्टबारे छानबिन गर्न समिति गठन गरेको छ । बिहीबार मन्त्रालयले पर्यटन महाशाखाका सहसचिव होमप्रसाद लुइँटेलको अध्यक्षतामा पाँच सदस्यीय समिति गठन गरेको हो । सहसचिव लुइँटेलले आफ्नो नेतृत्वमा समिति गठन भएको पत्र प्राप्त भएको र समितिले ३ दिनभित्र प्रतिवेदन बुझाउने जानकारी दिए । […]
बैतडी, २२ पुस: बैतडीमा हालसम्म एक लाख २६ हजार बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार यहाँका सबै स्थानीय तहमा कोरोनाको पूर्ण मात्रा भने ९१ हजार ३०६ जनाले पाएका हुन् । पछिल्लो विवरण अनुसार पुर्चौंडी नगरपालिकामा– १९ हजार ८६ जनाले पहिलो मात्रा र १० हजार ३३६ जनाले पूर्ण […]
एमालेका अध्यक्ष केपी ओलीबाट पार्टीका ७७ वटै जिल्ला अधिवेशनलाई शुक्रबार भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका छन् । ओलीले २३ पुस बिहान ११ बजे केन्द्रीय कार्यालयको एक्सन रुमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । एमालेको १० औं महाधिवेशन गत मंसिरमै सकिए पनि जिल्ला अधिवेशन एकसाथ […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना संक्रमणलाई मध्यनजर गर्दै व्यक्तिगत रुपमा हुदै आएको भेटघाट र शुभकामना आदान प्रदानमा रोक लगाएका छन् । अध्यक्ष प्रचण्डको सचिवालयले बिहीबार सूचना जारी गर्दै काठमाडौं लगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरुको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिन यतादेखि भौतिक रूपमा भेटेरै भैरहेको बधाई एवं शुभकामना […]
हुम्लाको खार्पुनाथ गाउँपालिका–१ प्युसस्थित एक घरमा आगलागी हुँदा रु सात लाख बराबरको धनमाल क्षति भएको छ । प्युस गाउँका सुरज शाहीको घरमा मङ्गलबार राति चुलोमा बालिएको आगा सल्केर राति ११ बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । आगलागीबाट शाहीको घरमा रहेका सम्पूर्ण सामग्रीका साथै गोठमा रहेका पशु तथा कुखुरासमेत जलेर नष्ट भएको […]
२२ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रोकिएको छ । भारतको गुजरातमा हुने भ्राइब्रेन्ट गुजरात समिट स्थगित भएपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण रोकिएको हो । जनवरी १०–१२ सम्म जगुरातमा आयोजना हुने सम्मेलनमा सहभागिताका लागि भारत सरकारले प्रधानमन्त्री देउवालाई निम्तो आएको थियो । जनवरी ९ तारिख अर्थात पुस २५ गते देउवा काठमाडौंबाट सिधै गुजरात […]
नागरिक रैबार बाजुरा २२ पुस । प्रेस चाैतारी बाजुराकाे पाँचौ जिल्ला अधिवेशन आज मार्तडीमा सूरू भएकाे छ । अधिवेशनकाे एमालेका स्थायी कमिटि सदस्य कर्णबहादुर थापाले उद्घाटन गरेका छन् । प्रेस चाैतारी बाजुराकी संयाेजक नन्दा थापाकाे अध्यक्षतामा सूरू भएकाे जिल्ला अधिवेशनमा प्रमुख अतिथि एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा रहेका छन् । त्यसै गरि विशिष्ट अतिथिमा […]
मुगु — जिल्लामा दोस्रोपटक हिमपात भएको छ । एक साताअघि परेको हिउँ बिलाउन नपाउँदै पुन: बुधबार रातिबाट ताल्चा, रारा, मुर्मा, तलितुम, माथितुम, बाम, रोवा, कोटीला, टोप्ला, मुगु, डोल्फू, झयारी, खमाले, मुगु, डोल्फू, सोरुकोट लगायतका क्षेत्रमा बाक्लो हिमपात भएको छ । हिमपातले लेकाली बस्ती सेताम्य भएका छन् । पहिले पटकको हिउँ पग्लिन नपाउँदै फेरि हिमपात भएको […]
चिसो अत्यधिक बढेपछि बाँकेका विद्यालयमा पठनपाठन बन्द गरिएको छ । चिसोका कारण बालबालिका बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको हो । बाँकेमा खजुरा गाउँपालिका र जानकी गाउँपालिकाले चिसोलाई मध्यनजर गर्दै तीन दिनका लागि विद्यालय बन्द गराएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले बालबालिकाले अध्ययन गर्ने प्राथमिक तहमा बिदा दिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रामसुरेश यादवले […]