होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पत्रकारमाथि दुर्व्यवहारको महासंघद्वारा विरोध
समाचार

पत्रकारमाथि दुर्व्यवहारको महासंघद्वारा विरोध

  • नागरिक रैबार
पत्रकारमाथि दुर्व्यवहारको महासंघद्वारा विरोध

 रौतहट । नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झालाई जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रामकुमार तिमल्सेनाले दुर्व्यवहार गरेको घटनाको नेपाल पत्रकार महासंघले विरोध जनाएको छ ।

महासंघले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न र पत्रकारको संवैधानिक मर्यादा र अधिकारको सम्मान गर्न माग गरेको छ । रौतहटकै एक पत्रिकाको अनलाइन दर्ता प्रक्रियाका लागि जिल्ला प्रशासन कार्यालयमा पुगेका बेला प्रशासकीय अधिकृतले आफूलाई दुर्व्यवहार गरेको झाले बताएका छन् ।

‘उहाँले केही कागजातहरु माग्नुभयो सोही विषयको बारे प्रमुख जिल्ला अधिकारीलाई मैले अवगत गराउने क्रममा अधिकृत तिमल्सिनाले मलाई अपशब्द प्रयोग गर्नुभयो’ झाले भनेका छन् ।

विज्ञापन

महासंघ अध्यक्षमाथि भएको दुर्वव्यहारको नेपाल पत्रकार महासंघ रौतहट शखा र प्रदेश २ समितिले पनि विरोध जनाएका छन् । दोषीलाई कारवाही नभएसम्म जिल्ला प्रशासन कार्यालयको समाचार बहिस्कर गर्ने चेतावनी पत्रकार महासंघको रौतहट जिल्ला शाखाले दिएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले भने सामान्य विवाद भएको तर अपमानजनक शब्द प्रयोग नभएको बताए ।

नेपाल पत्रकार महासंघले महासंघका धनुषा शाखाका सदस्य सुरेशकुमार यादवको घरमा बुधबार राति अज्ञात समूहले आगजनी गरेको घटनाको पनि विरोध जनाएको छ ।

महासंघले घटनामा संलग्नको पहिचान गरी तत्काल कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था मिलाउन पनि माग गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार