होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • समाजवादी प्रेस संगठनको राष्ट्रिय भेला फागुन ७ मा हुने
समाचार

समाजवादी प्रेस संगठनको राष्ट्रिय भेला फागुन ७ मा हुने

  • नागरिक रैबार
समाजवादी प्रेस संगठनको राष्ट्रिय भेला फागुन ७ मा हुने

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठन नेपालको राष्ट्रिय भेला फागुन ७ गते शनिबार हुने भएको छ । प्रेस संगठनको बिहीबार बसेको पदाधिकारी बैठकले फागुन ७ मा राष्ट्रिय भेला गर्ने निर्णय गरेको अध्यक्ष शम्भु श्रेष्ठले जानकारी दिए ।

त्यस्तै उनले राष्ट्रिय भेलाअघि बाँकी रहेका जिल्लामा कमिटी गठन गर्दै जिल्ला तथा प्रदेश भेला गर्ने बैठकले निर्णय गरेको र पाँच सदस्यीय विधान मस्यौदा समिति गठन गरेको बताए । महासचिव भुपराज खड्काको संयोजकत्वमा गठन गरिएको समितिमा उपमहासचिवत्रय रामकुमार एलन, तेजप्रसाद वाग्ले, उर्मिला कुँवर रहेका छन् । बिहीबारकै बैठकले उपाध्यक्षमा विश्वमणि सुवेदी, नरेन्द्र साउद र उपमहासचिवमा रामकुमार एलनलाई मनोनीत गरेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार