होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार बाजुरा २७ पुस ।नेकपा एमाले बाजुराको सातौं जिल्ला अधिवेशनमा दुई जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन कमिटीले जनाएको छ । एमालेको सातौं जिल्ला अधिवेशनमा बन्द सत्रबाट बनाइएको अध्यक्ष मण्डले घोषणा गरेको जिल्ला कमिटीको नेतृत्व र सल्लाकार समिति प्रस्ताव गरेपछि अध्यक्ष पदमा दुई जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत दिलिप शाहीले जानकारी दिएका छन् […]
मुगु — आसपासका डाँडाकाँडा हिउँले ढाकिएका छन् । साताअघि भएको भारी हिमपातयता मुगु सदरमुकाम गमगढी निकै चिसो छ । घर हुनेहरूले चिसोमा जसोतसो मुन्टो लुकाएका छन् । सबैभन्दा कष्टमा कोही छन् भने ती त्रिपालमा आश्रय लिएका परिवार हुन् । गत कात्तिक २९ मा गमगढीको तल्लो बजारमा आगलागी भएको थियो । २१ घर नष्ट भएका थिए […]
नागरिक रैबार बाजुरा २७ पुस । नेकपा एमाले बाजुराको सातौँ जिल्ला महाधिवेशनकाे मनोनयन दर्ता सुरु भएको छ । नेकपा एमाले जिल्ला कमिटि बाजुराको जिल्ला अधिबेशन पार्टीको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता शुरू भएको हाे। नेकपा एमाले स्थायी कमिटी सदस्य कर्ण थापा, केन्द्रीय सदस्य तथा बाजुरा इन्चार्ज लाल बहादुर थापा, केन्द्रीय सदस्य प्रकाश शाह लगायत […]
कोभिड–१९ को तेस्रो लहर सुरु भएसँगै स्वास्थ्य संस्थाहरूमा रगत अभाव हुन थालेको छ । ब्लड बैंकहरुमा रगत अभाव भएपछि नेपाली सेनाले रक्तदान गर्ने योजना ल्याएको छ । उपचारको क्रममा कसैलाई तत्काल रगत चाहिएमा सैनिक ब्यारेकबाट रगत उपलब्ध गराउने नेपाली सेनाका प्रवक्ता (सहायकरथी) सन्तोष वल्लभ पौड्यालले बताए । उनले भने–‘इमर्जेन्सी रगत चाहिन पायक पर्ने युनिटमा समन्वय […]
काठमाडौं। पुर्वराजा ज्ञानेन्द्र शाहले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । मंगलबार दिउँसो समर्थकहरुसहित सिंहदरबारको मूलगेट अगाडि पुगेका उनले पृथ्वीनारायणको सालिकमा उनले माल्यार्पण गरेका हुन् । उनले माल्यार्पण गरिरहँदा उनका समर्थकहरुले ‘गणतन्त्र मुर्दावाद’ को नारा लगाएका थिए । राष्ट्रिय झण्डा र पृथ्वीनारायण शाहको तस्वीर अंकित प्लेकार्ड बोकेका उनीहरुले ‘हाम्रो राजा हाम्रो देश, […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार आएको रिपोर्ट अनुसार उनीमा संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी आफ्नै निवासमा स्वास्थ्य लाभलिइरहेको सचिवालयले जनाएको छ । कोरोना संक्रमण देशभर बढेको भन्दै सोमबार मात्रै नेता नेपालले एक अपिल जारी गर्दै […]
धनगढीः सुदूरपश्चिम लागुऔषध प्रयोगकर्ताको अखडा बन्दै गएको छ। खुला सीमा नाकाका कारण सहजै खरिद गर्न पाइने भएपछि प्रदेश नै लागुऔषध प्रयोगकर्ताको अखडा बन्न थालेको हो। विशेषगरी कैलाली र कञ्चनपुरमा यसका प्रयोगकर्ता तुलनात्मक रुपमा बढी देखिएका छन्। पहिल्लो समयमा सुदूर पहाडमा पनि यसको प्रभाव देखिन थालेको धनगढीमा सुधार गृह सञ्चालन गर्दै आएका रामबहादुर रजकले बताए। ‘सुदूरपश्चिममा […]
धनगढीः कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१ जनामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा ७६ जनाको नमूनाको परीक्षण गर्दा ३१ जनामा संक्रमण पुष्टि भएको प्रादेशिक अस्पतालले जनाएको छ। अस्पतालमा पछिल्लो २४ घण्टामा तीन जना बिरामी थपिएका छन्। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार अहिले ६ जनाको आइसियूमा उपचार भइरहेको छ […]
नागरिक रैबार बाजुरा २७ पुस । अमेरीका बस्ने नेपाली नागरिक बुवा नारायण खना र आमा छला खनालकी एक बर्षिया छोरी काब्य खनालको जन्मदिनको अबसरमा बाजुराको एक बिद्यालयका गरिव तथा बिपन्न बालबालिकाहरुलाई जकेट उपहार दिएकी छन । बाजुराको बुढिगंगा नगरपालिका वडा न १० मा रहेको सिगाडा माध्यामीक बिद्यालयका ५७ जना बालबालिकाहरुलाई जन्मदिनको अबसमार जकेटहरु उपलब्ध गराएको […]
काठमाडौँ । सरकारले स्थानीयस्तरमा कोभिड–१९ को जोखिमको अवस्था हेरेर वडाभित्रको गाउँ तथा टोलमा मात्र पनि स्मार्ट लकडाउन गर्न सक्ने अधिकार स्थानीय प्रशासनलाई दिएको छ । यसअघिको लकडाउनमा कुनै स्थान विशेषमा कोरोनाको जोखिम बढ्दा पूरै जिल्लाभरि लकडाउन गर्ने गरिएको थियो । यस पटक स्मार्ट लकडाउन विधि अपनाएर सरकारले जहाँ समस्या देखियो, त्यहीँ मात्र लकडाउन गर्न सक्ने […]
काठमाडौं । अमेरिकाका एक व्यक्तिमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको छ । सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण गरिएको यो विश्वमै पहिलो हो । बीबीसीका अनुसार बाल्टिमोरका ५७ वर्षीय डेभिड बेनेटमा सुँगुरको मुटु सफलतापूर्वक प्रत्यारोपण गरिएको छ । युनिभर्सिटी अफ मेरील्याण्ड मेडिकल सेन्टरका अनुसार मुटु प्रत्यारोपण गर्न सात घण्टा समय लागेको थियो । प्रत्यारोपणपछि बेनेट अहिले स्वस्थ […]
काठमाडौं । प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३००औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए […]
पत्रकार उमा सिंहको हत्या भएको १३ वर्ष पूरा भएको छ । २०६५ साल पुस २७ गते जनकपुरधामको रजौलस्थित आफ्नै डेरामा उनको हत्या भएको थियो । पत्रकार सिंहकै भाउजू ललिता सिंहले धनको लोभमा हत्या गराएको ठहर भइसकेको छ । धनुषा जिल्ला अदालतले पत्रकार उमा सिंह हत्या प्रकरणका मुख्य अभियुक्त स्वामीजी भनिने उमेश यादवलाई जन्मकैदको सजाय सुनाइसकेको […]
पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् । पृथ्वीजयन्तीको अवसरमा आज बिहान सिंहदरबार पश्चिम गेट अगाडि पुगेर राष्ट्रपति भण्डारीले पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेकी हुन् । माल्यार्पण गर्न विभिन्न राजनीतिक दलका नेता, संघसंस्थाका प्रतिनिधि र सर्वसाधारणहरु पनि त्यहाँ पुगेका छन् ।कार्यक्रममा पर्यटनमन्त्री प्रेम आले, राप्रपाका नेता कमल थापा […]
काठमाडौँ — शिक्षा मन्त्रालयले माघ १५ सम्म विद्यालय बन्द गर्दै वैकल्पिक माध्यमबाट पढाइ जारी राख्ने निर्णय गरेको छ । सोमबार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो । आइतबार सीसीएमसीसीले वार्षिक बिदामा मिलान हुने गरी माघ १५ सम्म विद्यालय बन्द गर्न शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरेको […]
काठमाडौं । सरकारसँग नागरिकता पाउनुपर्ने माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा सोमबार पनि धर्ना दिइएको छ । नागरिक संघर्ष समितिको अगुवाईमा संवैधानिक व्यवस्था अनुसार तत्काल नागरिकताको व्यवस्था गर्न सरकारसँग माग गर्दै धर्ना दिइएको हो । धर्नाका बसेकाहरुले नागरिकताबाट आफूहरुलाई बञ्चित गरिएको विरोधमा धर्नामा बस्नु परेको बताएका छन्। उनीहरुले सरकारले आफ्नै नागरिकलाई समेत अनागरिक बनाएको भन्दै आपत्ति […]
कमला चदारा पौष २६ बाजुरा । नेकपा एमाले जिल्ला कमिटी बाजुराको सातौँँ जिल्ला अधिवेशनको बन्दसत्र मार्तडीमा चलिरहेका बेला निर्वाचन कमिटीले जारी गरेको सूचना पत्रानुसार दलित महिलाका लागि ठाउँ नै साँगुरो भएको पाईएको छ । एमाले जिल्ला कमिटी बाजुराको जम्मा ९० जनाको निर्वाचन हुने पद, निर्वाचन क्षेत्र र पद संख्या सम्बन्धी सार्वजनिक भएको पत्रको आधारमा साँगठानिक […]
काठमाडौं । कोरोना संक्रमण बढ्दै गएपछि विद्यालय बन्दको निर्णय गरेको सरकारले पुस २७ गतेदेखि नै विद्यालयहरु बन्द हुने बताएको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले विज्ञप्ति जारी गरी पुस २७ देखि माघ १५ गतेसम्म विद्यालयहरु बन्द हुने जानकारी दिएका छन् । यसअघि सोमबार कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले […]
नागरिक रैबार बाजुरा २६ पुस । नेकपा एमाले जिल्ला कमिटी बाजुराको सातौं जिल्ला अधिवेशनको बन्दशत्र १ आज १ बजेबाट सूरू गर्ने भनिएकाे भएपनि साढे ३ बज्न लाग्दा समेत सुरू हुन सकेकाे छैन् । २३ पुसमा उद्घाटन भएको एमाले बाजुराको सातौं जिल्ला अधिवेशनको बन्द शत्र हिजाे ३ दिनदिनपछि मार्तडीमा सूरू भएकाे थियाे । यस अघि प्रतिकुल मौषमका […]
डोटीः जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका ४ र ६ मा राखिएका नेपाल टेलिकमका टावरले काम नगर्दा समस्या उत्पन्न भएको छ। हप्ता दिन पहिले परेको हिमपातका कारण ती टावरले काम गर्न छोडेका कारण यहाँका नागरिकलाई सूचना सम्पर्कका लागि समस्या उत्पन्न भएको स्थानीयवासी तेजबहादुर सिंहले बताए। उनले भने, “टेलिकमका टावरले काम गर्न छोडेको छ, नेटवर्कले काम […]