होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार बाजुरा ४ माघ । जिल्लाकाे बडीमालिका नगरपालिका वडा नं. ७ ढम्कनेमा करिव ५ करोड भन्दा बढिकाे लागतमा कालाजग्रा फनपार्क निर्माण हुने भएको छ । बडीमालिका ७ काे ढम्कने सरस्वति आधारभुत विद्यालय नजिकैकाे २२ राेपनी जग्गामा निर्माण हुन् लागेको कालाजग्रा फनपार्कको साेमबार एक कार्यक्रमका बिच बाजुराका सांसद लालबहादुर थापाले शिल्यान्यास गरेका छन् । सबै […]
नागरिक रैबार/बाजुरा ४ माघ। जिल्लाको सदरमुकाम मार्तडीमा विद्युत आपुर्तिको माग गर्दै बाजुराबासी आन्दोलनमा उत्रिएका छन् । सरकारले देशभर लोडसेडिङ अन्त्य गरेको भएपनि बाजुराबासीले दैनिक ५ देखि १० घण्टासम्म लोडसेडिङको मार खेप्नु परेको भन्दै बाजुराबासी आन्दोलित भएका हुन् । मंगलबार जिल्लाको सदरकुाम मार्तडीमा नागरिकहरुले सयुक्त आन्दोलन गरेको हो । आन्दोलनका क्रममा नेपाल विद्युत प्राधिकरणको बाजुरा वितरण […]
काठमाडौँ — कोरोना संक्रमण तीव्र बन्दै गएपछि काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले सबै प्रकारका आमसभा, जुलुस, सभा र भेलालाई माघ मसान्तसम्म रोक लगाएका छन् । माघ ४ गते जारी आदेशअनुसार गोष्ठी, सेमिनार, समीक्षा बैठकजस्ता क्रियाकलाप भर्चुअल माध्यममबाट गर्ने र भौतिक रुपमा गर्नुपर्ने भए जनस्वास्थ्य मापदण्ड पालना गरी बढीमा २५ जना मात्र सहभागी हुन […]
काठमाडौं । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका-२०७५ संशोधन गरेको छ । कार्यक्रम अन्तरगत सञ्चालित आयोजनामा काम गर्नेहरूको ज्यालालाई समायानुकुल बनाउन र श्रमिकको बिमा अनिवार्य गर्ने गरी निर्देशिका संशोधन भएको हो । यसअघि मासिक १३ हजार रुपैयाँ न्युनतम् ज्यालाका आधारमा ज्यालादर तय भएकोमा अहिले गत साउनबाट न्युनतम् १५ हजार पुगेअनुसार थोरै ज्याला रकम बढेको […]
काठमाडौँ — कोभिड–१९ बाट आयआर्जन गुमाएका अति विपन्न परिवारलाई सरकारले घोषणा गरेको राहत बाँड्ने सवालमै राजनीति हुन थालेको छ । सरकारका एक मन्त्रीको दाबीअनुसार शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले ल्याएको नगद राहत वितरणमा एमालेले जितेका अधिकांश स्थानीय तहका जनप्रतिनिधिले चासो दिएका छैनन् । उनको अनुमानमा आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरेरै एमाले नेतृत्वमा रहेका स्थानीय तहका पदाधिकारीले […]
धनगढी । कैलालीको गोदावरी पुलबाट खसेर एक जनाको मृत्युु भएको छ । सोमबार साँझ गोदावरीको काठे पुलमा फोटो खिच्ने क्रममा खसेर गम्भीर घाइते भएका अछामका ३९ वर्षीय रुपराज भाटको मृत्युु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले पुलबाट खसेर घाइते भएका भाटको उपचारका क्रममा सेती प्रादेशिक […]
काठमाडौँ — सत्तारूढ गठबन्धनबीच आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने सम्बन्धमा सहमति भएको छ। मिति तय गर्नेलगायतका विषयमा आगामी बैठकमा छलफल हुने बताइएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकमा वैशाखमा स्थानीय तहको चुनाव गर्ने सहमति भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेद्रबहादुर कार्कीले जानकारी दिए । तोकिएकै […]
नागरिक रैबार/बाजुरा ३ माघ। बाजुराकाे प्रमुख जिल्ला अधिकारी (सिडियाे) काे कार्यभार सम्हाल्न बाजुरा आएका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले बाजुराली जनताकाे सुरक्षा गर्नुनै आफ्नाे पहिलाे प्राथमिकता हुने बताएका छन् । सोमबार जिल्ला स्थित पत्रकारहरूसंगकाे परिचयात्मक तथा भेटघाट कार्यक्रममा प्रजिअ पौडेले यहाँका जनताकाे सुरक्षासंगै जनजिविकाकाे सवालमा काम गर्ने बताए । साथै उहाँले आफ्नो दायित्व भनेको शान्ति […]
जनकपुरधाम । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुर कायम भएको छ । सोमबार भएको मतदानमा प्रदेश सभामा उपस्थित कुल ९९ सांसदमध्ये ७८ जनाले यो प्रस्तावको पक्षमा मतदान गरेका छन् । सभामुख सरोजकुमार यादवले प्रदेश सभामा हाल कायम रहेको १०४ जना सांसदमध्ये ७८ सांसद दुई तिहाइ भन्दा बढी मत रहेको भन्दै प्रदेशको स्थायी राजधानी जनकपुर […]
काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–८, गुर्जुधारामा चक्कु हानेर एक जनाको हत्या भएको छ । अर्का एक जना घाइते छन् । महानगरीय प्रहरी वृत्त, चन्द्रागिरीका डीएसपी डिल्लीनारायण पाण्डेका अनुसार मातातीर्थ घर भइ गुर्जुधारा बस्दै आएका २६ वर्षीय रोशन रिजालको हत्या भएको हो । हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले अनुज र अशोक बस्नेतलाई पक्राउ गरेको छ । […]
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । आइतबार गरिएको कोरोना परीक्षणका क्रममा आलेमा संक्रमण पुष्टि भएको हो । उनका स्वकीय सचिव हेमन्त रेग्मीमा पनि संक्रमण पुष्टि भएको छ । दुबै जनामा सामान्य लक्षण मात्र देखिएको र अरु स्वास्थ्य अवस्था सामान्य रहेको रेग्मीले जानकारी दिए ।
काडमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक देउवाले राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी भएको बालुवाटार स्रोतले जनाएको छ । सरकार गठन भएको ६ महिनाको सन्दर्भ पारेर प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी भएको बताइएको छ । तर सम्बोधनको मिति र समय भने तय भइसकेको छैन । ‘एक-दुई […]
काडमाडौं । स्थानीय सरकारका प्रतिनिधमूलक संस्थाहरू (गाउँपालिका राष्ट्रिय महासंघ नेपाल, नेपाल नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघ)ले तत्काल स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न माग गरेका छन् । सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै तीन वटै संस्थाले स्थानीय तहको निर्वाचन प्रकि्रया तत्काल शुरु गर्न भनेका हुन् । समयमै निर्वाचन नभए पालिका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष र वडाध्यक्षले […]
धनगढी । सरकारले फ्रन्टलाइनरलाई आइतबारदेखि कोरोना भाइरसविरुद्धको ‘बुस्टर डोज’ खोप लगाउने भनेपनि सुदूरपश्चिममा भने अझै शुरु हुन सकेको छैन । कैलालीसहित प्रदेशका सबै जिल्लामा नियमित खोप कार्यक्रम सञ्चालन भइरहेपनि ‘बुस्टर डोज’ भने लगाउन ढिलाइ भएको छ । सरकारले घोषणाअनुसार प्रदेशमा आवश्यक पर्ने खोप नपठाउँदा फ्रन्टलाइनरलाई ‘बुस्टर डोज’ लगाउन नसकिएको बताइएको छ । प्रदेशको अस्थायी राजधानी […]
प्रतिनिधि सभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित भएको छ । यसअघि माघ ३ गते सोमबार १ बस्नेगरी बोलाइएको प्रतिनिधि सभाको बैठक कोरोनाको कारण देखाउँदै माघ १६ गते बस्नेगरी स्थगित भएको हो । संघीय संसदका महासचिव भरतराज गौतमले आइतबार सुचना जारी गर्दै कोभिड संक्रमणका कारण माघ ३ मा बोलाइएको बैठक बस्न नसक्ने भएकाले माघ १६ […]
काठमाडौं, २ माघ : नेपालमा पनि कोरोनाभाइरस संक्रमणको तेस्रो लहर सुरु भइसकेको छ । कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण फैलिएसँगै नेपालमा पनि तेस्रो लहर सुरु भएको हो । तर, यसपटक राजनीतिक दलका नेता संक्रमित भइरहेका छन् । पहिलो र दोस्रो लहरमा जोगिएका नेताहरू तेस्रो लहरमा धमाधम संक्रमित हुँदै आइसोलेसमा बसेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, […]
काठमाडौं, २ पुस । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले लिने गरेका परीक्षा नरोनिके भएको छ । कोरोना भाइरस संक्रमणको तेस्रो लहरको जोखिम बढेसँगै सरकारले विद्यालय बन्द गरेको अवस्थामा त्रिविका परिक्षा भने निर्वाध सञ्चालन हुने भएका हुन् । कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले सिनेमा हल, जिमखाना, पार्टी, भोज, जमघट हुने सबै क्षेत्रमा स्वास्थ्य सुरक्षाको मापदण्डमा कडाइ गरेको छ […]
म्याग्दी – जिल्लाको रघुगङ्गा गाउँपालिका–२ बैसरीदेखि रिसिनचौतारी जोड्ने सडक निर्माण भएपछि एक घण्टाको यात्रा अवधि २० मिनेटमा छोटिएको छ । बेनी–जोमसोम सडकको बैसरीदेखि रिसिनचौतारी जोड्ने छोटो दूरीको सडक निर्माण भएपछि यात्रा अवधि छोटिएको हो । स्थानीयवासी दुर्गाबहादुर केसीले सडक निर्माण भएपछि एक घण्टाको यात्रा अवधि २० मिनेटमा छोटिएको बताए। ‘गाडी चढेर रिसिन चौतारीदेखि रानीपौवा–पिप्ले हुँदै […]
काठमाडौं । राष्ट्रियसभाको यही माघ ३ गते दिउँसो १ बजेका लागि तय गरिएको बैठक विशेष कारणवश स्थगन भएको छ । राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ बमोजिम अर्को सूचना नभएसम्मका लागि उक्त बैठक स्थगन भएको सङ्घीय संसद्का महासचिव भरतराज गौतमले जानकारी दिए ।
धनगढीः कैलाली र चितवनमा कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ५०० नाघेको छ। योसँगै ५०० भन्दा बढी सक्रिय संक्रमित पुग्ने जिल्लाको संख्या ८ पुगेको छ। शनिबार कैलालीमा ५५३ र चितवनमा ६३५ जना सक्रिय संक्रमित पुगेका छन्। शुक्रबारसम्म काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, मोरङ र सुनसरीमा मात्र सक्रिय संक्रमितको संख्या ५०० नाघेको थियो। काठमाडौंमा हाल सक्रिय संक्रमितको संख्या […]