होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गोदावरी पुलबाट खसेर एक जनाको मृत्यु
समाचार

गोदावरी पुलबाट खसेर एक जनाको मृत्यु

  • नागरिक रैबार
गोदावरी पुलबाट खसेर एक जनाको मृत्यु

धनगढी । कैलालीको गोदावरी पुलबाट खसेर एक जनाको मृत्युु भएको छ । सोमबार साँझ गोदावरीको काठे पुलमा फोटो खिच्ने क्रममा खसेर गम्भीर घाइते भएका अछामका ३९ वर्षीय रुपराज भाटको मृत्युु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले पुलबाट खसेर घाइते भएका भाटको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जानकारी दिए । उनकाअनुसार काम विशेषले अछामबाट कोहलपुर गएका भाट पुलमा फोटो खिच्ने क्रममा खसेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

तत्काल घटनास्थल पुगेको प्रहरी टोलीले भाटको उद्दार गरेर उपचारका लागि प्रादेशिक अस्पताल पुगाएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।

विज्ञापन

भाटको मृत्युु प्रकरणबारे थप अनुसन्धान भइरहेको बताउँदै डीएसपी जोशीले शव परीक्षणका लागि प्रादेशिक अस्पतालमै राखिएको जानकारी दिए । ‘नेपालगञ्जबाट अछाम जानुपर्ने मान्छे बीचबाटोमै के-कति कारणले उत्रिए ? उनीसँग अरु को-को मानिस थिए ? भन्ने विषयमा हामी अनुसन्धान गरिरहेका छौँ,’ जोशीले  भने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार