होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, माघ १८। सरकारले जेठमा स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेसँगै राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा तालिका एक साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा तालिका सार्वजनिक गर्ने तयारीसँगै ६३ जिल्लाबाट परीक्षा केन्द्र कायम भएर पत्र आएको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले जनाएको छ । बाँकी […]
काठमाडौँ, १८ माघः प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ। आज (मङ्गलबार) प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरूङले प्रधानमन्त्री देउवालाई बालुवाटारमा राष्ट्रिय सूचना आयोगको आव २०७७-७८ को वार्षिक प्रतिवेदन बुझाएका हुन् ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका नेता तथा प्रतिनिधिसभा सदस्य डा.भीम रावललाई नक्कली पिएचडीको आरोप लगाएका छन्। बाबुरामले गोप्य रूपमा एमसीसी सम्झौता गरेको भन्ने भिम रावलको अभिव्यक्त विना आधारको भएको भन्दै भट्टराईले पुष्टि गर्न चेतावनि समेत दिए। ‘यी कण @BhimRawal179 ले PhD गरेको भनेर नाउॅको अगाडि ‘डा.’ पनि झुण्ड्याउॅछन्! […]
, काठमाडौं । सार्वजनिक सेवा पाउन कोरोनाविरुद्धको खोप अनिवार्य लगाएको हुनुपर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता सल्लु तिवारी र सबिन पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायतलाई विपक्षी बनाउँदै सर्वोच्चमा रिट दायरगरेका हुन् । उक्त रिटको पेशी २० गते तोकिएको छ । रिटमा सरकारले कोरोनाविरुद्धको खोप नलगाएकालाई सार्वजनिक सेवा प्रदान नगर्ने, सार्वजनिक […]
काठमाण्डाै – भोलि देशभर सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा भोलि १९ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले सूचना निकालेर भोलि १९ गते नेपालभर सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था बन्द रहने जानकारी दिएको छ । सूचना :
, चितवन । नवलपुरको कावासोतीमा अटो चालक मृत फेला परेका छन् । कावासोती नगरपालिका वडा नं. १३ गैरी घर भएका ५२ वर्षीय माधवप्रसाद गिरी घर नजिकैको घोलमा मृत फेला परेका हुन् ।कावासोती नगरपालिका वडा नं. १३ का अध्यक्ष विनोद रानामगरले गिरीको शव घर नजिकैको घोलमा गाडिएको अवस्थामा फेला परेको जानकारी दिए । ‘सडक छेउमा उनले […]
काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। उक्त मौसमी प्रणालीको प्रभावले बुधबार रातिबाट मौसम थप प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल पहाडी भू–भागमा आंशिक बदली रही तराईका भू–भागमा हुस्सु–कुहिरो लागेको छ। पश्चिमी वायुको प्रभावले बदली हुनका साथै कतिपय स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। काठमाडौँ उपत्यकामा बिहानैदेखि पारिलो घाम […]
काठमाडौं: सरकारले दूधको मूल्य बढाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्यमा ६.५२ रूपैयाँ बढाउँदै प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको हो। यसअघि कच्चा दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो। उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य दुग्ध विकास संस्थानले तय गर्नेछ। किसानले दूध उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गर्दै आएका थिए।
नागरिक रैबार/बाजुरा १८ माघ। कर्णाली करिडोर राजमार्गमा पहिलो पटक बस गुडेको छ । सुर्खेत काक्रेविहार यातायात प्रालीको कर्णाली प्रदेश 02-ख 0176 नम्बरको बस कर्णाली करिडोर राजमार्गमा पहिलो पटक गुडेको छ । कालिकोट जिल्ला कालिका गाउपालिका कालेखोला र खुलालु जोड्ने पक्कि पुल निर्माण पछी सुर्खेत देखि कर्णालीकरिडोर राज मार्गमा बस गुडेको हो । नरहरि नाथ नगरपालिका […]
धनगढी : कैलालीका सहायक वन अधिकृत विश्वराज पण्डितले समाज रुपान्तरणको लागि खुल्ला बहस गर्न चुनौती दिएका छन्। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मोसो दलेपछि पचमुडिया सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत पण्डितले खुल्ला बहस गर्न चुनौती दिएका हुन्। ’नेकपा (विप्लव) समूह कथित केही थान व्यक्तिहरूले दिएको यो उपहार जिल्ला कैलाली डिभिजन वन […]
काठमाडौं । गुल्मीकी एक स्वास्थ्य स्वयंसेविका कोरोना विरुद्धको खोप लगाउन एक वृद्धालाई बोकेर लैजाँदै गरेको तस्वीरका कारण चर्चामा आएकी छन् । गत शुक्रबार गुल्मी दरबार गाउँपालिका वडा नं ३ राजाघरकी ४२ वर्षीया लीला थापाले सोही गाउँपालिका वडा नं ३ पुर्खेकी ७८ वर्षीया देवकला टण्डनलाई बोकेर खोप लगाउन लगेपछि सामाजिक सञ्जालमा चर्चामा आएकी हुन् । गाउँपालिकामा […]
भारतकी केन्द्रीय अर्थमन्त्री सीतारमण आर्थिक वर्ष २०२२–२३ का लागि मंगलबार बिहान ११ बजे लोकसभामा बजेट पेश गर्नेछिन् ।निर्मला सीतारमणले चौथो पटक बजेट पेश गर्नेछिन् । यसपटक पनि उनी पेपरलेस बजेट पेश गर्नेछिन् । सन् २०२० मा निर्मला सीतारमणले एक ट्याबलेटबाट बजेट भाषण पढेका थिए । यद्यपि, सन् २०१८ मा यो परम्परा आन्ध्र प्रदेश र असमबाट […]
नागरिक रैबार/बाजुरा १७ माघ। नेपालको जनगणना २०७८ मा गौमुल गाउँपालिकाको जनगणना सत्य नभएको भन्दै गौमुल गाउँपालिकाले प्रधानमन्त्री कार्यालय तथा राष्टिय योजना आयोग केन्द्रिय तथ्याङ्क विभागलाई ध्यानाकर्षण पत्र बुझाएको छ । २०६८ सालको जनगणना र २०७८ को जनगणनाको प्रारम्भीक तथ्याङ्कमा जम्मै २ सय ५० मात्रै जनसख्या बढेको देखाएको भन्दै जिल्ला प्रशासन कार्यालय जिल्ला तथ्याङ्क कार्यालय बाजुरा […]
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपको मौज्दात र कोभिड–१९ विरुद्ध खोप लगाएका सबै व्यक्तिहरूको विवरण उपलब्ध गराउन सार्वजनिक सूचना जारी गरेको छ । २४ लाख मात्रा खोप हराएको खुलासा भएपछि मन्त्रालयले सूचना जारी गर्दै तथ्याङ्क डीएचआईस–२ प्रणालीमा अनिवार्य प्रविष्ट गर्न सूचना जारी गरेको हो । सूचनामा स्वास्थ्य सेवा विभाग अन्तरगतको व्यवस्थापन महाशाखा, ७ वटै […]
नागरिक रैबार/बाजुरा १७ माघ। बाजुरा जिल्लाका सामुदायिक विद्यालयहरु माघ महिनाभर भौतिक उपस्थितिमा संचालन गर्न नदिने जिल्ला प्रशासन कार्यालय बाजुराले निणर्य गरेको छ । आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले कोभिड-१९ तिव्र रुपमा फैलिरहेको दृष्टिगत गरी सोको रोकथाम तथा नियन्त्रण गर्नका लागि जिल्लाका सामुदायिक विद्यालय माघ महिनाभर भौतिक उपस्थितिमा नखोल्न निणर्य गरेको हो । त्यस्तै विद्यालयले […]
बैतडीको जनसङ्ख्या साढे ६ हजार घटेको छ । तथ्याङ्क विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक विवरणअनुसार यहाँको जनसङ्ख्या घटेको पाइएको हो । वि.सं २०६८ को जनगणनाअनुसार बैतडीको जनसङ्ख्या दुई लाख ५० हजार ८९८ रहेकोमा १० वर्षमा घटेर दुई लाख ४४ हजार ४०० पुगेको छ । दश वर्षमा ६ हजार ४९८ घटेको साविकको जिल्ला जनगणना कार्यालयका प्रमुख […]
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवि भण्डारीलाई राष्ट्रियसभा निर्वाचनको प्रतिवेदन बुझाएको छ । राष्ट्रियसभाको गत १२ गते बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनको परिणामसहितको प्रतिवेदन आयोगले बुझाएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । निर्वाचन आयोगले राष्ट्रियसभा सभा निर्वाचनको परिणामसँगै वार्षिक प्रतिवेदन बुझाएको हो
नागरिक रैबार/बाजुरा १७ माघ। बडीमालिका स्तरीय दलित भुमी अधिकार युनियनको प्रथम बैठक मार्तडीमा सम्पन्न भएको छ । सोमबार बडीमालिका नगरपालिकाको सभाहलमा बसेको बैठकमा भुमिहिन तथा अब्यबस्थित बसोबासिहरुको लगत सन्कलन तथा प्रचार प्रसार गर्ने, भुमिहिन तथा अब्यबस्थित बसोबासिहरुको लगत सन्कलन तथा प्रचार प्रसार, दलित सम्बन्धि घटना अध्ययन, भुमी आयोगमा जिल्ला स्तरको दलित प्रतिनिधिको प्रतिनिधित्व र भुमी […]
नागरिक रैबार/बाजुरा १७ माघ । बाजुराको बडिमालिका नगरपालिका वडा न ९ का बल दमाई लडेर घाईते भएका छन। उनि शनिबार खर्कमा गोरु चराउन गएको बेला लडेर घाईते भएका छन । उनलाई उपचारका लागि जिल्ला अस्पताल बाजुरामा लगिएको र जिल्ला अस्पतालमा उपचार सम्भव नभएको जिल्ला अस्पताल बाजुराले जनाएको छ । उनको उपचारका लागि जिल्ला अस्पताल बाजुराले […]
१७ माघ, काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले अमेरिकी सहयोग परियोजना, मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा अनुमोदनका लागि पेश भए विपक्षमा मत दिने बताएका छन् ।सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा रावलले प्रतिनिधिसभामा पेश भएपछि मात्र एमसीसीबारे आफूले थाहा पाएको दाबी गरे । ‘हामी संविधान निर्माण र शान्ति प्रक्रियाको काम टुंगो लगाउन व्यस्त थियौं, बाबुराम […]