होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सहायक वन अधिकृत भन्छन्, ‘मारिएन छु भने रङ पोतेर फरक पर्दैन’
समाचार

सहायक वन अधिकृत भन्छन्, ‘मारिएन छु भने रङ पोतेर फरक पर्दैन’

  • नागरिक रैबार
सहायक वन अधिकृत भन्छन्, ‘मारिएन छु भने रङ पोतेर फरक पर्दैन’

धनगढी : कैलालीका सहायक वन अधिकृत विश्वराज पण्डितले समाज रुपान्तरणको लागि खुल्ला बहस गर्न चुनौती दिएका छन्। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मोसो दलेपछि पचमुडिया सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत पण्डितले खुल्ला बहस गर्न चुनौती दिएका हुन्।

’नेकपा (विप्लव) समूह कथित केही थान व्यक्तिहरूले दिएको यो उपहार जिल्ला कैलाली डिभिजन वन कार्यालय पहलमानपुरअन्तर्गत पचमुडिया सव डिभिजन वन कार्यालयमा कार्यरत रहदाको अविस्मरणीय रहने छ,’ मोसो दलेको फोटो राख्दै सामाजिक संजालमा पण्डितले लेखेका छन्, ‘देश र जनताविरुद्ध गरेका मेरा कुनै पनि कार्य छन् भने, राज्यका ३ तहका अदालत, संवैधानिक निकायहरू र जन अदालतको कठघरामा उभिन तयार छु।’

उनले समयले सबैको हिसाब किताब गर्ने बताएका छन्। ‘चरित्रमा दाग नलागुन्जेल सम्म अन्य अनेकौं रङ्गहरु पोतेर केही फरक पर्नेवाला छैन, मारिएन छु भने। समाज रुपान्तरणको लागि औकात छ भने खुल्ला बहस गर्न चुनौती दिन्छु,’ उनले अगाडि लेखेका छन्।

विज्ञापन

केही समय अगाडि उक्त सव डिभिजनअन्तर्गत पर्ने कैलालीका सामुदायिक वनमा विप्लवका कार्यकर्ताले चन्दा असुली गरेका थिए। सामुदायिक वनमा आफूले तोकेको रकम चन्दास्वरुप नदिएमा भौतिक कारबाही गर्ने धम्की दिन थालेपछि सामुदायिक वनले समूहमा निर्णय गरेर नेपाल कम्युनिष्ट पार्टीलाई चन्दा दिएका थिए।

एउटै वनबाट तीन लाखसम्म असुल गरिएको थियो। यस्तै सुदूरपश्चिम प्रदेश अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका सभापति तथा प्रदेशसभा सदस्य हर्क कुँवरसहितको टोलीले सामुदायिक वनमा अनुगमन गर्दा सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीहरुले विप्लवको चन्दाबाट आफूहरु आजित बनेको बताएका थिए।

चन्दाबारे उक्त समिति र सञ्चारमाध्यमलाई जानकारी दिएको भन्दै पण्डितलाई मोसो दलिएको बताइएको छ। नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिव दीपेन्द्र चलाउनेले सहायक वन अधिकृत पण्डितका विषयमा उपभोक्ताबाट विभिन्न गुनासो आएकाले मोसो दलिएको बताए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार