होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणको तर्फबाट बहस जारी रहेको छ । खाणको पक्षका वकिलले मंगलबारदेखि बहस सुरु गरेकामा आज दोस्रो दिन पनि जारी रहेको हो । पहिलो दिन खाणको तर्फबाट १० जना वकिलले बहस गरेकामा आज दोस्रो दिन वरिष्ठ अधिवक्त रमण श्रेष्ठसहित खम्म खाती, गोपीकृष्ण घिमिरे र सुरेन्द्र महतोले बहस गर्दैछन् […]
काठमाडौँ । महानगरभित्रका स्वास्थ्य संस्थाहरूले प्रचलित कानुन अनुसार असहाय विपन्नसहित लक्षित वर्गहरूलाई कुल शय्याको १० प्रतिशत निःशुल्क उपचार गर्नुपर्ने काठमाडौँ महानगरपालिकाले स्पष्ट गरेको छ । महानगरपालिकाका मेयर बालेन शाहले प्रचलित स्वास्थ्य सम्बन्धी कानुन–मापदण्डको पालना नगरेको पाइएमा संघ तथा प्रदेश मातहतका अस्पतालहरूमा हस्तक्षेपकारी कानुनी कारबाही गरिने चेतावनी दिएका छन् । ‘काठमाडौँ महानगरपालिका भित्र रहेका सबै प्रकृति […]
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै माओवादी केन्द्रलाई पुनर्निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । पार्टी कार्यालयमा आयोजित डि आर शर्मा पौडेलको चौथो स्मृति सभामा बोल्दै उनले माओवादीलाई जनताको पार्टी र शक्तिशाली पार्टी बनाइने बताए । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले अब बस्ने केन्द्रीय समिति बैठकले पार्टी पुनर्निर्माणको निर्णय गर्ने बताए । […]
नागरिक रैबार/बाजुरा ३१ जेठ।बाजुराको सदरमुकाम मार्तडीमा रहेको समता स्कुलका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । बेलायतमा बस्दै आएकी सामाजिक अभियान्ता इशा गुरुङले समता स्कुलका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेकी हुन् । दुर्गममा रहेको विद्यालयमा विद्यार्थीहरुको पठन पाठनमा सहयोग पुगोस भन्ने उद्देश्यले समता स्कुलका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको अभियन्ता गुरुङ बताएकी छन् । विदेशमा […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षी दलहरूले संसद्मा गाई जात्रा देखाएको आरोप लगाएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा आयोजित डि. आर. शर्मा पौडेलको चौथो स्मृति सभामा बोल्दै प्रचण्डले प्रतिनिधि सभामा विपक्षी दलका सांसद्हरुले मर्यादा भुलेर प्रस्तुत हुने गरेको दुखेसो पोखे । सदन एकले अर्कालाई अपमानित गर्ने थलोको रूपमा परिणत हुँदै गएकोमा प्रधानमन्त्री प्रचण्डले आपत्ति […]
हामीले ४ वर्षअघि आजैको दिन २०७६ जेठ ३१ गते नागरिक रैबार डटकम (nagarikraibar.com) न्युज पोर्टल पाठकहरु माँझ ल्याएका थियौँ । लाटा घटाल मल्टिमिडिया प्रालिद्वारा बाजुराको सदरमुकाम मार्तडीबाट संचालित नागरिक रैबार डटकम पाठक, दर्शक र श्रोतामाझ ४ वर्ष अगाडि संचालनमा आएको थियो । यहाँहरूको निरन्तर साथ र सहयोगमा आजबाट हाम्रो यात्रा चौथोे वर्ष पुरा गरेर आजबाट […]
नागरिक रैबार/बाजुरा ३१ जेठ। बाजुरामा चट्याङ लागेर एक युवकको मृत्यु गएको छ । मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका १ का ३१ वर्षका यमराज विष्ट रहेका छन् । मंगलवार साझ आएको अविरल वर्षा संगै चट्याङ पर्दा बिष्टको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार मृतक बिष्ट गाउँमै रहेकाे देउडा पाटन भन्ने ठाउँमा भैंसी […]
३० जेठ, जनकपुरधाम । प्रमुख प्रतिपक्षी नेकपा एमालेले मधेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने भएको छ ।जेठ १ गते एमालेले नै समर्थन फिर्ता लिएपछि आज ३० औं दिनमा मुख्यमन्त्री सरोजकुमार यादवले आकस्मिक रुपमा हतारमा विश्वासको मत लिन लागेका छन् । तर एमालेले पुन: उनलाई विश्वासको मत दिने एमाले संसदीय दलका उप नेता दिपेन्द्र ठाकुरले […]
काठमाडौँ । सर्वोच्च अदालतले तत्कालीन नेकपा माओवादीका अध्यक्ष प्रचण्ड तथा नेता बाबुराम भट्टराई लगायतको नाममा कारण देखाऊ आदेश जारी गरेको छ । युद्धकालीन समयमा बाल सैनिकको प्रयोग गरेको सम्बन्धमा दायर रिटमा सर्वोच्चले कारण देखाऊ आदेश जारी गरेको हो । जनयुद्धको समयमा बाल सैनिक प्रयोग गरिएकाले उच्च नेतृत्वलाई कारबाही हुनुपर्ने मागसहित पूर्व बाल सैनिक लेनिन विष्टले […]
३० जेठ, काठमाडौं । नागरिकता माग गर्दै एक युवकले आत्मदाहको प्रयास गरेका छन् । सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आएको छ । त्यस क्रममा एक युवकले आफैंलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । रिजालले ती युवकको नाम […]
चीन । चीनले नेपालमा चीन विरोधी गतिविधि नहोस् भनेर अनुरोध गरेको छ ।चिनियाँ जन राजनीतिक परामर्श दातृ सम्मेलन (चाइनिज पिपुल्स पोलिटिकल कन्सुल्टेटिभ कन्फरेन्स) का अध्यक्ष वाङ हु निङ र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाबीच मंगलबार बेइजिङगमा भएको भेटमा चिनियाँ पक्षले यस्तो अनुरोध गरेको हो । अध्यक्ष तिमिल्सिनाको नेतृत्वमा आएको नेपाली टोलीलाई अध्यक्ष वाङले भने, ‘नेपालमा चीन […]
नागरिक रैबार/बाजुरा २० जेठ। भारतको मुम्वईको टाटा क्यान्सर अस्पतालमा उपचारारत रहेकी बाजुराकी जानकी देवि विकको उपचारका लागि बुढीगंगा नगरपालिकाले नगद ५० हजार आर्थिक रकम सहयोग गरेको छ । बुढीगगा नगरपालिका-१० का भरत विककी ३५ वर्षिया श्रीमति जानकीको आन्द्रामा क्यान्सर भएपछि विगत ८ महिनादेखि मुम्बईमा रहेको टाटा क्यान्सर अस्पतालमा उपचार भईरहेको छ । क्यान्सर पिडित जानकीको […]
विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई नेतृत्व हस्तान्तरण गर्न आग्रह गरेका छन् ।विराटनगर विमानस्थलमा मंगलबार संचारकर्मीसँग कुरा गर्दै थापाले सभापति देउवाले नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका हुन् । थापाले अहिलेकै गठबन्धनबाट कांग्रेस नेतृत्वमा सरकारसमेत बन्ने पक्का भएकाले सभापति देउवाले प्रधानमन्त्रीमा समेत दाबी गर्न नहुने बताए । प्रधानमन्त्रीमा पार्टी सभापति देउवा बाहेक […]
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको जारी बहसका क्रममा अधिवक्ता पंकज कुमार कर्णले बालकृष्ण खाणको बचाउ गरेका छन् । उनले यससम्बन्धी जोहरीमा कतैपनि बालकृष्ण खाणको नाम उल्लेख नभएको बताए । मंगलबार काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश प्रेम प्रसाद न्यौपानको इजलासमा बहसका क्रममा कर्णले सहअभियुक्तहरुले दिएको बयानका आधारमा खाणलाई ठगी, कीर्ते लगायतका पाँच मुद्दा चलाउन नमिल्ने जिकिर […]
नागरिक रैबार/बाजुरा २७ जेठ। बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ६ कोर्धमा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सोमबार बडीमालिका नगरपालिका महिला तथा बालवालिका शाखाको आयोजना र युनिसेफको सहयोगमा ६ नम्वर वडा कार्यालयका कर्मचारी तथा जनप्रतिनिधि र समुदाय स्तरका नागरिकहरुसंग अभिमुखीकरण कार्यक्रम गरी सम्पन्न भएको हो । […]
३० जेठ, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । मंगलबार प्रदेशसभा बैठकले २४ जेठमा प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने नीति तथा कार्यक्रमको विपक्षमा मत दिएको छ । प्रदेशसभाको […]
३० जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएका छन् । मुटुमा समस्या भएपछि पौडेल शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका हुन् ।अस्पताल स्रोतका अनुसार मंगलबार बिहान भर्ना गरी उनको थप उपचार भइरहेको छ । तर, राष्ट्रपति पौडेललाई भएको समस्याको बारेमा अस्पताल प्रशासनले स्पष्ट जवाफ दिएन । अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले यस विषयमा […]
काठमाडौँ । बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बसेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकमा बजेटमा गठबन्धनमै रहेका दलहरूको असन्तुष्टिबारे छलफल भएको बुझिएको छ । बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा. प्रकाशशरण महत, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका […]
काठमाडौँ । जनयुद्धको समयमा बाल सैनिक प्रयोग गरिएको कारण तत्कालीन नेकपा माओवादीको नेतृत्वलाई कारबाहीको माग गर्दै दायर रिट न्यायाधीश सपना प्रधान मल्लको इजलासमा परेको छ । पूर्व बाल सैनिक लेनिन विष्टले दायर गरेको रिट मंगलबारको इजलासमा राखिएको थियो । तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल सहितका नेतृत्वमाथि बाल सैनिकको प्रयोगसम्बन्धी रिट दर्ता गर्न सर्वोच्च अदालतले […]
नागरिक रैबार/बाजुरा ३० जेठ।बाजुराको बडीमालिका नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत २ सय ८२ जनाले रोजगार पाएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत बडीमालिका नगरपालिका भित्रका ९ वटै वडामा २ सय ८२ जनाले रोजगार प्रदान गरेको बडीमालिकाका रोजगार संयोजक प्रमिला थापाले बताएकी छन् । नगरपालिका भित्रका बेरोजगारलाई लक्षित गरी रोजगारी सिर्जना गर्ने गरी आएको बजेटबाट नगरपालिकाको […]