होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
राष्ट्रिय दलित आयोगका केन्द्रीय सदस्य तथा प्रवक्ता सुन्दर पुर्कुटीले दलित समुदायको समस्या समाधान गर्न राष्ट्रिय दलित आयोग गठन भएको बताएका छन् । समाजमा दलितप्रति हुने विभेद र असाहयहरूप्रति सजक रहँदै यस्ता समस्या समधान गर्न आयोग गठन भएको उनको भनाइ छ । आयोग गठन भएको एक बर्ष पूरा भै रहँदा दलितहरूको थुप्रै समस्या समाधान एजेन्डाको रुपमा […]
काठमाडौं । बाजुरा जिल्लाका परिचित फुटबल खेलाडी दिनेश रेग्मी बी डिभिजन लिग खेल्ने बाजुराको पहिलो खेलाडी बनेका छन्। विगत लामो समयदेखि बाजुरामा जिल्ला र क्षेत्रस्तरीय फुटबल खेल्दै आएका दिनेशले काठमाडौंका विभिन्न क्लबमा आबद्ध भएर फुटबल खेलेका थिए। उनी हाल यो वर्ष हुने म्यारिट मेमोरियल बी डिभिजन लिग खेल्नका लागि टुसाल क्लब बौद्धसँग आबद्ध भएका छन् […]
पर्वत । पर्वतको कुश्मा नगरपालिका–४ डम्डारेखोलामा श्रीमानले हँसिया प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । बागलुङ नगरपालिका–६ घर भई हाल कुश्माबजारस्थित डम्डारेखोला बस्दै आएका ४३ वर्षीय राजु परियारले हसिया प्रहार गर्दा अन्दाजी ४१ वर्षीया श्रीमती सीताको मृत्यु भएको प्रहरीले बताएको छ । शुक्रबार बिहान १० बजे परियारले श्रीमती सीतामाथि हसिया प्रहार गरेको र उनको मृत्यु […]
रुकुम पश्चिम — आठबीसकोट नगरपालिका–९ राडीकी निर्मला बादीलाई दैनिक गुजारा कसरी गर्ने भन्ने पिरलो छ । जग्गाजमिन नभएको उनको परिवार ७६ वर्गमिटरमा बनेको सानो घरमा बसिरहेको छ । आयस्रोत केही नहुँदा दैनिक चुलो बाल्न मुस्किल हुने उनलाई अर्को पिरलो पनि छ– खानेपानीको । ‘खानेपानी लिन जाँदा कसको गाली खाइने हो वा पानी नै पाइने हैनकी भन्ने चिन्ता सधैं […]
काठमाडौं । प्रेम भावनाहरुको संगालो हो, चामत्कारिक भाव हो । मानव इतिहासमा धेरै बहस भएको विषय हो प्रेम । तर अहिलेसम्म कसैले पनि यही नै हो भनेर पुष्टि गर्न सकेको छैन । अनुभूतिको सुन्दर कल्पना प्रेम हो । जुन आफैंमा रोमाञ्चक र तरंगित हुन्छ । जीवनमा एकपटक सबैलाई प्रेम हुन्छ, अर्थात् प्रेममा पर्छन् हरकोही । […]
काठमाडौं। पाँच दलीय सत्ता गठबन्धनका शीर्ष तीन नेताबीच छलफल भइरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरु छलफलमा बसेका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ। नेताहरुबीच एमसीसी, स्थानीय चुनावलगायतका समसामयीक विषयमा छलफल भइरहेको बुझिएको छ। अमेरिकाले फेब्रुअरी अन्तिमभित्र जसरी पनि एमसीसी […]
नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा सुदूरपश्चिमको बडिमालिका क्षेत्रको प्रवद्र्धनका लागि हेलि टुर आयोजना गरिने भएको छ । फागुन १ गतेबाट १० दिनका लागि पहिलो चरणमा विभिन्न प्याकेजसहित टुरको आयोजना गरिने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिमले जानकारी दिएको छ । बोर्डसँगै सुदूरपश्चिम प्रदेश सरकार र खप्तड राष्ट्रिय निकुञ्ज प्रवद्र्धक तथा नेपाल एशोसिएसन अफ […]
म्याग्दी । पन्ध्र वर्षको उमेरमा म्याग्दीको धवलागिरि गाउँपालिका-७ ताकमका जलन विकसँग बिवाह गरेकी ३१ वर्षिया सुस्मिता बिकले पाँच सन्तान जन्माइन् । उनी १६ वर्षमै आमा बनिन् । सुस्मिताका कान्छो छोरा अहिले तीन वर्षको भए । ‘सानै उमेरमा विवाह गर्दा र छिटो छिटो बच्चा जन्माएका कारण पाठेघर खस्ने समस्याबाट पीडित हुनुपरेको छ’ दृष्टिविहीन सुस्मिताले भनिन् ‘अहिले […]
डोटी: डोटीमा ट्याङकर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बुडरबाट जोरायलतर्फ जाँदै गरेको से१क २१५ नम्बरको पानी बोक्ने ट्याङकर दुर्घटना जोरायल गाउँपालिका–२ बुडरका ४२ वर्षीय तारा ऐरको मृत्यु भएको हो। ट्याङकर सडकबाट करिब २० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चालक नबिन ऐर फरार रहेको र उनको खोजी भइरहेको छ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा पेश गर्नबाट सभामुख अग्निप्रसाद सापकोटाले रोक्न नपाउने बताएका छन् । एमालेले आयोजना गरेको स्थानीय तह निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ओलीले सभामुखले एमसीसी सम्झौता संसदमा पेश गर्न दिन्न भन्नु सभामुखको अधिकार भन्दा बाहिरको कुरा भएको बताएका हुन् […]
वीरगञ्ज । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले यथास्थितिमा एमसीसीलाई समर्थन गर्न नसकिने बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गराउन दौडधुपमा लागेको बेला सत्ता गठबन्धनका नेता नेपालले एमसीसीलाई आँखा चिम्लेर समर्थन गर्न नसकिने अभिव्यक्ति दिएका हुन् । वीरगञ्जमा समाजवादी प्रेस संगठन पर्साले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले एमसीसीबारे […]
नागरिक रैबार/बाजुरा २८ माघ । बाजुराको बडीमालिका र बुढीनन्दा नगरपालिकाको विचमा पर्ने पोरखे लेख क्षेत्रमा परेको हिउँ हप्ता वित्न लाग्दा समेत नपग्लिएपछि दैनिक आवतजावतमा समस्या भएको छ । पोरखे लेख क्षेत्रको सडक तथा पैदल बाटोमा परेको बाक्लो हिमपात नपग्लिएकै कारण बाजुराको सदरमुकाम मार्तडी देखि पूर्वी उत्तरी क्षेत्रमा संचालन हुने यातायातका साधान र पैदलयात्रा गर्ने स्थानीयहरुलाई […]
काठमाडौं । राष्ट्रिय दलित आयोगले ‘एक विद्यालय, एक दलित शिक्षक कार्यान्वयन गर्न सरकारलाई निर्देशनात्मक सिफारिस गरेको छ । आयोगले सरकारले ल्याउने नीति तथा कार्यक्रममा त्यस्तो व्यवस्था गर्नेगरी कार्यान्वयन गर्न सरकारलाई निर्देशनात्मक सिफारिस गरेको बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । आयोगले दलित समुदायलाई पेशा व्यवसाय संचालनका लागि सहुलियत ऋण, परम्परागत पेशाको संरक्षण एवं शैक्षिक विकासका […]
दार्चुलाः प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले निर्माण गरिरहेको तिंकर सडकको निरीक्षण गरेका छन्। सुदूरपश्चिमको भ्रमणमा आएका प्रधानसेनापति शर्माले आज सो सडकको हेलिकप्टरमार्फत निरीक्षण गरेका हुन्। उनले तिंकर सडकअन्तर्गत यही माघ १७ गते सरकारले व्यास गाउँपालिकाको तुसरपानीदेखि कोठेधारसम्म चार किलोमिटर तथा कोठेधारदेखि तिंकरसम्मको ८७ किलोमिटर सडकखण्डको हवाई निरीक्षण गर्नुभएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। सरकारले […]
कञ्चनपुर: कञ्चनपुरको एक पसलबाट चोरी गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। यहि माघ २१ गते राति भीमदत्त नगरपालिका–१८ स्थित पदम रैकालको पसलबाट सामान चोरी गर्ने २ जना पक्राउ परेका हुन्। पसलबाट गुट्का चाउचाउ, बिस्कुट लगायतका समान चोरी गरेको आरोपमा सोही वडाका विशाल चौधरी र शाहिल धामीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको […]
काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा अगामी जेठमा गर्ने भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले कक्षा १२ को परीक्षा जेठमा गर्ने तयारी भइरहेको बताए। ‘केहीदनमा परीक्षा तालिका सार्वजनिक गर्छौ। त्यसको लागि तयारी भइरहेको छ’ उनले भने। बोर्डले एसईई आगामी वैशाख ९ देखि २० गतेसम्म सञ्चालन गर्नेगरी परीक्षा तालिका सार्वजनिक गरिसकेको […]
धनगढीः नेपाल एयरलाइन्सका पाइलट तथा उपनिर्देशक विजय लामाको राजीनामा माग गरिएको छ। वायुसेवा क्याबिन क्रु संघले नै लामाको राजीनामा मागेको हो। लामाको काम गर्ने शैली विधिसम्मत नभएको तथा नीति नियमभन्दा बाहिर गएर निर्णयहरू भएको भन्दै संघले अपरेसन विभागलाई पत्राचार गरेको बताइन्छ। लामाले व्यक्तिवादी चरित्र हावी गराएकाले कार्य वातावरण असहज भएको उनीहरुको आरोप छ। लामाको राजीनामा […]
२७ माघ, काठमाडौं । साताको अन्तिम दिन बिहीबार पनि सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । केही दिन यता लगातार जसो घटिरहेको बजार बिहीबार ११ दशमलव ९६ अंकले घटेर २ हजार ८ सय १ दशमलव ५६ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ७० अंकले घटेको […]
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेश सरकारलाई जिम्मा दिन कानुनी समस्या रहेको बताएका छन् । बिहीबार शिक्षा पत्रकार नेपाल (इजोन) ले गरेको कार्यक्रममा उनले एसईई सञ्चालन गर्ने जिम्मा प्रदेशलाई दिन कानुन निर्माणको तयारी भइरहेको पनि बताए । ‘सबै कुराहरु प्रदेश सरकारलाई दिन कानूनतः अफ्ठ्यारो छ’ उनले भने, ‘हामीले कसरी कक्षा […]
२८ माघ, काठमाडौं । सरकारले अर्धवाषिर्क समीक्षामार्फत चालु आर्थिक वर्ष २०७८/७९को बजेटको आकार घटाएको छ । अब बजेटको आकार १५ खर्ब ४६ अर्ब २८ करोड हुनेछ । सरकारले सुरुको विनियोजनबाट ८६ अर्ब ५५ करोड खर्च नहुने अनुमान गरेरेर बजेट संशोधन गरेको हो । अब चालुतर्फ १० खर्ब ३५ अर्ब ४६ करोडढ खर्च गर्ने सरकारी लक्ष्य […]