होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्न समर्थन नगर्ने बताएका छन् । सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार आइतबार संसदमा एमसीसी टेबल भएको छ । संसद बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘पास गर्ने कुरामा हाम्रो समर्थन छैन ।’
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विरोधमा चर्किएको सडक आन्दोलनमा प्रहरीले गोली चलाएको छ । बानेश्वर क्षेत्रमा भइरहेको प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले रबरको गोली चलाएको हो । अहिले पनि विजुलीबारदेखि बानेश्वरसम्मको क्षेत्र तनावग्रस्त छ । एमसीसी सम्झौता संसदमा टेबल गर्ने दलहरुको निर्णयको विरोधमा प्रदर्शनकारीले नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन केन्द्रित गरेका थिए । प्रदर्शनकारीले निषेधित […]
सरकारले प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गरेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले आन्तरिक छलफलमा जुटेको छ । एमालेको संसद अवरोधकै बीच आइतबार सरकारले विवादित एमसीसी संसद बैठकमा पेश गरेको हो । आइतबारको संसद बैठक लगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका शीर्ष नेतासँग आन्तरिक छलफलमा जुटेका हुन् । ‘अहिले हामी अध्यक्षज्युसँग छलफलमा छौ’, एमाले प्रमुख सचेतक […]
काठमाडौं । कार्यव्यवस्था परामर्श समितिको बैठकले संसदमा एमसीसी टेबल गर्न निर्णय गरेको छ । यो निर्णयमा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङसहित ३ जना सांसदले लिखित असहमति जनाएका छन् । प्रमुख सचेतक देव गुरुङ, रेखा शर्मा र जयपुरी घर्तीले सभामुख अग्नि सापकोटालाई संयुक्त पत्र लेख्दै एमसीसी टेबुल गर्ने विषयमा असहमति रहेको जानकारी दिएका हुन् […]
प्रतिनिधि सभामा एमसीसी पेस गर्ने कार्यसूची तय भएको छ । सूचीको तेस्रो नम्बरमा रहेको नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी बिच भएको अनुदान सहायता सम्झौता अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । बैठकमा मन्त्री शर्मा अनुपस्थित हुने भएपछि सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रस्तुत गर्दैछन् । यसबाहेक लोक सेवा विधेयक […]
अमेरिकी सहयोग परियोजना (एमसिसी) संसद बैठकको कार्यसूचीमा परेको छ।आइतबारको बैठक सुरू हुनुअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आजको बैठकमा एमसिसी टेबल गर्ने कार्यसूची बनाएको हो। संघीय संसद सचिवालया प्रवक्ता रोजनाथ पाण्डेका अनुसार आजको बैठकमा एमसिसी सम्झौता अनुमोदन गर्ने प्रस्ताव टेबल हुनेछ। प्रस्तावमाथि छलफल गर्ने विषयमा भने आज कार्य व्यवस्था परामर्शमा कुरा भएन।अर्को बैठक फागुन १२ […]
प्रधानमन्त्री शेरबहादुर देउवा नयाँ बानेश्वरस्थित संसद भवन पुगेका हुन् । संसद बैठक १ बजेका लागि बोलाइएको छ भने त्यसअघि नै देउवा संसद भवन पुगेका हुन् । सरकारले आजै एमसीसी टेबल गर्ने तयारी गरेको छ भने त्यसका लागि एजेण्डा तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ । यसअघि बसेको सत्ता गठबन्धनको बैठकमा एमसीसी संसदमा टेबल […]
तत्कालिन केपी ओली नेतृत्वको सरकारले २०७५ साल माघ २५ गते बसेको मन्त्रिपरिषद बैठकले एमसीसी संसदमा दर्ता गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई आजको संसद् बैठकमा पेश गर्न सत्ता गठबन्धनमा सहमति जुटेको हो । जुन मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको अलवा उपप्रधानमन्त्री समेत रहेका रक्षा मन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरुले एमसीसीको विरोधमा आज पनि संसद भवन अगाडि प्रदर्शन गरेको छ । एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूको नेतृत्वमा ‘एमसीसी स्वाहा’ कार्यक्रम गरिएको हो । कार्यक्रममा अनेरास्ववियू अध्यक्ष सुदेश पराजुली लगायत सहभागी छन् । एमसीसीको विरोध जनाउन पूजा मण्डप जस्तो बनाएर उनीहरुले मन्त्रोच्चारण गर्दै ‘एमसीसी स्वाहा’ भन्दै होम गरेका छन् ।
काठमाडौं । अभिनेता पल शाहले पछिल्लो दुई वर्षमा हजारभन्दा बढी म्युजिक भिडियोमा काम गरे । म्युजिक भिडियोमा काम गरेका पल सामाजिक सेवामा पनि सक्रिय देखिन्छन् । कोरोना महामारी प्रभावितका लागि खाद्यान्न, लद्याकपडा वितरणदेखि ग्यास सिलिन्डर वितरण गर्दा उनको निकै प्रशंसा भयो । म्युजिक भिडियोमा एकछत्र राज गरेका पल बेलाबेलामा गसिपमा पनि मुछिन्छन् । विशेषगरी विभिन्न […]
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसदमा पेस गर्न सत्ता गठबन्धनका नेताहरू सहमत भएका छन् ।आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा पेश गर्ने सहमति भएको हो । बैठकमा सहभागी जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले एमसीसी आज संसदमा टेबल हुन दिने निर्णय भएको बताए । ‘आज टेबल हुन्छ । जे […]
काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा अवरोध कायमै राख्ने भएको छ ।आफूहरुले उठाएको मागमा सत्ता गठबन्धन र सभामुखले सुनुवाइ नगरेका कारण संसदका कुनै पनि प्रक्रियामा भाग नलिने र नारावाजी गर्ने पुरानो निर्णय यथावत रहेको प्रमुख सचेतक विशाल भट्टराईले बताए । ‘हामीलाई संसदीय कामकारबाहीमा भाग लिने वातावरण सभामुख र सत्तारुढ गठबन्धनले नबनाएका कारणले गर्दा हामी आन्दोलन […]
काठमाडौं । पत्रकार यादव पौडेल हत्याका मुख्य आरोपी युवराज गिरीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट माफी पाएका छन् । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति भण्डारीले कर्तव्य ज्यान सम्बन्धी कसूरमा कैद भुक्तान गरिरहेका गिरीलाई शनिबार माफी दिएकी हुन् । मन्त्रिपरिषद् बैठकको सिफारिसमा भण्डारीले गिरीसहित ५०१ जनाको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरिदिएकी हुन् । गिरीसहित जिल्ला कारागार, झापामा […]
मान रेको चर्चित तस्बिर ‘ले भियोलो डी’आइंग्र’ ले कुनै लिलामीमा सबैभन्दा बढी मूल्यमा बिक्री हुने तस्बिर बनेर नयाँ इतिहास बनाउने देखिएको छ । सन् १९२४ मा अमेरिकी कलाकारले एक महिलाको नग्न शरीरलाई भायोलिनको आकार दिएका थिए । मान रेको यो तस्बिरलाई उनको सबैभन्दा चर्चित कला मानिन्छ । आगामी मेमा गरिने लिलामीमा यसले ५० लाख देखि […]
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सत्ता गठबन्धन दलको बैठकबाट बाहिरिएका छन्। बैठक सुरु भएको केहीबेरमै दुवै जना बैठक स्थलबाट बाहिरिएका हुन्। दुवै पार्टीका अध्यक्ष बैठकबाट किन बाहिरिए भन्ने सार्वजनिक भइसकेको छैन। आज बस्ने संसद् बैठकअघि नै सहमति गर्ने भनिएको थियो।
सत्ता गठबन्धनमा एमसीसी टेबल गर्न सहमति भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसीबारे सहमति भएको हो । ‘गठबन्धनमा सहमति भएको छ, अव एमसीसी टेबल हुन्छ’, बैठकपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताए ।
तपाईसँग भएको रकम (नोट) तपाईकै सम्पत्ति हो । आफूसँग भएकाे नोटको सुरक्षा गर्ने जिम्वारी समेत आफ्नै हुन्छ । यदि तपाईले मेरै सम्पत्ति त हो नि भनेर नोटको जतन गर्नु भएन भने तपाईलाई आर्थिक नोक्सानी त हुन्छ नै कानूनी सजायको समेत भागेदार बन्नुपर्ने हुनसक्छ । नोटमा केरमेट वा जथाभावी प्रयोग नगर्न राष्ट्र बैंकले समय-समयमा अनुरोध गर्दै […]
काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको हो । एमसीसी संसदमा पेश गर्ने कि नगर्ने भन्ने विषयमा सत्ता साझेदार दलहरु बिभाजित हुँदा कूटनीतिक क्षेत्रमा असर परेको बेला एमसीसीमा उपयुक्त विकल्प खोज्न यो बैठकबाट प्रयास गरिने नेताहरुले बताएका छन् […]
धनगढी: कैलालीको अत्तरियामा सार्वजनिक बिदाको दिन चलाइएको मोटरसाइकल ट्राफिक प्रहरीको फन्दामा परेको छ। शनिबार चालकले मादक पदार्थ सेवन गरेर से१ब ८३८ नम्बरको सरकारी मोटरसाइकल चलाइरहेको पाएपछि ट्राफिक प्रहरीको नजर गएको हो। उक्त मोटरसाइकल डोटी दीपायल सिलगढी नगरपालिकाको रहेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ। नगरपालिकामा कार्यरत लेखापाल भक्तराज भट्टले मापसे गरेर मोटसाइकल चलाएको पाएपछि १ […]
नागरिक रैबार/बाजुरा ८ फागुन। बाजुरा जिल्लाको पुर्वीउतरी भेगमा रहेको हिमाली गाउँपालिकामा शनिबारदेखि थ्रिजि इन्टरनेट सहितको टेलिफोन सेवा सूचारु भएको छ । गाउँपालिकाको आर्थिक सहयोग र नेपाल टेलिकमको प्राविधिक सहयोगमा गाउँपालिकामा पहिलोपटक थ्रिजि नेटवर्क सहितको टेलिफोन सेवा सूचारु भएको प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताएका छन् । उनले भने गाउँपालिकाको अथक प्रयासपछि हिमाली गाउँपालिका केन्द्र […]