होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • संसदमा एमालेको अवरोध यथावत्
समाचार

संसदमा एमालेको अवरोध यथावत्

  • नागरिक रैबार
संसदमा एमालेको अवरोध यथावत्

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा अवरोध कायमै राख्ने भएको छ ।आफूहरुले उठाएको मागमा सत्ता गठबन्धन र सभामुखले सुनुवाइ नगरेका कारण संसदका कुनै पनि प्रक्रियामा भाग नलिने र नारावाजी गर्ने पुरानो निर्णय यथावत रहेको प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

‘हामीलाई संसदीय कामकारबाहीमा भाग लिने वातावरण सभामुख र सत्तारुढ गठबन्धनले नबनाएका कारणले गर्दा हामी आन्दोलन गर्न विवश छौं,’ भट्टराईले भने, ‘संसदमा के आउँछ विषयवस्तुका आधारमा होइन हामीमाथि गरेको व्यवहारका र विभेदका कारणले जे आए पनि संसदीय कामकारबाहीमा भाग लिन नसक्ने व्यहोरा जानकारी गराउँछौ ।’

भट्टराईका अनुसार कार्यव्यवस्था समितिको बैठकमा पनि एमाले सहभागी हुने छैन ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार