होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । शुक्रबारदेखि नयाँ मौसमी प्रणाली भित्रिने र त्यसको प्रभावले देशका धेरै स्थानहरुमा पानी पार्ने मौसमविदले बताएका छन् । त्यसको असर कति दिनसम्म रहन्छ भनेर एकिनका साथ भन्न मौसमविदले भन्न सकेका छैनन् । तर शनिबारसम्म प्रभाव रहनेमा भने मौसमविद निश्चिन्त छन् । मौसमविद हिरा भट्टराईका अनुसार नेपालमा अहिले पश्चिमी वायुको सामान्य प्रभाव छ । त्यसको […]
काठमाडौं । लोक गायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । उनी अभिनित टेलिसिरियल हल्का रमाइलोका निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले लामाको निधन भएको जानकारी दिए । सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनयसमेत गरेका छन् । उनले चलचित्र मनको बाँध, छक्कापञ्जा लगायत चलचित्रहरुमा पनि अभिनय गरेका थिए […]
काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा बालगायक-गायिकाहरुले पनि राम्रै चर्चा पाउने गरेका छन् । यसअघि प्रेम परियार, कमला घिमिरे, अशोक दर्जी लगायतले सानो उमेरमै सांगीतिक क्षेत्रमा राम्रो चर्चा पाइसकेका छन् । यतिबेला पनि केही बालगायक–गायिकाहरुले सांगीतिक क्षेत्रमा राम्रो चर्चा कमाइरहेका छन् । त्यसमध्ये कोही रियालिटी शोबाट चर्चामा आएका छन् भने कोही लाइभ दोहोरीका कारण पनि चर्चामा […]
राजेन्द्र बिक बाजुरा। निर्माण कार्य सुरु भएको २२ वर्षपछि बाजुराको सदरमुकाम मार्तडी-कोल्टी सडक खण्डमा कालोपत्रेको काम सुरु भएको छ। सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजनाका रूपमा रहेको यो सडक खण्डको ४१ किलोमिटर कालोपत्रे प्रक्रिया अगाडि बढेको हो। २०५६ सालमा निर्माण कार्य सुरु भएको मार्तडी-कोल्टी सडक २२ वर्ष पछि कालोपत्रेको काम सुरु भएपछि स्थानीय खुसी भएका छन्। […]
बैतडी: बैतडीमा मंगलवार भूकम्पको धक्का महसुस गरिएको छ। मंगलवार दिउँसो ३ः५२ मा ४.१ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो। बैतडीको कठ्पतेमा भूकम्पकको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। हालसम्म क्षतिबारे कुनै विवरण आएको छैन।
काठमाडौं । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ८ अर्ब १४ करोड रुपैयाँ बजेट मागेको छ । ३० वैशाख २०७९ मा हुने निर्वाचनका लागि आयोगले बजेट निकासाका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको हो । आयोगका अनुसार २०७४ सालको स्थानीय तहको निर्वाचनमा वस्तुगत सहायतासमेत गरी ८ अर्ब १४ करोड खर्च भएको थियो । यस पटक माग […]
नागरिक रैबार/बाजुरा १० फागुन। नेपाल फोटो पत्रकार महासंघ बाजुराको अध्यक्षमा प्रेम रौले रहने गरी ९ सदस्यीय समिति गठन गरिएकाे छ । मंगलबार बडीमालिका नगरपालिकाको तालिमहलमा भएको नेपाल फोटो पत्रकारको पहिलो जिल्ला सम्मेलन सम्पन्न भएकाे हाे । जसमा अध्यक्ष प्रेम रौले, उपाध्यक्ष सोधा बिक, सचिव लक्ष्मीराज पाध्याय, कोषध्यक्ष प्रमित बिक, सह–सचिव जय रावत सदस्यहरु प्रकाश बिक, […]
धनगढी : कैलालीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका-८ गप्काका ३९ वर्षीय गोपी ओखेडा ३ ग्राम ३६० मिलिग्राम लागूऔषध खैरो हिरोइनसहित पक्राउ परेका प्रहरीले बताएको छ। ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले उनको घर र पसलमा खान तलासी गर्दा लागूऔषध फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरीका अनुसार उनको […]
काठमाडौं । लागूपदार्थसम्बन्धी मुद्दामा कास्की प्रहरीको हिरासतमा रहेका र्यापर आशिष राना ‘लाउरे’ रिहा भएका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले मंगलबार रिहा गरेको हो । लागूपदार्थ प्रयोग तथा कारोबार गरेको अभियोगमा प्रहरीले गत पुस १४ गते लाउरेसहित चार जनालाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरेको थियो । उनीहरूलाई प्रहरीले अनुसन्धानका लागि म्याद थप गर्दै हिरासतमा राखेको […]
नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमासँगै बस्न नसकिने बताएका छन्। आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा सहभागी भइ सरकारकै प्रस्तावका विपक्षमा मतदान गर्नु अनैतिक र अव्यवहारिक हुने बताएका हुन् । उनले भने,“सरकारमा बसेर सरकारको प्रस्तावको विरुद्धमा मतदान गरिसकेपछि हामी यो विषयका सन्दर्भमा फरक ठाउँमा मतदान गर्छौ । तरसँगै […]
कञ्चनपुर: कञ्चनपुरमा सर्वाधिक धनराशीको कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। स्टार प्रोडक्सनको आयोजना तथा महेन्द्रनगर जेसीजको सहकार्यमा फारवेस्टर्न कर्पोरेट क्रिकेट कप २०२२ प्रतियोगिता हुन लागेको हो। उक्त प्रतियोगिता फागुन १४ देखि चैत ५ गतेसम्म चल्ने प्रतियोगिता संयोजक भोजराज जोशी बताए। प्रतियोगिताको विजयी टिमलाई नगद एक लाख ५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने […]
१० फागुन, भक्तपुर । भक्तपुरको सानोठिमी क्षेत्रबाट चिनियाँ नागरिकसहित ८१ जना पक्राउ परेका छन् । भक्तपुर प्रहरी परिसरको टोलीले मंगलबार छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई प्रहरी वृत्त भक्तपुरमा राखिएको छ । यसअघि पनि मध्यबानेश्वर क्षेत्रबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ परेका थिए ।
सत्यराज सिंह, बझाङ : बझाङको छबिसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरी हत्या गर्ने तिन जनालाई जन्मकैदको सजाय सुनाइएको छ। फागुन ८ गते आइतबार जिल्ला अदालत बझाङमा जिल्ला न्यायधीश विष्णुप्रसाद अवस्थीको इजलासले छबिसपाथिभेरा–२ का ३२ वर्षीय ज्ञानबहादुर कठायत, २८ वर्षीय प्रकाश ऐडी र ३० वर्षीय केदारमान ऐडीलाई जन्मकैदको सजाय सुनाएको श्रेस्तेदार नरेन्द्र […]
काठमाडौँ : ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित काठमाडौँको सामाखुसीबाट दुई जनालाई पक्राउ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोसाकमा खटिएको टोलीले चोरीको मोटरसाइकलसहित महोत्तरी बर्दिबासका २० वर्षीय सञ्जय विश्वकर्मा र सङ्खुवासभा खाँदबारीका रमेश राईलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। महाशाखाका प्रमुखप्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले वास्तविक नम्बर प्लेट बा ८५ प ९०३४ लाई परिवर्तन […]
काठमाडौँ : ललितपुर वुमन्स च्याम्पियनशिपमा सुदूरपश्चिम प्रदेशले ललितपुर मेयर्स–११ लाई पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा ललितपुर मेयर्स–११ लाई ५८ रनले पराजित गर्दै सुदूरपश्चिमले विजयी सुरुवात गरेको हो। १४४ रनको लक्ष्य पछ्याएको मेयर्स–११ ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८५ रन मात्र जोड्न सक्यो। मेयर्स–११ […]
चितवन : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले ल्याएको प्रस्तावका विपक्षमा मतदान गर्नेसँग सरकारमासँगै बस्न नसकिने बताएका छन्। आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उनले सरकारमा सहभागी भइ सरकारकै प्रस्तावका विपक्षमा मतदान गर्नु अनैतिक र अव्यवहारिक हुने बताएका हुन्। उनले भने, “सरकारमा बसेर सरकारको प्रस्तावको विरुद्धमा मतदान गरिसकेपछि हामी यो विषयका सन्दर्भमा फरक ठाउँमा मतदान गर्छौँ। […]
काठमाडौँ : चन्द्रागिरि नगरपालिकास्थित बलम्बुमा १४ वर्षीय बालकको शव फेला परेको छ। चन्द्रागिरि–१२ खुसीखोलामा डुबिरहेका अवस्थामा आज बालकको शव फेला परेको हो। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले सुनसरी धरान उपमहानगरपालिका–७ घर भई हाल चन्द्रागिरि–१० सानो मन्दिर बस्दै आएका एक बालकको शव फेला परेको जानकारी दिए। बालकको नाम भने गोप्य राखिएको छ। […]
कञ्चनपुर : कञ्चनपुरमा कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। स्टार प्रोडक्सनको आयोजना तथा महेन्द्रनगर जेसिजको सहकार्यमा फागुन १४ देखि चैत ५ गतेसम्म फारवेस्र्टन कर्पोरेट क्रिकेट कप २०२२ प्रतियोगिता आयोजना हुन लागेको हो। सुदूरपश्चिमका कर्पोरेट कार्यालयलाई लक्षित गरेर प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक भोजराज जोशीले जानकारी दिए। कोरोनाले गर्दा खेल अवरुद्ध भएको समयमा पुनः […]
१० फागुन, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो सात महिनामा मानव स्वास्थ्यमा प्रयोग हुने खोपको आयात उच्चदरमा बढेको छ । कोभिड–१९ महामारी रोकथामका लागि सरकारले ठूलो मात्रामा खोपको आयात गरेपछि सातमहिनामै उच्च आयात भएका १० वस्तुमध्ये ८ औं स्थानमा खोप परेको छ । यो वर्षको पहिलो सात महिनामा २६ अर्ब ८५ करोड ९ लाख ७६ […]
१० फागुन, जनकपुरधाम । मधेश प्रदेश सभाको मंगलबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको छ । प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवका अनुसार फागुन २२ गते बस्ने गरी बैठक स्थगित भएको हो । नेपाली कांग्रेसको धनुषा जिल्ला अधिवेशन १५ फागुनमा हुँदैछ । त्यस्तै प्रदेश सभा सचिवालय प्राङ्गणमा कालोपत्रे भइरहेका कारण गाडी आउन नसक्ने भएकाले बैठक […]