होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बझाङका अमृत हत्या प्रकरणमा संलग्न तीन जनालाई जन्मकैद
समाचार

बझाङका अमृत हत्या प्रकरणमा संलग्न तीन जनालाई जन्मकैद

  • नागरिक रैबार
बझाङका अमृत हत्या प्रकरणमा संलग्न तीन जनालाई जन्मकैद

सत्यराज सिंह, बझाङ : बझाङको छबिसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरी हत्या गर्ने तिन जनालाई जन्मकैदको सजाय सुनाइएको छ। फागुन ८ गते आइतबार जिल्ला अदालत बझाङमा जिल्ला न्यायधीश विष्णुप्रसाद अवस्थीको इजलासले छबिसपाथिभेरा–२ का ३२ वर्षीय ज्ञानबहादुर कठायत, २८ वर्षीय प्रकाश ऐडी र ३० वर्षीय केदारमान ऐडीलाई जन्मकैदको सजाय सुनाएको श्रेस्तेदार नरेन्द्र शर्माले जानकारी दिए।

तीनै जनालाई जन्मकैद र जनही २ लाख जरिवाना तोकिएको छ। उक्त घटनामा संलग्न भनिएका छबिसपाथिभेरा–२ का वडाध्यक्ष ३६ वर्षीय विकास ऐडी र सोही ठाउँका ३३ वर्षीय जयबहादुर रोकायाले सफाइ पाएर आइतबार कारागारबाट छुटेका हुन्। २०७७ माघ १३ गते छबिसपाथिभेरा–३ मै रहेको बन्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा भएको विवादपछि छबिसपाथिभेरा–३ को झरखेल्लामा खुँडा प्रहार गरी सिंहको हत्या गरिएको थियो।

उनको हत्या आरोपमा पाँच जनालाई २०७७ फागुन ११ गते मंगलबार पुर्पक्षका लागि जिल्ला कारागार चलान गरिएको थियो भने, घटनामा संलग्न मानिएका जयबहादुर रोकायालाई १ लाख धरौटीमा रिहा गर्ने आदेश भए पनि उक्त रकम तिर्न नसकेपछि रोकायालाई पनि कारागार चलान गरिएको थियो।

विज्ञापन

उक्त घटना बझाङ जिल्लाको ठुलो घटनाको रुपमा समेत रहेको थियो भने, सिंहको हत्या भएको १ वर्षपछि जिल्ला अदालत बझाङले फैसला सुनाएको हो। घटनामा संलग्न भनिएका उनीहरुलाई २०७७ माघ १४ गते थलारा गाउँपालिकाबाट प्रहरीले गिरफ्तार गरेको थियो। सिंहका आफन्त शेरबहादुर सिंहको जाहेरीमा पाँचै जनालाई २०७७ फागुन ९ गते कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार