होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सुर्खेतमा कालिकोटका व्यापारी कृष्ण हमाल (मिनी) को शङ्कास्पद मृत्यु भएको घटनामा सुब्बाकुनाका प्रहरी सहायक निरिक्षक (असई) शेरसिंह धामीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता भएको छ । मृतक हमालका आफन्त तिलागुफा नगरपालिका–३ का ५४ वर्षीया हिराचन्द्र हमालले आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दर्ता गराएका हुन् । प्रहरीको कुटाइबाट हमालको मृत्यु भएको भन्दै प्रहरी […]
नाबालिगमाथि जबरजस्ती करणी गरेको आरोप लागेका अभिनेता पल शाहको पक्षमा अभियान चलाउनेहरूलाई कारबाहीको दायरामा ल्याउन महिला सांसदहरूले गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्षण गराएका छन् । काँग्रेस सांसद डिना उपाध्याय महालक्ष्मी, रंगमति शाही, एमाले सांसद बिन्दा पाण्डे लगायत आइतबार मन्त्रालय नै पुगेर गृहमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । पीडितलाई थप पिडा दिने गरी पीडकको पक्षमा भ्रामक अभियान चलाउनेलाई […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सरकारले गत आर्थिक वर्षमा गरेका काम र उपलब्धीसम्बन्धी प्रतिवेदन बुझाएका छन् । आइतबार शीतलनिवास पुगेका उनले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनमा सरकारले हासिल गरेका प्रगतिसम्बन्धी प्रतिवेदन पनि बुझाएका छन् । यस्तै प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष देउवाले परिषद्को आर्थिक वर्ष २०७७/७८ को वार्षिक […]
काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले एमालेले गरेको निरन्तर संसद अवरोध नेपाली जनताको सार्वभौम अधिकारमाथिको खेलवाड भएको आरोप लगाएका छन्। आइतबारको प्रतिनिधि सभाको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘निरन्तर संसद अवरोध जनताको सार्वभौम अधिकारमाथिको खेलवाड हो। यो अत्यन्त गैर जिम्मेवारी काम हो। किनभने नेपाली जनताले आफ्नो निर्वाचित जनप्रनिधि मार्फत् राष्ट्रको स्वाधिनता, […]
धनगढी : कैलालीमा एक प्रहरी जवानले आफैँलाई ताकेको बन्दुक पड्केपछि घाइते भएका छन्। बन्दुक पड्केपछि जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर २ घर भएका एक प्रहरी घाइते भएका हुन्। इलाका प्रहरी कार्यालय टीकापुर मातहतको बैदीस्थित कालाकुण्डा प्रहरी चौकीमा कार्यरत झंकर बोहराले आफैँमाथि ताकेको बन्दुक पड्किएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले बताए। उनका अनुसार झंकर […]
दमौली: तनहुँको व्यास नगरपालिका–४ दमौलीस्थित मुख्य चोकमा लागेको आगो चार घण्टापछि नियन्त्रणमा आएको छ। भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगो चार घण्टाको प्रयासपछि नियन्त्रणमा आएको हो। आज बिहान १० बजेदेखि आगलागी सुरु भएकामा अपराह्न २ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। आगलागीको एकिन क्षति प्राप्त नभइसकेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए। “हामी क्षतिको विवरण […]
काठमाडौँः नाबालिगको बलात्कारको आरोपमा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका अभिनेता पल शाहको हिरासत अवधि १२ दिन बढेको छ। प्रहरीले अनुसन्धान नसकिएकाले म्याद थपका लागि जिल्ला अदालत तनहुँमा आइतबार पेस गरेको थियो।अनुसन्धानको प्रक्रिया अझैँ बाँकी रहेको भन्दै प्रहरीले १२ दिन म्याद पाउन आग्रह गरे अनुसार अदालतले थप १२ दिनको म्याद थपेको हो। न्यूनतम २५ दिनभित्र […]
धनगढीः सुदूरपश्चिम प्रदेशमा विद्युत मिटर पाउनै सकस भएको छ। गत कार्तिकदेखि विद्युत मिटर वितरण नै ठप्प रहेकोमा फागुन ८ गतेदेखि धनगढी वितरण केन्द्रले मिटर वितरण सुरु गरेको छ। तर मागको आधारमा सहज रुपमा अझै मिटर प्राधिकरणले दिन सकेको छैन। विद्युत मिटरको माग गर्ने ग्राहकको संख्या धेरै भएकाले समस्या भएको प्राधिकरणले बताएको छ। नेपाल विद्युत प्राधिकरण, […]
नागरिक रैबार/बाजुरा २२ फागुन। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववीयु) बाजुरा- कैलाली सम्पर्क मंचको अध्यक्षमा राजेन्द्र रावल सर्वसम्मत चयन भएका छन् । आज धनगढीमा भएको अनेरास्ववीयु बाजुरा-कैलाली सम्पर्क मंचको भेलाले रावल अध्यक्षमा रहने गरी २१ सदस्यीय सम्पर्क मंच चयन गरेको हो । जसमा उपाध्यक्ष अनिल नेपाली, सचिव नन्द बहादुर रावत, सहसचिव देवेन्द्र धामी, भोवेन्द्र […]
काठमाडौं । मेक्सिकोको घरेलु फुटबल लिग लिगा एमएक्स अन्तर्गत क्वेरेटारो र एटलासबीचको खेलका क्रममा समर्थकबीच रक्तपातपूर्ण झडप भएको छ । दोस्रो हाफमा एटलासले अग्रता लिइरहेको समयमा घरेलु टोली क्वेरेटारोका समर्थक मैदानमै प्रवेश गरेपछि दुई समर्थकबीच हानाहानको अवस्था बनेको हो । लिगा एमएक्सले यो खेल रद्ध गर्ने निर्णय गरेको छ । यो घटनाबारे धरै कोणबाट अपुष्ट […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनको पक्षमा अभिव्यक्ति दिएका छन् । आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको वितण्डा सामना गर्न पनि संसद भंग गर्नुपर्ने बताएका हुन् । ‘हाउस चल्न पनि नदिने, केही गतिविधि गर्न नदिने, भत्तासत्ता खाने, हामीलाई पनि हैरान […]
काठमाडौँः नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संसद् भंग गरेर निर्वाचनमा जानुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठक सुरु हुनुअघि संसद् भवनपरिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले संसद् भंग गरेर तीनै तहको निर्वाचन गर्नेमा जानुपर्ने बताएका हुन्। संसद्मा एमालेले अवरुद्ध गरेर हैरान पारेको भन्दै अध्यक्ष नेपालले भंग गरेर निर्वाचनमा जानु पर्ने धारणा राखेका हुन्। ‘संसद्मा केपी ओली […]
नागरिक रैबार/बाजुरा २२ फागुन। जिल्लाको बडीमालिका नगरपालिकाले नगर भित्र बसोबास गरी पत्रकारितामा क्रियाशिल रहेका पत्रकारहरुको सामुहिक दुर्घटना विमा गरिदिने भएको छ । पत्रकारहरुको पेशागत संमेदनशीलतालाई मध्येनजर गरी पत्रकारहरुको पेशागत सुरक्षाका लागि नगरपालिकाको नगर सभाबाट आर्थिक वर्ष २०७८/८९ मा स्वीकृत वार्षिक कार्यक्रम अनुसार नगरपालिकामा स्थायी ठेगाना भई प्रेस काउन्सीलबाट परिचय पत्र प्राप्त पत्रकारहरुको सामुहिक दुर्घटना विमा […]
काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेका छन् ।आइतबारको प्रतिनिधिसभामा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सांसद बानियाँ निलम्बनमा परेको जानकारी गराए । एक महिलाले बलात्कारको उजुरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको थियो । हाल हिरासतमा रहेका उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण दर घटे पनि जोखिम कायमै भएकाले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न आग्रह गरेको छ । कोरोना भाइरसका नयाँ भेरियन्टहरु जन्मिन सक्ने भएकाले संक्रमणको जोखिम नटरेको मन्त्रालयको भनाइ छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार सावधानी अपनाउन छाड्नाले नयाँ भेरियन्ट आउनासाथ एकैचोटी संक्रमित हुन […]
धनगढीः राष्ट्रिय बाघ गणनाअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुडा कम्पलेक्समा जडान गरिएका तीन जोडी क्यामेरा चोरी भएका छन्। शुक्लाफाँटासँगै लालझाडी संरक्षित क्षेत्र र जोगबुडा क्षेत्रमा क्यामेरा चोरी भएको निकुञ्ज प्रशासनले जनाएको छ। यस्तै दुइजोडी क्यामेरा फुटाइएको अवस्थामा भेटिएको बताइएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र एक क्यामरा बाघले लगेर तोडफोड गरेर पुनः […]
जबरजस्ती करणीको मुद्दा खेपिरहेका चलचित्र अभिनेता पल शाहलाई आइतबार म्याद थप गरिँदै छ । पल शाह (पूर्णविक्रम शाह) फागुन १५ मा जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका थिए । अदालतले दिएको सात दिनको म्याद शनिवार सकिएसँगै थप अनुसन्धानका लागी अदालतबाट थप म्याद लिइने तनहुँका एसपी राजेन्द्रबाबु रेग्मीले रातोपाटीलाई बताए । १७ वर्षीया बालिकाले म्युजिक भिडियो […]
काठमाडौं । अमेरिकी गायिका रिहाना अहिले गर्भवती छिन् । उनको बेबी-बम्प संसारभर चर्चाको विषय बनेको छ । उनको गर्भवती अवस्थाको पेटलाई लिएर हलिउडदेखि युरोपेली मिडियाले स्त्रीत्वको बहस पनि थालेका छन् । रिरी नामले समेत हलिउडमा चर्चित अर्बपति रिहाना यसैसाता पेरिस फेसन विकअन्तर्गत डायोर अटम विन्टर २०२२ मा फेसन स्टेटमेन्ट बनिन् । कालो पहिरनमा पेट देखिने […]
२२ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । आज बस्ने भनिएको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो । अबको बैठकमा पदाधिकारी चयनबारे छलफल हुने नेताहरुले बताएका छन् ।