होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कञ्चनपुरको शुक्लाफाँटाबाट क्यामेरा गायब, बाघ गणनाका लागि जोडिएका थिए
समाचार

कञ्चनपुरको शुक्लाफाँटाबाट क्यामेरा गायब, बाघ गणनाका लागि जोडिएका थिए

  • नागरिक रैबार
कञ्चनपुरको शुक्लाफाँटाबाट क्यामेरा गायब, बाघ गणनाका लागि जोडिएका थिए

धनगढीः राष्ट्रिय बाघ गणनाअन्तर्गत शुक्लाफाँटा–लालझाडी–जोगबुडा कम्पलेक्समा जडान गरिएका तीन जोडी क्यामेरा चोरी भएका छन्। शुक्लाफाँटासँगै लालझाडी संरक्षित क्षेत्र र जोगबुडा क्षेत्रमा क्यामेरा चोरी भएको निकुञ्ज प्रशासनले जनाएको छ। यस्तै दुइजोडी क्यामेरा फुटाइएको अवस्थामा भेटिएको बताइएको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र एक क्यामरा बाघले लगेर तोडफोड गरेर पुनः त्यही ठाउँमा राखेको पाइएको हो। एक क्यामरा हात्तीले तोडफोड गरेर फालेको अवस्थामा भेटिएको छ।

बाघ र हात्तीले क्यामरा फुटाएको उनले बताए। यस्तै निकुञ्जको शुक्लाफाँटा घाँसे मैदान क्षेत्रमै राखिएको क्यामरा बाघले लगेको जनाइएको छ। लालझाडी संरक्षित क्षेत्रअन्तर्गत डाँडाजाई क्षेत्रमा राखिएका दुई जोडी क्यामरा चोरी भएको उनको भनाइ छ। यस्तै, लालझाडी संरक्षित क्षेत्रअन्तर्गत नै कृष्णपुरको दोमिल्ला क्षेत्रमा पनि एक जोडी क्यामरा तोडफोड भएको छ। डडेल्धुरा जोगबुडाको चिरिकिट्टेमा पनि एक जोडी क्यामरा तोडफोड गरिएको छ

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै