होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
आइतबार गाउँपालिका–६ स्थित घरंगामा बन्दुक बोकेका उनका सहयोगीको तस्वीर सार्वजनिक भएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्वीरमा एक युवक बन्दुक बोकेर मोटरसाइकलमा बसेका छन् । अध्यक्षा बस्नेतले पनि बन्दुक आफ्नो भएको र बन्दुक बोक्ने युवक आफ्नो साथी भएको बताए । ‘बन्दुक मेरो हो तर बोक्ने मान्छे म होइन । मेरो साथी हो । म […]
फुङ्लिङ, २३ फागुन । जिल्ला अस्पतालबाट पाँच दिनपछि उद्धार गरी फलामे खोरमा राखिएको हिमाली कालो भालु । चितवनबाट आएको राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक टोलीले लठ्याउने ‘बेहोस बनाउने’ सुई लगाई नियन्त्रणमा लिएको थियो । सोमबार डिभिजन वन कार्यालयको समन्वयमा भालुलाई सुरक्षित वास स्थानमा फर्काएको छ ।
काठमाडौं, २३ फागुन । नायिका पूजा शर्माले आफ्नो प्रेमी सार्वजनिक गरेकी छिन्। उनले हालै सामाजिक सञ्जालमार्फत आफ्नो प्रेमी सार्वजनिक गरेकी हुन् । उनी लामो समयदेखि युद्ध बानियाँसँग प्रेममा थिईन् । तर, उनले आफ्नो प्रेमबारे भने सार्वजनिक रुपमा केही बोलेकी थिईनन् । ‘म यस्तो गीत गाउँछु–२’ चलचित्रको सफलता पाएकी पूजाले छिट्टै युद्धसँग विवाह गर्ने तयारी गरेकी […]
सिन्ह्वा, २३ फागुन । चीनभित्रै कोरोना भाइरसका संक्रमितहरु थप संख्यामा भेटिन थालेको बताइएको छ । स्वास्थ्य अधिकारीहरुले जानकारी गराएअनुसार चीनभित्रै पनि संक्रमणका थप व्यक्ति भेटिएका हुन् । उनीहरुकाअनुसार आइतबार मात्र चीनमा कोरोना भाइरसका २१४ जना नयाँ संक्रमित देखिएका हुन् । तीमध्ये अधिकांश स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए । चीनको नेशनल हेल्थ कमिसनले सोमबार […]
काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १४ वर्षयताकै उच्च बिन्दुमा पुगेको छ । सोमबार ब्रेन्ट क्रुडको प्रतिब्यारेल मूल्य १३० डलर पुगेको आर्थिक डिजिटल पत्रिका ब्लुमबर्गले जनाएको छ । जुन सन् २००८ पछिकै उच्च बिन्दु हो । रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि कच्चा तेलको मूल्य निरन्तर बढिरहेको छ । विश्वको तेस्रो ठूलो पेट्रोलियम उत्पादक कम्पनी […]
२३ फागुन, काठमाडौं । नेपाली कांग्रेसले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एससीसी) सम्झौता बुझाउन नागरिकलाई घर-घरमा पुस्तिका पुर्याउने भएको छ । संसदबाट व्याख्यात्मक घोषणासहित अनुमोदन भएको एमसीसी विकास परियोजना रहेको बुझाउन पुस्तिका तयार गरिएको छ । पुस्तिकासहित भिडिओ पनि बनाउने क्रममा रहेको कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जानकारी दिए । चुनावी प्रचार अभियानसँगै एमसीसीको भ्रम हटाउने उनले बताए। […]
सोलुखुम्बु । तेन्जिङ हिलारी विमानस्थल लुक्ला नजिकैको नक्चुङ सामुदायिक वनमा गए रातिदेखि भिषण आगलागी भइरहेको छ । आगो लागेको क्षेत्र भिर भएकाले नियन्त्रण गर्न कठिन भएको स्थानीयवासीले जनाएका छन् । खुम्बुपासाङ ल्हामु गाउँपालिका कार्यवाहक अध्यक्ष टासी ल्हमु शेर्पाले अत्यधिक भिर भएकाले मानिस गएर आगो नियन्त्रण गर्न सक्ने अवस्था नभएपछि हेलिकप्टर झिकाइएको जानकारी दिनुभयो । आगो […]
बागलुङमा विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सुरु गरिएको छ । जिल्लामै पहिलो पटक जैविक विवरणसहितको राहदानी वितरण सुरु भएको हो । आइतबार एक युवालाई विद्युतीय राहदानी हस्तान्तरण गरेर जिल्ला प्रशासन कार्यालयले वितरणको शुभारम्भ गरेको हो । सरकारले ‘मेसिन रिडेवल पासपोर्ट’ (एमआरपी) विस्थापित गरी व्यक्तिको जैविक विवरणसहितको पासपोर्ट लागू गरेपछि पहिलो पटक विद्युतीय राहदानी वितरण सुरु गरिएको […]
२३ फागुन, काठमाडौं । नेपाल बार एशोसिएसनको अध्यक्षमा सत्तारुढ गठबन्धनबाट गोपालकृष्ण घिमिरे उम्मेदवार बन्ने भएका छन् । घिमिरे नेपाली कांग्रेसको निर्वाचन समिति संयोजक हुन् । अध्यक्षका लागि बारका पूर्वमहासचिव सुनिल पोखरेल पनि दाबेदार थिए । तर पार्टी सभापति शेरबहादुर देउवा निकट घिमिरेले टिकट पाएका छन् । यसैगरी महासचिवमा अंकिता खनाल उम्मेदवार बन्ने सहमति भएको छ […]
ललितपुरको नल्लुमा २ दिने शिशुसहित एकैपरिवारका ५ जनाको मृत्यु भएको छ । ४ जनाको घटनास्थल र एक जनाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको महानगरीय अपराध महाशाखाका एसएसपी बसन्त कुँवरले जानकारी दिए । कोञ्ज्योसोम गाउँपालिका वडा नम्बर ४ स्थित नल्लुमा सोमबार बिहान ४ जना घरमै मृत फेला परेका थिए । यस्तै दुई जनालाई उपचारका लागि […]
नेकपा माओवादी केन्द्रले आगामी बैशाख ३० मा हुने स्थानीय चुनावपछि मात्रै पदाधिकारी छान्ने भएको छ । पदाधिकारीबारे सहमति र त्यसको गृहकार्य बाँकी नै रहेकाले पदाधिकारी छनोट स्थानीय चुनावपछि मात्रै हुने नेता देव गुरुङले जानकारी दिए । नेता शक्ति बस्नेतका अनुसार आजको केन्द्रीय कमिटी बैठकले केन्द्रीय समितिलाई पूर्णता दिने र नेताहरुको कार्यविभाजन गरेर सक्ने तयारी रहेको […]
कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकामा ४० जना किशोरीलाई साइकल वितरण गरिएको छ। अन्तर्राष्ट्रिय महिला दिवसको पूर्व सन्ध्यामा नगरपालिकाले विभिन्न सङ्घसंस्थाहरूको सहकार्यमा नगर क्षेत्रभित्रका ८ वटा विद्यालयमा अध्ययनरत गरिब, विपन्न, दलित तथा जेहनदार ४० जना किशोरीहरूलाई साइकल वितरण गरेको नगर प्रमुख सुरेन्द्र बिष्टले बताए। नगरपालिकाले विद्यालयहरूसँग छात्राहरूले २० वर्षअघि विवाह तथा विद्यालय छोड्न नपाउने सम्झौता समेत […]
राष्ट्रपति कार्यालयबाट विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीलाई शीतलनिवासबाट एक्कासी फोन आयो र काठमाडौं बोलाइयो । अप्रत्याशित फोनले पराजुलीलाई झस्कायो । चुनावको मुखमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट के भन्नलाई बोलाइएको हो भन्ने विषयमा उनलाई खुल्दुली भइरह्यो । दुई हप्ता अगाडि निम्तो मान्न मेयर पराजुली राष्ट्रपति कार्यालयमा हाजिर भए । उनी शीतलनिवासमा पराजुली पुग्दा एमाले मोरङका अध्यक्ष ऋषिकेश […]
रौतहटमा डाक्टरहरुको लापरवाहीले सुत्केरी महिलाको पेटमा स्टिच निडिल सुई छुटेको घटना सार्वजनिक भएको छ । दुर्गा भगवती गाउँपालिका १ छतवनाका जितेन्द्र महतोकी १९ वर्षीय श्रीमती अम्बिका महतोको अप्रेसन गर्ने क्रममा डाक्टरहरुले पेटमा दुईवटा स्टिच निडिल सुई छुटाएका हुन् । प्रसूति पीडा भएपछि अम्बिकालाई उनको परिवारले रौतहटको गंगा पिपरामा रहेको सरकारी अस्पतालमा भर्ना गरेका थिए । […]
काठमाडौँ — आठौं राष्ट्रिय महाधिवेशन सकिएको दुई महिना बित्दा पनि माओवादी केन्द्रले केन्द्रीय नेतृत्वलाई पूर्णता दिन सकेको छैन । महाधिवेशनलगत्तै पुष्पकमल दाहाललाई अध्यक्ष चयन गरे पनि माओवादीले केन्द्रीय समितिलाई पूर्णता, पदाधिकारी चयन, स्थायी समिति र पोलिटब्युरो गठन गरेको छैन । सबैभन्दा जटिल बनेको पदाधिकारी चयनका लागि न प्रक्रिया (चुनाव) अगाडि बढेको छ न सहमति जुटेको छ । केन्द्रीय […]
चितवन । चितवनमा नवजात शिशुको हत्या आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार कालिका नगरपालिका-१० टुँडिखेलकी २१ वर्षीया मञ्जु चेपाङलाई बच्चा जन्माएर मारेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। गत फागुन १९ गते दिउँसो ४ बजे हत्या गरेर फालिएको अवस्थामा सो ठाउँमा नवजात शिशु फेला परेको थियो । मञ्जुलाई पक्राउ गरी […]
साँफेबगर नगरपालिकाकामा नगर उपप्रमुख कोसेली कार्यक्रम सञ्चालन भएको छ । उपमेयर विर्मलादेवि वुड्थापाले उक्त कार्यक्रमबाट घरघर पुगेर गर्भवतीलाई कोसेली दिएकी छन् । १४ वडाका ३ सय ३८ जना गर्भवतीलाई कोसेली दिइएको हो । उनका अनुसार हरेक गर्भवतीलाई १ क्रेट अण्डा, १ थान कम्बल, २ लिटर तेल, कोल्केट, व्रस, साबुन, मास्क र एक प्याकेट नुन दिइएको […]
सुर्खेत । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले सम्पत्ति विवरण आइतबार सार्वजनिक गरेका छन् । सार्वजनिक विवरण अनुसार अर्थमन्त्री विष्ट अन्य मन्त्रीहरूमध्ये गरीब देखिएका छन् । सुर्खेत बराहताल गाउँपालिका-१ घर भएका उनको विभिन्न समयमा एक लाख ५० हजारमा आफ्नै पारिश्रमिकबाट खरिद गरेको पाँच तोला सुन रहेको छ । मन्त्री विष्टले अहिलेसम्म मौज्दात […]
बुटवल । अर्घाखाँचीमा १५ वर्षीया छात्रालाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् । मालारानी गाउँपालिकाको एक माध्यमिक विद्यालयका २७ वर्षीय शिक्षकले सोही विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको हो । ती शिक्षकले छात्रालाई गत वैशाख १९ गते घर नजिकै जंगलमा र […]
मेक्सिकोको फुटबल खेल जारी रहेको अवस्थामा शनिबार हिंसा भड्कँदा कम्तीमा २२ जना घाइते भएका छन् । मैदानमा नै झडप हिंसा फैलिएपछि खेल रद्द गरिएको थियो । क्वेरेटारो शहरको ला कोरेगिदोरा स्टेडियममा क्वेरेटारो र एटलसबीचको खेल – ‘२०२२ क्लाउसुरा फुटबल प्रतियोगिता’को नवौं राउन्डमा ६३ औं मिनेट चल्दै थियो । यसैबीच विपक्षी र प्रशंसकहरुबीच झगडा शुरु भएको […]