होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हतियारसहित हिँड्छन् गाउँपालिका अध्यक्ष
समाचार

हतियारसहित हिँड्छन् गाउँपालिका अध्यक्ष

  • नागरिक रैबार
हतियारसहित हिँड्छन् गाउँपालिका अध्यक्ष

आइतबार गाउँपालिका–६ स्थित घरंगामा बन्दुक बोकेका उनका सहयोगीको तस्वीर सार्वजनिक भएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्वीरमा एक युवक बन्दुक बोकेर मोटरसाइकलमा बसेका छन् । अध्यक्षा बस्नेतले पनि बन्दुक आफ्नो भएको र बन्दुक बोक्ने युवक आफ्नो साथी भएको बताए ।

‘बन्दुक मेरो हो तर बोक्ने मान्छे म होइन । मेरो साथी हो । म बाइक चलाउनै जान्दिन’ उनले भने, ‘त्यो फोटो कसले पछाडिबाट खिचेछ । सार्वजनिक कार्यक्रमको फोटो होइन ।’

अध्यक्ष बस्नेतले आफ्नो गाडी अन्यत्र जाने भएपछि साथीलाई बन्दुक घर पु¥याइदिन आग्रह गरेको बताए । उनले आफूसँग बन्दुकको लाइसेन्स भएको पनि बताएका छन् ।

विज्ञापन

अध्यक्ष बस्नेत बन्दुक बोकेर गाउँ डुलेको जानकारी जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले पनि पाएका छन् । उनले आफूले अध्यक्ष बस्नेतसँग यस विषयमा कुराकानी भएको बताए ।

‘अध्यक्षज्यूसँग मेरो भर्खरै कुरा भयो, उहाँले बोकेको बन्दुक लाइसेन्स प्राप्त रहेछ’ प्रजिअ शाहीले भने, ‘लाइसेन्स भएका बन्दुक पनि कहाँ बोक्न पाइने कहाँ नपाइने सीमित क्षेत्रमा हुन्छ । सार्वजनिक रुपमा बोकेर हिँड्न मिल्दैन ।’

प्रमुख जिल्ला अधिकारी शाहीले हतियार बोकेर गाउँमा हिँडेको विषयमा थप बुझ्न प्रहरीलाई निर्देशन दिएको बताए । अध्यक्ष बस्नेतले सुरक्षा जोखिम भएर हतियार बोकेको बारे आफूलाई जानकारी नभएको प्रजिअ शाहीले बताए । अनलाइन खबरबाट साभार

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार