होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • लुक्ला विमानस्थल नजिकको सामुदायिक वनमा डढेलो
समाचार

लुक्ला विमानस्थल नजिकको सामुदायिक वनमा डढेलो

  • नागरिक रैबार
लुक्ला विमानस्थल नजिकको सामुदायिक वनमा डढेलो

सोलुखुम्बु । तेन्जिङ हिलारी विमानस्थल लुक्ला नजिकैको नक्चुङ सामुदायिक वनमा गए रातिदेखि भिषण आगलागी भइरहेको छ । आगो लागेको क्षेत्र भिर भएकाले नियन्त्रण गर्न कठिन भएको स्थानीयवासीले जनाएका छन् ।

खुम्बुपासाङ ल्हामु गाउँपालिका कार्यवाहक अध्यक्ष टासी ल्हमु शेर्पाले अत्यधिक भिर भएकाले मानिस गएर आगो नियन्त्रण गर्न सक्ने अवस्था नभएपछि हेलिकप्टर झिकाइएको जानकारी दिनुभयो । आगो नियन्त्रण गर्नको लागि अहिले काठमाडौंबाट हेलिकप्टर उडिसकेको बताइएको छ ।

आगोको धुवाँका कारण आज बिहान करिब एक घण्टा विमानस्थल नै बन्द भएको नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख द्वारिका अछामीले जानकारी दिए । अहिले विमानस्थल सञ्चालनमा आइसकेको जनाइएको छ ।

विज्ञापन

खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ मा पर्ने उक्त जङ्गलमा लागेको आगो फैलँदो अवस्थामा रहेको स्थानीयवासी रामे तामाङले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवं सूचना अधिकारी ओमप्रकाश यादवले भने आगलागीका विषयमा जानकारी नभएको बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै