होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाण्डाै – नेपाली सेनाले पाकिस्तानमा यही फागुन २३ देखि २५ गतेसम्म भएको ‘पाँचौँ अन्तर्राष्ट्रिय पाकिस्तान आर्मी टिम स्प्रिट प्रतियोगिता’ मा स्वर्ण पदक जित्न सफल भएको छ । जङ्गल र पहाडका विभिन्न बाधा र अवरोध पन्छाउँदै तीन दिन र दुई रातमा ९० देखि एक सय किमी दुरीको कठिन र चुनौतीपूर्ण प्रतियोगिता सबैभन्दा पहिले पूरा गरी नेपाली […]
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावमा गठबन्धन भन्दा पनि आफ्नै तागत बढाउन कार्यकर्तालाई निर्देशन दिएका छन् । आइतबार विराटनगरको होटल मनास्लुमा आयोजित प्रदेश १ स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले गठबन्धन भन्दा आफ्नै तागत बढाउन कार्यकर्तालाई निर्देशन दिएका हुन् । उनले आगामी स्थानीय तहको चुनाव पार्टीका लागि ठूलो ब्याटल भएको बताए […]
काठमाडौं । नेकपा एमालेले माधवकुमार नेपालसहितका १४ सांसदलाई गरेको कारबाहीसम्बन्धी मुद्दमा चैत २० गतेदेखि पूर्ण सुनुवाइ हुने भएको छ । आइतबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार चुडालको इजलासले लिखित जवाफ परिसकेको र मुद्दामा उठाइएका संवैधानिक र कानुनी प्रश्नको निरुपण छिटो छरितो रुपमा हुनु मनासिव देखिएको भन्दै चैत २० गते पेशी तोकी पूर्ण सुनुवाइ गर्ने आदेश […]
काठमाडौं । सुहाना थापा र अनमोल केसी आगामी वैशाख १ गते रिलिजको तयारीमा रहेको ‘ए मेरो हजुर ४’को प्रचारप्रसारमा व्यस्त छन् । सार्वजनिक भएका यो फिल्मको गीत र टिजरमा यी दुईलाई रुचाइएको पनि छ । केही दिनअघि उनीहरु मिडियासँग गफिंदै गरेको बेला भेटिए । त्यसबेला उनीहरु रिलेसनसिपलाई लिएर अन्तरंगी सुनिए । उनीहरुले आ-आफ्नो प्रेम सम्बन्धलाई […]
काठमाडौं । गायिका शान्तिश्री परियारले राष्ट्रिय लोकदोहोरी अवार्ड–२०७८ मा सर्वोत्कृष्ट गायिकाको अवार्ड जितेकी छन् । यही विधामा गायकतर्फको ट्रफी चाहिं कुशल बेल्बासेले उचाले । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल र उपत्यका समन्वय समितिले आयोजना गरेको अवार्डमा दीर्घसाधना सम्मान गायक बमबहादुर कार्कीलाई प्रदान गरियो । दशकको स्रष्टा सम्मान रामजी खाँणलाई प्रदान गरियो भने ‘कलकत्ते […]
प्रतिनिधिसभाको आइतबारको बैठकमा नेकपा एमालेका धेरैजसो सांसद नाराबजी गरिरहँदा एमाले सांसद भीम रावलले भने सभामुखसँग समय मागेर बोले । उनले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता प्रतिनिधि सभाबाट पारित भएपछिको कामहरुको सम्बन्धमा जनतालाई जानकारी दिनुपर्ने माग गरे । सांसद रावलले नेपालको स्वतन्त्र परराष्ट्र नीति परिवर्तन गर्नुपर्ने आवाजहरु उठिरहेको भन्दै त्यस प्रकारको आवाजलाई बन्द गर्न पनि माग […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहितका १४ सांसदविरुद्ध दायर गरेको रिटलाई पूर्ण सुनुवाइका लागि पठाउने आदेश भएको छ । आइतबार नियमित पेसीको रुपमा न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. कुमार चुडालको संयुक्त इजलासले उक्त रिटलाई पूर्ण सुनुवाइका लागि पठाउने आदेश दिएका हुन् । एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नीति र निर्देशनविपरीत कामकारवाही गरेको […]
डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मोरङको बेलबारी-८ की ती बालिकालाई घरमा कोही नभएको बेलामा चोरेर एकान्तमा लगी बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले सुन्दरहरैचा नगरपालिका- ७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरीलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव […]
काठमाडौं । बाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौं उपत्यकालाई स्वायत्त मेट्रोसिटीका रुपमा विकास गर्नुपर्ने बताएका छन् । नेपाल नगरपालिका संघको वार्षिक उत्सव समारोहमा पौडेलले उपत्यकालाई तीन वटै शहरलाई कुनै पनि प्रदेशको मातहतमा नरहने गरी स्वायत्त मेट्रोसिटी बनाउनुपर्ने बताए । मुख्यमन्त्री बन्दा आफूले यसको आवश्यकता झन् धेरै देखेको भन्दै उनले भने, ‘प्रदेशले बनाएको कानुनले यो सहरलाई […]
बाजुराः बाजुराको बडिमालिकास्थित बुढीगंगा नदीमा पुल निर्माणको काममा ढिलाइ भएको छ। ठेकेदारको लापरवाहीका कारण पुल निर्माणमा ढिलाइ भएको बताइएको छ। ५० मिटर लामो पुल निर्माणका लागि २०७३ असार ३० मा ठेक्का भएको थियो। ठेक्का पाएको काष्ठमाण्डौं मसिना जेभीको लापरवाहीका कारण अहिलेसम्म पुल निर्माण कार्य पूरा हुन नसकेको स्थानीयले बताएका छन्। चार करोड ४७ लाख लागतमा […]
काठमाडौं, २९ फागुन । प्रतिनिधिससभाको बैठक अब २ चैतमा बस्ने भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्काे बैठक २ चैत दिउँसो १ बस्ने जानकारी दिएका हुन् । आइतबारको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव र सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन २०७८ पेस गरिएको छ । बैठकमा सांसदद्वय […]
काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति बैठक सुरु भएको छ । काठमाडौंमा आजबाट सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा आसन्न स्थानीय निर्वाचनमा पार्टीको सहभागिता कसरी हुन्छ भन्ने बारेमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले बताए । उनले बैठकमा स्थानीय निर्वाचन निर्देशिका प्रस्तुत गरिने र त्यसलाई छलफल गरेर पारित गर्ने बताए । […]
नबिल बैंकले काठमाडौं उपत्यकामा आज (आइतवार) एकसाथ ४ नयाँ शाखा उद्घाटन गरेको छ । जरंखु, शंखमुल, ठैब र गोंगबु जालपामा गरी ४ नयाँ शाखा उद्घाटन गरिएको सो बैंकले जानकारी दिएको हो । नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेल र तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर बोहराले संयुक्त रूपमा जरंखु शाखा, बैंक संचालक मलय मुखर्जी र काठमाडौं महानगरपालिका-१० शंखमूलका […]
सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन २०७८ प्रतिनिधिसभामा पेस गरिएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले सार्वजनिक लेखा समितिको एक्काइसौं वार्षिक प्रतिवेदन २०७८ पेस गरेका हुन् । एमाले सांसदहरूकाे नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले संसदकाे कार्यसूची अघि बढाएका छन् ।
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिको संयोजक गोपालकृष्ण घिमिरेले राजीनामा दिएका छन् । उनले आइतबार कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजीनामा दिएका निर्वाचन समितिका सचिव केशव रिजालले जानकारी दिए । वरिष्ठ अधिवक्ता घिमिरे कानुन व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशनको अध्यक्षमा उम्मेदवार बनेपछि कांग्रेसको निर्वाचन समितिबाट राजीनामा दिएका हुन् । घिमिरे नेतृत्वकै निर्वाचन समितिले कांग्रेसको […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विभिन्न पार्टीका एक दर्जन नेता कार्यकर्तालाई पार्टीमा भित्र्याएका छन् । आइतबार विहान अध्यक्ष प्रचण्डले नेकपा एमाले सिन्धुपाल्चोकका जिल्ला कमिटी सदस्य पूर्णबहादुर तामाङसहित १ दर्जनभन्दा बढी नेता कार्यकर्ता पार्टी प्रवेश गराएका हुन् । एमाले, नेपाली काँग्रेस र राप्रपा परित्याग गरी माओवादीमा प्रवेश गरेका थिए । उनीहरुलाई अध्यक्ष प्रचण्डले प्रचण्डले […]
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ ।बैठक प्रारम्भ भएलगत्तै प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले अवरोध गरेका छन् । पार्टीले उठाएको माग सम्बोधन नभएको भन्दै एमाले सांसदले विगत ६ महिनादेखि संसद् बैठक अवरुद्ध गर्दै आएका छन् । एमालेको अवरोधकै बीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकका काम–कारबाही अघि बढाएका छन् ।आजको बैठकका लागि दुईवटा कार्यसूची […]
मुम्बई । बलिउड अभिनेत्री आलिया भट्ट पछिल्लो समय फिल्म ‘गंगुबाई कठियावाडी’का कारण चर्चामा छिन् । यसबाहेक उनी प्रेमी रणवीर कपुरसँगको बिहेलाई लिएर पनि समाचारको हेडलाइनमा बन्ने गर्छिन् । यतिबेला भने आलिया र रणवीर बिहेलाई लिएर नयाँ खबर छ । भारतीय सञ्चारमाध्यमले यो जोडीको बिहेको नयाँ खबरबारे उल्लेख गरेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार यो जोडीले […]
काठमाडौं । वाणिज्य बैंकहरुले चैतका लागि निक्षेपमा नयाँ ब्याजदर ११.०३ प्रतिशत नै दिने निर्णय गरेका छन् । बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले निक्षेपमा फागुनकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरिएको जानकारी दिए । बैंकहरुले हरेक महिना निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । पछिल्लो केही महिना यता लगानी योग्य रकमको अभाव हुँदा बैंकहरुले निक्षेपको […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीबारे पार्टीमा चुनावपछि थप छलफल हुने बताएका छन् । उनले व्याख्यात्मक घोषणासहितको एमसीसी उचित सम्मानसहित कार्यान्वयनमा नगए पार्टी आन्दोलनमा जाने चेतावनीसमेत दिए । एमसीसीबारे पार्टीभित्र विवाद भएको स्वीकार गर्दै यो विषयलाई हाल एक अपीलमार्फत एउटै भाषा बनाउने र चुनावपछि छलफल हुने धारणा राखे । पार्टीको प्रदेशस्तरीय १ स्तरीय भेला तथा […]