होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
जुम्ला- जुम्लाका युवा र विद्यार्थी बजार सरसफाइमा जुटेका छन् । दिनप्रतिदिन बजारमा फाेहोर थुप्रिँदै गएपछि विद्यार्थी र युवा सरसफाइमा जुटेका हुन् । मुख्य बजारमा भएको फोहोर व्यवस्थापन गर्न एसिया इन्टरनेसनल बाेडिङ स्कुलका विद्यार्थी र स्थानीय चन्दननाथ युवा क्लबका युवा जुटेका हुन् । सरसफाइ अभियानलाई प्रभावकारी बनाउन चन्दननाथ नगरपालिकाले साथ दिएको छ भने, प्राविधिक सहयोग खानेपानी […]
काठमाडौं । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाका गभर्नरले पनि राजीनामा दिएका छन् । पदबाट राजीनामा दिएको जानकारी उनले ट्वीटरमार्फत् दिएका छन् । मन्त्रीहरुको सामूहिक राजीनामाको सन्दर्भमा आफूले पनि राष्ट्रपति समक्ष राजीनामा बुझाएको केन्द्रीय बैंकका गभर्नर अजिथ निभार्ड कबरालले जनाएका छन् । यसअघि श्रीलंकाका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका थिए । चरम आर्थिक संकटका कारण श्रीलंकाका नागरिकहरुको आक्रोश […]
अछाम । अछाममा क्रियाशिल ३ राजनीतिक दलले आसन्न स्थानीय तह चुनावमा गठबन्धन गर्ने निर्णय गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले अछामका १० वटै स्थानीय तहका सबै ९१ वटै वडामा गठबन्धन गर्ने निर्णय गरेको हो । कांग्रेस जिल्ला सभापति पुष्पबहादुर शाह, माओवादी केन्द्रका जिल्ला संयोजक रबिन्द्र साउँद र एकीकृत समाजवादीका […]
काठमाडौं । पछिल्लो समय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेता र सेलिब्रिटी भेटघाट हुने ‘जक्सन’ बन्न थालेको छ । यस्तो आकस्मिक भेटघाटलाई सेलिब्रिटीले मन माझ्ने थलो पनि बनाउन थालेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, अभिनेत्री एवं नेतृ करिश्मा मानन्धर र अभिनेता राजेश हमालबीच गत साता भएको एयरपोर्ट भेट चर्चित रह्यो । यो भेटमा ओलीले […]
कञ्चनपुर: कञ्चनपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। सोमबार जिल्लाको भीमदत्त नगरपालिका–५ शान्ति निकेतन चोकमा बसको ठक्करले दिँदा मन्जु बुडालको ज्यान गएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ना४ख ४४६६ नम्बरको बसले बाटो पार गर्न लागेकी बुडाललाई ठक्कर दिएको थियो। ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ। दुर्घटनापछि फरार रहेका चालकको खोजी […]
निर्देशक एसएस राजमौलीको फिल्म ‘आरआरआर’ अहिले धेरै चर्चामा छ । फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ भने विश्वभर नै यसले राम्रो कमाइ गरिरहेको छ । फिल्ममा जुनियर एनटीआर, रामचरण, आलिया भट्ट, अजय देवगन, ओलिविया माँरिस प्रमुख भूमिकामा देखिएका छन् भने अन्य कलाकारमा समुरथिरकानी, रेस्टिवेन्सन र एलिसन डोटीले पनि फिल्ममा अभिनय गरेका छन् । यी सबै […]
काँकडभिट्टा — १७ वर्षीया किशोरी ९ कक्षामा पढ्दै थिइन् । कोरोना महामारीले करिब वर्ष दिन पढाइ डामाडोल भयो । महामारीको दोस्रो लहर सुरु हुन लाग्दा परीक्षा नै नदिई उनी कक्षा १० पुगिन् । त्यसपछि पनि स्कुल लाग्ने या नलाग्ने अन्योल थियो । उनी भने मेची तरेर भारत लागिन् । ‘घरको अवस्था कमजोर थियो, कमाउन भनेर घरबाट हिँडें,’ उनले सुनाइन् । ती […]
काठमाडौँ — १५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई आगामी शुक्रबारदेखि टाइफाइडविरुद्घको खोप दिइने भएको छ । २४ दिनसम्म चल्ने यस अभियानपछि नियमित खोप कार्यक्रममा पनि टाइफाइडविरुद्धको खोप दिने सरकारको तयारी छ । स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले देशव्यापी खोप अभियानमार्फत टाइफाइड संक्रमण र यसबाट हुने जटिलतालाई न्यूनीकरण गर्न देशव्यापी खोप अभियान […]
नागरिक रैबार/बाजुरा २१ चैत्र। १३ वर्षिया बालिकालाई जवर्जस्ती करणी गर्न खोज्ले एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुढीनन्दा–६ लाटुपस्तिका वर्ष २३ का बसन्त पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । आमा म्यादी प्रहरी हुन सदरमुकाम मार्तडी आएको बेला मौका छोपी बालिकालाई जवर्जस्ती करणी गर्न खोजेको भनि चैत्र १८ गते जिल्ला प्रहरी […]
कञ्चनपुर : कञ्चनपुरमा घरदैलोमै गएर कोरोना भाइरसविरुद्धको खोप दिइँदै छ। कोरोनाविरुद्धको खोप सेवालाई प्रभावकारी बनाउन र लक्षित उमेर समूहका हरेक नागरिकलाई खोप उपलब्ध गराउन घरदैलोमै कोरोनाविरुद्धको खोप दिन लागिएको हो। हाल भीमदत्त नगरपालिका, निड्स नेपाल, लुथरन वर्ल्ड रिलिफ (एलडब्लुआर), बागेश्वरी असल शासन क्लब (बास) र युनिसेफको सहयोगमा भीमदत्त-९ मा कोरोनाविरुद्धको खोप अभियान जारी रहेको छ। […]
रत्ननगर : चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिका–९ बाँदरझुलाका ३९ वर्षीय सुरेश विक रहेका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। भरतपुर महानगरपालिका–२३ स्थित सो निकुञ्जको दोभान मध्यवर्ती सामुदायिक वनमा आइतबार साँझ विकलाई बाघले आक्रमण गरेको थियो। आफन्तको घरमा बस्दै आएका उनलाई घाँस […]
२१ चैत, काठमाडौं । त्रिकोणात्मक टी-२० श्रृंखलाको उपाधिका लागि नेपालले आज पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध खेल्दैछ । खेल कीर्तिपुरस्थित टीयू मैदानमा दिउँसो १२:३० बजे सुरु हुनेछ । नेपाल, पीएनजी र मलेसिया सम्मिलित श्रृंखलामा नेपाल अपराजित रहँदै फाइनल पुग्दा पीएनजी दोस्रो भएर फाइनल पुगेको हो । नेपालले डबल राउण्ड रोविन लिगमा खेलेको चारवटै खेल जितेर उच्च […]
काठमाडौंः मुद्दाका पक्षहरूले अब तारेख लिन अदालत धाइरहन नपर्ने भएको छ। विशेष अदालतको चैत १३ गतेको पूर्ण बैठकले वैशाख १ गतेदेखि लागु हुने गरी त्यस्तो निर्णय गरेको हो। विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार आफूलाई पायक पर्ने उच्च उच्च अदालत र जिल्ला अदालतबाट अनलाइन तारेख लिन सकिने छ।यसैबीच सर्वोच्च अदालतले आइतबार देशभरका उच्च अदालत र […]
२० चैत, वाराणसी । भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक नगरी वाराणसीस्थित ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको भूमिपूजनसहित शिलान्यास गरेका छन् । नेपाल सरकारले वृद्धाश्रमका निम्ति रु एक करोड विनियोजन गरेको छ । यद्यपि, भवन निर्माणको ठेक्का लगाउन भने बाँकी छ । नेपालबाट तीर्थयात्रामा यहाँ आउनेहरुका लागि उक्त वृद्धाश्रम निर्माण […]
कञ्चनपुरः नेकपा (एमाले) बाट निर्वाचित भएका बेदकोट नगरपालिकाका नगर प्रमुख अशोककुमार चन्द नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन्। आइतबार बेदकोटको दैजीमा आयोजित आमसभामा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नगर प्रमुख चन्दसहित वडाध्यक्ष र कार्यपालिका सदस्य लगायतका जनप्रनिधिहरु पार्टी प्रवेश गराएका हुन्। ‘पार्टीमा अपमानित र अपहेलित भएपछि त्यहाँ बस्नु उचित हुँदैन,’ नगर प्रमुख चन्दले भने, […]
काठमाडौँ — पछिल्लो समय दक्षिण भारतीय फिल्म नेपाली फिल्मका लागि मात्रै नभएर बलिउडकै लागि फलामको चिउरा साबित भइरहेको छ । अल्लु अर्जुनको पुष्पाले बक्स अफिसमा मच्चाएको तहल्का सेलाउन नपाउँदै यतिबेला एसएस राजामौली निर्देशित फिल्म आरआरआर झन् ठूलो गर्जनसहित हलमा छिरेको छ । जुनियर एनटीआर र रामचरणको अनस्क्रिन जुगलबन्दीले दर्शकलाई हलमा नचाइरहेको देखिन्छ । भव्य सेट, […]
सरकारले अन्तरप्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्मले वृद्धि गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतबार लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्मले वृद्धि गरेको हो । मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार यातायात व्यवस्था विभागले यात्रुबाहक सवारीको भाडा १० प्रतिशतले बढाएको छ । यस्तै, पहाडमा मालबाहक सवारीका लागि १३ र तराईमा १५ प्रतिशतका […]
नागरिक रैबार/बाजुरा २० चैत्र। बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्बर ६ का स्थानीयहरु मतदान केन्द्रको माग गदै सदरमुकाम मार्तडीमा विरोध प्रर्दशन गरेको छ । निर्वाचन आयोगले एक वडा एक मतदान केन्द्रको व्यवस्था गरिने भनेको भएपनि बाजुराको जगन्नाथ गाउँपालिकाको ६ नम्बर वडामा मतदान केन्द्र कायम नभएको भन्दै उनीहरु सदरमुकाम मार्तडीमा आएर विरोधमा प्रर्दशनमा उत्रिएका हुन् । बिरोध […]
हुम्ला — जडिबुटीको खानी मानिने हिमाली जिल्ला हुम्लाबाट गत पुसयता पाँच लाख केजीभन्दा बढी जडिबुटी निकासी भएको छ । हुम्ला जिल्लावासीको मुख्य आयस्रोत नै जडिबुटी हो । हुम्लाबाट यस वर्ष १३ प्रकारका जडिबुटी निकासी भएका छन् । सबै प्रकारका जडिबुटी गरी ५ लाख केजीभन्दा बढी जडिबुटी निकासी भएको डिभिजन वन कार्यालय हुम्लाका वन अधिकृत रेणु […]
इस्लामाबाद — पाकिस्तानी प्रधानमन्त्री इमरान खानले राष्ट्रपति समक्ष संसद् विघटनको प्रस्ताव गरेका छन् । आइतबार राष्ट्रको नाममा सम्बोधन गर्दै खानले राष्ट्रपति अरिफ अल्भीलाई संसद् विघटनको सुझाव दिएका हुन् । आइतबार उप सभामुख कासिम सुरीको अध्यक्षतामा बसेको संसद् बैठकले खानविरुद्धको अविश्वासको प्रस्ताव असंवैधानिक रहेको भन्दै खारेज गरेलगत्तै राष्ट्रको नाममा सम्बोधन गर्दै उनले जनताहरुलाई नयाँ चुनावको लागि […]