होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ — स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सैद्धान्तिक सहमति गरेका पाँच दल स्थानीय राजनीतिक लेखाजोखामा जुटेका छन् । गठबन्धनको चैत १७ मा बसेको बैठकले वडासम्मकै राजनीतिक प्रतिवेदन मागेपछि पाँचदलीय स्थानीय संयन्त्रले काम थालेका छन् । सात प्रदेश, ७७ वटै जिल्ला र ७ सय ५३ वटै पालिकामा गठित संयन्त्रले चैत २२ भित्र देशभरको प्रतिवेदन दिने र त्यसका […]
काठमाडौँ — फागुन ९ गते साँझ करिब साढे ५ बजेतिर धनुषाको जटही गाउँका ५ वर्षीय कुलदीप मण्डल आफ्ना ३ जना साथीहरूसँग घरनजिकै खेल्दै थिए । खेल्ने क्रममा उनीहरूले घाँस काट्ने मेसिन देखे । कुलदीप त्यहि घाँस काट्ने मेसिनमा हात छिराउन पुगे । अर्का बालकले मेसिनको स्वीच अन गर्दा क्षणभरमै उनको दायाँ हातको नाडीभन्दा मुनिको भाग […]
काठमाडौँ — निर्वाचन आयोगले राजनीतिक दल तथा स्थानीय तहका उम्मेदवारहरूलाई मतदाता नामावली विवरण सशुल्क उपलब्ध गराउने भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले शुल्क बुझाएर राजनीतिक दलहरूले मतदाता नामावली विवरण आयोगबाट लिन पाउने व्यवस्था गरिएको जानकारी दिए । आयोगले देशभर‚ प्रदेश‚ जिल्ला‚ पालिका र वडा स्तरमा लाग्ने मतदाता नामावलीको शुल्क क्रमशः ७ हजार‚ […]
जुम्ला । जुम्लामा सातौँ राष्ट्रिय कृषि गणनाअन्तर्गत ७७ क्षेत्रमा कृषि गणना गरिने भएको छ । जिल्लाका आठवटै स्थानीय तहमा कृषि गणना हुने भएको छ । जिल्ला कृषि गणना कार्यालयका प्रमुख लक्ष्मण कँडेलका अनुसार सबैभन्दा बढी चन्दननाथ नगरपालिका र हिमा गाउँपालिकाका ११ स्थानमा कृषि गणना गरिने भएको छ । तिला गाउँपालिका, कनकासुन्दरी र तातोपानीकाका १० स्थानमा […]
, काठमाडौं । आगामी स्थानीय तह निर्वाचनमा काठमाडौंको मतपत्र सबभन्दा धेरै ५६ लहरको हुने भएको छ । निर्वाचन आयोगका अनुसार २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख मतपत्र छाप्ने निर्णय भएको छ । सबभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबभन्दा धेरै ५६ लहरको मतपत्र काठमाडौंको हुनेछ ।
काठमाडौं । पछिल्लो समय नेपालका बिस्कुट उद्योगहरु समस्यामा परेका छन् । तरलता अभाव, कच्चा पदार्थको मूल्य वृद्धि, कच्चा पदार्थ आयातमा नगद मार्जिनको व्यवस्था, चोरीका बिस्कुटहरुको बिगबिगी र लगानी योग्य रकम अभावले उद्योगहरु थलिएको नेपाल बिस्कुट उद्योग संघले जनाएको छ । आर्थिक वर्षको सुरुवाती ९ महिनासम्म राम्रै चलेको उत्पादन मुलुक उद्योगहरु पछिल्लो एक महिनादेखि एक पछि […]
वैशाखमा हुने स्थानीय तह चुनावका लागि निर्वाचन आयोगले मतपत्र छपाइ सुरू गरेको छ।०७९ वैशाख ३० मा हुने निर्वाचनका लागि आयोगले मतपत्र छपाइको जिम्मा जनक शिक्षा सामग्री केन्द्रलाई दिएको थियो। आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले एक करोड ९४ लाख थान मतपत्र छपाइ गरिने बताए।आयोगका अनुसार सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबैभन्दा धेरै ५६ […]
हाँस्य कलाकार जोडी भारती सिंह र हर्ष लिम्बाचिया छोराको आमाबुवा बनेका छन्।भारतीले आइतबार छोरालाई जन्म दिएकी हुन्। यो सँगै हर्षले आफ्नो परिवारमा सबैभन्दा प्यारो सानो आत्मालाई स्वागत गरेको बताएका छन्। हर्षले भारतीसँगको निकै सुन्दर तस्बिर सेयर गर्दै लेखेका छन्, ‘यो छोरा हो। त्यसयता भारती आफ्नो गर्भावस्थालाई लिएर सामाजिक सञ्जालमा चर्चामा छिन्। हर्षको यो पोस्टपछि फ्यानदेखि […]
थाइल्यान्डको फुकेटमा सञ्चालन भइरहेको थाइल्यान्ड ओपन इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपको आइतबार भएको पुरुष ६३ केजी तौल समूहमा नेपालका भुपेन्द्र थापा भियतनामका भू ताहना दत्तसँग अंकको आधारमा पराजित भएका छन्। अब प्रतियोगितामा चार नेपाली महिला खेलाडीको खेल बाँकी रहेको छ।पुनम रावलले बाइ पाएर सेमिफाइनलमा प्रवेश गर्दै कास्य पदक पक्का गरेकी छन्। पुनमले अप्रिल ५ मा हुने सिंगापुर […]
काठमाडौं । कोभिड–१९ महामारीको अवधिमा नेपाल फर्किआएका र बन्दाबन्दीको कारणले अध्ययन गर्न जान नपाएको विद्यार्थीहरुले चैत २५ गतेभित्र निवेदन दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुरोध गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै चीन लगायतका देशहरूमा उच्च शिक्षाका विभिन्न शैक्षिक कार्यक्रमहरूमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई मन्त्रालयको सूचना पाटी वा वेबसाइटमा राखिएको निवेदन ढाँचा अनुसार विवरण खुलाई […]
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले काष्ठमण्डपको लोकार्पण गरेकी छन् । पुरातात्त्विक महत्त्वको ऐतिहासिक सम्पदा काष्ठमण्डपको सोमबार काठमाडौंमा लोकार्पण गर्दै राष्ट्रपति भण्डारीले काठमाडौं उपत्यकालाई विश्वमै प्रकृति र संस्कृतिको सङ्गम थलोको रुपमा मानिएको उल्लेख गर्दै प्रकृतिको संरक्षण हुने गरी विकास निर्माणको कामलाई अघि बढाउन सम्बन्धित पक्षलाई विशेष महत्त्व दिन आग्रह गरेकी थिइन् । कार्यक्रममा राष्ट्रपति भण्डारीले जनप्रतिनिधिहरूले […]
काठमाडौं । दीपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै त्रिकोणात्मक टी-२० श्रृखंलाको ब्याटिङमा अर्धशतक प्रहार गरेका दीपेन्द्रले बलिङमा ४ विकेट लिए । दीपेन्द्रको अविजित ५४ रन मदद्तमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । […]
काठमाडौँः बतास समूहले राज्य आतंक गरेर व्यवसायीलाई हतोत्साहित बनाउने काम गरेको बताएको छ। उक्त समूहले पशुपति क्षेत्र विकास कोष र पर्यटनमन्त्री प्रेम आलेले राज्यशक्तिको दुरुपयोग गर्दै व्यवसायीलाई हतोत्साही बनाएको बताएको हो। बतास समूहका अध्यक्ष आनन्दराज बतासले विज्ञप्ति जारी गर्दै नेपाल–भारतमैत्री पशुपति धर्मशालाको विषयमा राज्यको जिम्मेवार तहबाट नै गैरकानुनी तथा स्थापित विधि, विधान, ऐन, नियम र […]
काठमाडौं । सर्वोच्च अदालतमा नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णयविरुद्ध परेको रिट निवेदन आज पनि हेर्न नमिल्नेमा सूचीमा परेको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा आज सुनुवाइ तोकिएको भए पनि हेर्न नमिल्ने सूचीमा राखिएको छ ।सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार न्यायाधीश रेग्मीले उक्त विवाद हेर्न नमिल्ने […]
काठमाडौं । गायक राजु लामा र अभिनेत्री दीया पुनले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने भएका छन् । सोमबार पर्यटनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय झण्डा प्रदान गर्दै आरोहण सफलताको शुभकामना दिए । जलवायु परिवर्तनले ल्याएको असरको सन्देश दिन राजु र दीयाले हिमाल आरोहण गर्न लागेका हुन् । मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री आलेले शुभकामना पत्रसहित झण्डा हस्तान्तरण गरेका […]
कपिलवस्तु । सात वर्षीय सकिल अहमद हातभरि हिलो छोपेर माटो मुछिरहेका छन् । हिलो माटोलाई डल्लो बनाएर इँटा बनाउने साँचोमा हाल्नमा उनी ब्यस्त छन् । सकिलको दैनिकी यसैगरी चलिरहेको छ । उनको शरीर पनि हिलाम्मे भएको छ । उनीसँगै परिवारका अन्य सदस्य पनि इँटा बनाउन ब्यस्त छन् । उनी विद्यालय र कापी किताबबारे अनविज्ञ छन् […]
स्थानीय तह निर्वाचन नजिकिएसँगै दलहरुले आ–आफ्नो नारा तय गरेका छन्। आगामी वैशाख ३० गते निर्वाचन हुने भएपछि मतदातालाई आकर्षित गर्न नाराहरू लिएर नेताहरु गाउँगाउँ छिरेका हुन्। नेपाली काँग्रेसले आगामी स्थानीय तह निर्वाचनमा ‘घरघर जाउँ काँग्रेसलाई जिताउँ’ भन्ने मुल नारा ल्याएको छ। सोही नारा लिएर काँग्रेस नेताहरु गाउँ गाउँ छिरेका छन्। यस्तै माओवादी केन्द्रले यसअघि स्थानीयतहमा […]
बझाङः राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत ‘पढ्दै कमाउँदै’ कार्यक्रमका लागि बझाङका दुई विद्यालय छनोटमा परेका छन्। जयपृथ्वी नगरपालिका–९ रिठापाठा देवलमा रहेको जालपा माध्यमिक विद्यालय र केदारस्युँ गाउँपालिका–९ झोता बजारमा रहेको भैरव मावि उक्त कार्यक्रमका लागि छनोटमा परेका हुन्। छनोटमा परेका विद्यालयलाई कार्यक्रमअन्तर्गत अनुदान रकम उपलब्ध गराई विद्यार्थीलाई पढ्दै गरेका बेला कमाउने अवसर प्रदान गरिनेछ। यी दुवै […]
काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षेले देशको आर्थिक संकट समाधानका लागि सरकारमा सहभागी हुन सबै राजनीतिक दललाई आग्रह गरेका छन् । उनले देशको आर्थिक संकटको समाधानका लागि सबै राजनीतिक दलले मिलेर काम गर्नु पर्ने भन्दै दलहरुलाई सरकारमा सहभागी हुन निम्तो दिएका हुन् । आइतबारराति सरकारका सबै २१ जना मन्त्रीले राजिनामा बुझाएका थिए । देशको आर्थिक […]
दाङ । तुलसीपुर–घोराही मुख्य सडकखण्ड अन्तर्गत पर्ने पत्रेखोलामा पुल निर्माण सुरु भएको आठ वर्ष भइसक्दा पनि पूर्णता पाउन सकेको छैन । आर्थिक वर्ष ०७१-०७२ मा सम्झौता भएर निर्माण कार्य दुई वर्षभित्रै सम्पन्न गर्ने गरी शंकरमाली निर्माण कम्पनीलाई जिम्मा दिइएको थियो । पुल नबन्दा घोराही–तुलसीपुर सडकखण्डमा दैनिक ओहोरदोहोर गर्ने सवारीसाधन र पैदलयात्रुले सास्ती व्यहोर्दै आएका छन् । […]