होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एआइजी बढुवा विवाद हेर्न नमिल्ने सूचीमा
समाचार

एआइजी बढुवा विवाद हेर्न नमिल्ने सूचीमा

  • नागरिक रैबार
एआइजी बढुवा विवाद हेर्न नमिल्ने सूचीमा

काठमाडौं । सर्वोच्च अदालतमा नेपाल प्रहरीका तीन प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णयविरुद्ध परेको रिट निवेदन आज पनि हेर्न नमिल्नेमा सूचीमा परेको छ ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा आज सुनुवाइ तोकिएको भए पनि हेर्न नमिल्ने सूचीमा राखिएको छ ।सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार न्यायाधीश रेग्मीले उक्त विवाद हेर्न नमिल्ने थियो तर गोला प्रक्रियाबाट पेसी तोक्दा उहाँकै इजलासमा पर्‍यो । त्यसैले आज पनि सुनुवाइ हुन सकेन ।एआइजी बढुवाविरुद्ध डिआइजी ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजङ्ग कार्कीले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।

मन्त्रिपरिषद् बैठकले डिआइजी धीरजप्रताप सिंह, वसन्त पन्त र रवीन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार