होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालका भाइ नारायणप्रसाद दाहाल राष्ट्रिय सभामा मनोनीत भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार दाहाललाई राष्ट्रिय सभामा मनोनयन गरेकी हुन् । दाहाल माओवादी केन्द्रको केन्द्रीय सदस्य हुन् भने यसअघि वाग्मती प्रदेश अध्यक्ष थिए ।
काठमाडौं, २६ चैत्र । चर्चित नायक भुवन केसी काठमाडौंको मेयरमा नउठ्ने भएका छन् । यसअघि केसी स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतान्त्रिक पार्टीबाट मेयर उठ्ने चर्चा चलेको थियो । केसीले आज सामाजिक सञ्जाल फेशबुकमार्फत आफू अहिले प्राविधिक कारण तथा कार्यव्यस्ततताका कारण मेयरको उम्मेद्धवार बन्नका लागि असमर्थ रहेको स्प्ष्ट पारेका छन् । उनले आफू आजको दिनसम्म […]
सुर्खेत — ७२ वर्षीया सगेनी सर्केनी आफ्नै नामको लालपुर्जा बोकेर शुक्रबार खुला चौरमा छमछमी नाचिरहेकी थिइन् । उनी नाचेको देखेर राष्ट्रिय भूमि आयोगको केन्द्रीय अध्यक्ष केशर निरौला पनि स्टेजबाट झरे र उनीसँगै नाचे । २००४ मा रुकुमको चौरजहारीबाट सुर्खेतको भेरीगंगा नगरपालिकास्थित मैनतडा झरेका सर्केनीका बाबु र पति पनि लालपुर्जाकै आशमा मरे । ‘यो लालपुर्जाभित्र धेरैका सपना छन,’ केहीबेर […]
काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कान्छी छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यलाई केन्द्रीय कमिटी सदस्य बनाएको महिना नबित्दै परिवारका अर्का एक सदस्यलाई राज्यको महत्त्वपूर्ण जिम्मेवारी दिलाएका छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने राष्ट्रिय सभा सदस्यको कोटामा अध्यक्ष दाहालले भाइ नारायणप्रसाद दाहाललाई पठाएका छन् । पुसमा आयोजित पार्टी महाधिवेशनले अध्यक्षमा दाहाललाई चयन […]
सरकारले आगामी आइतबार रामनवमी पर्वका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ।यही चैत २४ गते बसेको मन्त्रिपरिषद बैठकको निर्णयानुसार आइतबारका लागि सबै सरकारी कार्यालय, सरकारी निकायलाई सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ। यसअघि राम नवमीको अवसरमा मधेश प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदा दिने निर्णय गरेको थियो।
धनगढीः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार सुदूरपश्चिम आउने भएका छन्। एमाले बझाङ जिल्ला कमिटीले आयोजना गर्न लागेको बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न ओली सुदूरपश्चिमको बझाङ आउन लागेका हुन्। सो कार्यक्रममा करिब २ हजार बढी विभिन्न पार्टीबाट नेता कार्यकर्ताहरू एमाले प्रवेश गर्ने भएका छन्। सुदूरपश्चिम प्रदेशमा पहिलो पटक […]
धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी भएको छ । स्थानीय तह निर्वाचनका लागि आचारसंहिता लागु हुनुअघि कांग्रेस दुई मन्त्री र एक राज्यमन्त्री लिएर प्रदेश सरकारमा सहभागी भएको हो । कांग्रेसबाट संसदीय दलका नेता रणबहादुर रावल आन्तरिक मामिला तथा कानून र गोविन्द बोहोरा सामाजिक विकासमन्त्री भएका छन् । टेकबहादुर रैका सामाजिक विकास राज्यमन्त्री नियुक्त […]
काठमाडौं । आज चैत शुक्ल अष्टमी अर्थात हिन्दुहरूको पर्व चैते दसैं ।देवीको पूजा र उपासना गर्दै मनाइँदै छ।असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा हिन्दुहरूले वर्षको दुईपटक दसैं मनाउने गरेका छन् । असोजमा मनाइने दसैंलाई बडादसैं र चैतमा मनाइनेलाई चैते दसैंका रुपमा चिनिन्छ । पुराना कथन अनुसार, पहिले मुख्य दसैँ चैतमा पर्ने गर्दथ्यो […]
सुर्खेत । जुम्ला रारा अल्ट्रा म्याराथन शनिबार सुरु भएको छ । कर्णाली स्पोर्ट्स क्लब जुम्लाले आयोजना गरेको म्याराथनको उद्घाटन शनिबार बिहान कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गरेका छन् । म्याराथनमा एक विदेशीसहित ७७ जनाले भाग लिएका छन् । कर्णालीको प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिर नजिकैबाट सुरु भएको म्याराथन रारातालसम्म पुगेर सकिने छ । आयोजक क्लबका अध्यक्ष […]
झापा — श्रीमान्सँगको बिग्रँदो सम्बन्धका कारण धादिङकी मञ्जली (परिवर्तित नाम) बालखा छोरीलाई जेठाजुको साथमा छाडेर खाडी उडिन् । २०७२ मा जब विदेशबाट फर्किइन्, केही दिनभित्रै भूकम्पको सामना गर्नुपर्यो । गाउँको सानो घर भत्किएपछि बस्ने अवस्था भएन । छोरी च्यापेर काम खोज्दै राजधानी गइन् । केही दिनको बसाइपछि काठमाडौंमै भेटिए, दोलखाका पूर्णबहादुर जिरेल । एक्लो ज्यान र छोरीको भविष्य सम्झिएर उनले […]
नागरिक रैबार/बाजुरा २६ चैत्र। बाजुराको सदरमुकाममा रहेको मार्तडी बजार व्यवस्थापन समितिले चैते दशैंको अवसरमा मालिका मन्दिरमा घण्ट चढाएका छन् । मार्तडी बजार व्यवस्थापन समितिले बजारमा रहेका व्यापारीहरुसंग रकम संकलन गरेर मालिका मन्दिरमा ७३ हजार ७ सय रकम बराबरको ५५ किलोको घण्ट मालिका मन्दिरमा चढाएको बजार व्यवस्थापन समितिका अध्यक्ष चक्र मल्लले बताएका छन् । उनका अनुसार […]
हाल नेपालमा स्थानीय वायुको साथै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा भएको छ। शनिबार प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली, बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया […]
काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी बनाउन आवश्यक तयारी गर्न निर्देशन दिएका छन्। राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घको चौथो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा उनले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन तय भएको र देशभर विजयी गराउनका लागि आवश्यक तयारी गर्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन्। अध्यक्ष ओलीले […]
सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशसभाको नवौँ अधिवेशन (हिउँदे अधिवेशन) अन्त्य भएको छ। प्रदेशसभाको शुक्रबारको बैठकमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रको व्यहोरा पढेर हिजो राति १२ बजेदेखि अन्त्य गरिएको जानकारी गराएका हुन्। यही चैत १३ गते हिउँदे अधिवेशन सुरु भएको थियो। यो अधिवेशनका बैठकले सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७७ लाई संशोधन गर्न […]
धनगढी : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कैलालीको धनगढी विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थलका रुपमा विकास गरिने बताएका छन्। कैलालीको धनगढीमा शुक्रबार धनगढी उपमहानगरपालिका र नेपाल एशोसियशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिम प्रदेशको आयोजनामा आयोजित ‘फारवेष्ट ट्राभल मार्ट २०२२’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले सुदूरपश्चिममा पर्यटक भित्र्याउन र यहाँको पर्यटन क्षेत्रको विकास गर्न […]
नागरिक रैबार/बाजुरा २५ चैत्र। अखिल क्रान्तिकारी जिल्ला कमिटी बाजुराको दोस्रो पूर्ण बैठक मार्तडीमा महत्वपूर्ण निणर्य गर्दै सम्पन्न भएको छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर अखिल क्रान्तिकारीको दोस्रो बैठक मार्तडीमा बसेको हो । अखिल क्रान्तिकारीको बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एक बुथ (मतदान) केन्द्र एक क्रान्तिकारी […]
सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद पुनर्गठन हुने भएको छ । सत्तारुढ गठबन्धनबीच भएको सहमतिअनुसार सुदूरपश्चिम प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन हुने भएको हो । हाल प्रतिपक्ष भूमिकामा रहेको नेपाली काँग्रेस सरकारमा सहभागी हुने भएको हो । काँग्रेस दुई मन्त्रालयसहित सरकारमा सहभागी हुन लागेको सरकारका प्रवक्ता समेत रहेकी कानुन मन्त्री पूर्णा जोशी जानकारी दिइन् । मंगलबार बसेको गठबन्धनको बैठकमा सुदूरपश्चिम […]
नागरिक रैबार/बाजुरा २५ चैत्र। जिल्लाको जगन्नाथ गाउँपालिका वडा नं. ६ को काटियामा सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । वडा नं. ६ मा स्थापना गरिएको सामुदायिक स्वास्थ्य केन्द्रको शुक्रबार एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष कालीबहादुर शाहीले उद्धघाटन् गरेका छन् । यस अघि गाउँपालिकाको १० औं गाउँ सभाबाट वडा नं. ६ का स्थानीयहरुको स्वास्थ्य समस्यालाई मध्येनजर […]
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले २०४६ पछि नेपाल काँग्रेस एमाले र माओवादीको गठबन्धनको शिकार भएको आरोप लगाएका छन् । शुक्रबार काठमाडौको खुलामञ्चमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देश सामान्य अवस्थाबाट देखेजस्तो नभएको भन्दै इतिहासकै कठिन ढंगबाट चलिरहेको बताए । ‘देश सामान्य अवस्थाबाट देखेजस्तो छैन । इतिहासकै कठिन ढंगबाट चलिरहेको छ’, उनले भने, ‘ठिक ढंगले […]
पोखरा । गण्डकी प्रदेश सरकारले आचारसंहिता लागू हुनु अघिल्लो दिन ११ वटै जिल्ला खेलकुद विकास समिति र एक अस्पतालका अध्यक्षसहितका पदाधिकारीलाई हटाएको छ । गण्डकी प्रदेश सरकारले खेलकुद विकास समितिका पदाधिकारी निर्वाचन पछि नियुक्त गर्ने तयारी गरेको छ । तर संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिको अध्यक्ष र सदस्य भने शुक्रबार नै नियुक्त गरेको […]