होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ३८ वर्षपछि सुकुम्बासीलाई लालपुर्जा
समाचार

३८ वर्षपछि सुकुम्बासीलाई लालपुर्जा

‘यो लालपुर्जाभित्र धेरैका सपना छन्, अहिले मैले ठूलो युद्ध जितेको जस्तो महसुस भएको छ’

  • नागरिक रैबार
३८ वर्षपछि सुकुम्बासीलाई लालपुर्जा

सुर्खेत — ७२ वर्षीया सगेनी सर्केनी आफ्नै नामको लालपुर्जा बोकेर शुक्रबार खुला चौरमा छमछमी नाचिरहेकी थिइन् । उनी नाचेको देखेर राष्ट्रिय भूमि आयोगको केन्द्रीय अध्यक्ष केशर निरौला पनि स्टेजबाट झरे र उनीसँगै नाचे ।

२००४ मा रुकुमको चौरजहारीबाट सुर्खेतको भेरीगंगा नगरपालिकास्थित मैनतडा झरेका सर्केनीका बाबु र पति पनि लालपुर्जाकै आशमा मरे । ‘यो लालपुर्जाभित्र धेरैका सपना छन,’ केहीबेर नाचेर सबैसँग खुसी साट्दै उनले भनिन्, ‘अहिले मैले ठूलो युद्ध जितेकोजस्तो महसुस भएको छ ।’

उनका छिमेकी ७० वर्षीय हर्कबहादुर रोकाय पनि झन्डै ५६ वर्ष यो बस्तीमा सरे । ‘आफ्नै जीवनमा लालपुर्जा पाउँछुजस्तो लागेकै थिएन,’ उनले भने, ‘लालपुर्जा नहुँदा अभावै अभावमा बाँचिएको थियो, अब हाम्रा छोरानातिले सुख पाउने भए ।’

विज्ञापन

सुर्खेतको गुर्भाभाकोट र भेरीगंगा नगरपालिकाका भूमिहीनहरूले ३८ वर्षपछि लालपुर्जा पाएका छन् । रुकुम, सल्यान र जाजरकोटबाट बस्ती सर्दै सुर्खेत पुगेका उनीहरूको वर्षौंपछिको लालपुर्जा सपना शुक्रबार पूरा भएको छ । २०२२ मा स्थानीय अगुवा चन्द्रबहादुर शाहीले मैतडामा बस्ती बसालेका थिए । तर नापीनक्सा भने २०४० मा भएको थियो ।

गुर्भाकोट नगरपालिका–८ का वडाध्यक्ष पदम खत्रीले बस्तीमा बसेको झन्डै ५६ वर्षपछि लालपुर्जा पाउँदा बस्ती नै दंगिएको बताए । उनका अनुसार वडाका ६ सय ७७ मध्ये पहिलो चरणमा १ सय २ परिवारले लालपुर्जा पाएका छन् । छोटो समयकै तयारीमा आयोगले भूमिहीनहरूलाई लालपुर्जा वितरण गरेको आयोगका जिल्ला अध्यक्ष श्रीधर पौड्यालले बताए ।

‘कर्मचारी र पदाधिकारीले रातदिन नभनेरै काम गरेर लालपुर्जा दिलाएका छौं,’ उनले भने, ‘क्रमशः अरु भूमिहीनलाई पनि पुर्जा वितरण गर्न आवश्यक प्रक्रिया सुरु गरेका छौं ।’ उनले शुक्रबार गुर्भाकोट र भेरीगंगा नगरपालिका १ सय ३६ परिवारलाई पुर्जा दिइएको बताए । उनका अनुसार राष्ट्रिय भूमि आयोगको कार्यविधि–२०७८ ले तोकेबमोजिम प्रक्रिया पूरा गरेर पुर्जा वितरण गरिएको हो ।

राष्ट्रिय भूमि आयोग सुर्खेतका अनुसार अहिलेसम्म ५ हजार ९ सय ९४ भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको लगत संकलन गरिएको छ । त्यस्तै ४७ हजार ४ सय ४१ अव्यवस्थित बसोबासी परिवारको निवेदन परेको छ । कर्णालीमा लालपुर्जा दिने रहर पूरा भएको आयोगका अध्यक्ष केशव निरौलाले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार