होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सक्रिय मौसमले साथ दिएको खण्डमा वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । आजदेखि सक्रिय हुने वीणा उल्का वर्षा (लाइरिड मिटियोर सावर) वैशाख १२ गतेसम्म सक्रिय रहने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए । वैशाख ९ गते राति ९ बजेदेखि सूर्योदयसम्म उल्का वर्षा हेर्न÷देख्न सकिने […]
नेकपा एमाले ललितपुरले आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छान्न अन्तर्वार्ता लिन सुरु गरेको छ । एमाले ललितपुर क्षेत्र नम्बर १ ले आइतबार मात्र कोञ्ज्योसोम गाउँपालिकाका आकांक्षीसँग अन्तर्वार्ता लिएको छ । अध्यक्षका आकांक्षी कृष्णमान लामा, कृष्ण सापकोटा र कविन्द्र लामा तथा उपाध्यक्षका आकांक्षी रनिता तामाङ र सुनिता तामाङसँग अन्तर्वार्ता लिइएको हो । क्षेत्र नम्बर १ […]
चर्चित गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँग विवाह गर्न लागेकी हुन् । जसको जानकारी सामाजिक संजाल मार्फत उनले दिएकी छन् ।बराइलीसँगको एक तस्बिर सार्वजनिक गर्दै उनले इन्गेज्मेन्ट भएको समेत जनाएकी छन् । मेलिनाको सञ्जीवसँग केही वर्षअघि नै इन्गेज्मेन्ट गरेको बताइन्छ । इन्गेज्मेन्ट गरेको तस्बिर सार्वजनिक गर्दै […]
नेकपा एमालेले पार्टीको केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक सोमबार बेलुका साढे ६ बजे अध्यक्ष केपी ओली निवास बालकोटमा बस्ने गरी बोलाएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार बैठकमा स्थानीय तह निर्वाचनका लागि आवश्यक तयारीबारे छलफल हुनेछ । पार्टीका तर्फबाट बन्ने उम्मेदवार, घोषणापत्र लगायत छलफलका विषय रहेको एमाले नेताहरुले […]
बलात्कार मुद्दामा डर, त्रास, धम्की, प्रलोभन तथा अन्य प्रभावले बयान परिवर्तन गर्ने प्रवृत्ति, तर पीडितले बयान फेरेकै आधारमा अभियुक्तलाई सफाइ दिन नमिल्ने सर्वोच्चको नजिर तनहुँ, काठमाडौं — पल शाहमाथि जबर्जस्ती करणीको आरोप लगाउँदै आएकी किशोरीले अदालतको बकपत्रमा बयान फेरेकी छन् । तनहुँ जिल्ला अदालतमा आइतबार बकपत्र दिने क्रममा उनले आफूलाई पलले बलात्कार नगरेको, अरूको उक्साहट र […]
काठमाडौं । अभिनेता पल शाह बलात्कार प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । अभिनेता शाहमाथि बलात्कारको आरोप लगाउने नाबालिगले आफ्नो बयान फेरेकी छन् । आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्दा उनले जाहेरी विपरीत बयान दिएकी हुन् । कानुन व्यवसायीका अनुसार पीडित गायिकाले ‘जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको र उक्साहटमा परेर जाहेरी दिएको जिकिर गरेकी छिन् ।’ पीडितले […]
व्यक्तिगत बेरुजु भएका व्यक्तिले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएपछि बहालवाला जनप्रतिनिधिले धमाधम बेरुजु फर्छ्योट गर्न थालेका छन् । संस्थागत बेरुजु फर्छ्योट गर्ने तर्फ भने स्थानीय तहका जनप्रतिनिधिले बेवास्ता गर्दै आएका छन् ।निर्वाचन आयोगले जारी गरेको आचार संहितामा पेस्की लिएका र बेरुजु भएका व्यक्तिले उम्मेदवार बन्न पेस्की तथा बेरुजु फर्छ्योट गर्नुपर्ने व्यवस्था छ । उम्मेदवार […]
काठमाडाैं । सत्तारूढ पाँच दलीय गठबन्धनप्रति नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले असन्तुष्टि व्यक्त गर्दै गठबन्धन छाड्ने चेतावनी दिएका छन् । स्थानीय तह निर्वाचनका लागि गठन भएको सत्तारूढ गठबन्धनको तयारी र अनुगमन संयन्त्रको बैठकमा सहभागी एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसाल र उपमहासचिव डा. विजय पौडेलले एक महानगरपालिकाको नेतृत्व आफ्नो पार्टीले नपाए चुनावी […]
जनकपुरधाम । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको निर्वाचनमा कुनैपनि दलसँग तालमेल नहुने स्पष्ट पारेका छन् । आइतबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले राप्रपा आफ्नै बलबुतामा स्थानीह तह निर्वाचनमा जनताबीच जाने र चूनावी तालमेल नहुने स्पष्ट पारेका हुन् । अगाामी निर्वाचनमा पार्टीले अधिकांश स्थानमा जीत हासिल गर्ने उनले दाबी गरे । त्यस्तै लिङ्देनले […]
काठमाडौं । मोडल एवं अभिनेता पूर्ण विक्रम शाह उर्फ पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दामा किशोरी गायिकाले अदालतमा बयान फेरेकी छन् । आइतबार जिल्ला अदालत, तनहुँमा बकपत्रका क्रममा पीडित किशोरीले आफूमाथि बलात्कार नभएको बताएकी हुन् । जानकारी अनुसार पीडित किशोरीले जाहेरीमा उल्लेखित विवरणहरु उक्साहटमा लेखिएको जिकिर गर्दै प्रहरीले जबरजस्ती विभिन्न कागजातहरुमा हस्ताक्षर गर्न लगाएको उनले दाबी […]
चितवन । नवलपरासीको गैंडाकोटस्थित जनक माध्यमिक विद्यालयकी एक छात्रालाई शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिँदा विद्यालय परिसर तनावग्रस्त भएको छ । कक्षा १२ मा अध्ययन गर्ने एक छात्रालाई विद्यालयका शिक्षकले सम्वेदनशील अंगमा छुने, अश्लिल भिडियोहरु देखाउने गरेको भन्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीले विद्यालय तोडफोड गरेका प्रहरीले जनाएको छ । विद्यार्थीहरुले विद्यालयका प्रधानाध्यापक चुडामणी शर्मा र […]
नागरिक रैबार बाजुरा ४ बैशाख । बाजुराका नौ वटै स्थानीय तहमा १५ वर्ष मुनिका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउनु सुरु गरिएको छ । चैत २५ देखि वैशाख १८ गतेसम्म देश भरका सबै बालबालिकालाई खोप लगाइ सक्न जारी सरकारी निर्देशन अनुसार बाजुरामा आइबारबाट सुरु गरिएको हो । नेपाल सरकारको २४ दिने खोप अभियान अन्र्तगत बाजुरामा बैशाख […]
मुगु– मुगुका दलित लुहारहरूको जीविकोपार्जनको लागि परम्परागत आरन व्यवसाय आयस्रोतको माध्यम बनेको छ ।देशभर आरन पेसा लोभ भइरहेको बेला मुगुमा भने दलितको सहारा बन्दै गइरहेको हो । उमेरमा अरु काम गरेर घर चलाएका यहाँका दलित स्थानीयले वृद्ध अवस्थामा आरन चलाउने गरेका छन् । अन्य काम गर्न नसकेपछि आरनको काम गरेर घरखर्च चलाउने गरेको उनीहरूको भनाइ […]
काठमाडौंको बुढानीलकण्ठबाट दुई वटा चितुवाको छालासहित चार जना पक्राउ परेका छन्।बुढानीलकण्ठ नगरपालिका-८ गल्फुटार र काठमाडौं महानगरपालिका-३ को सीमानाबाट चार जनालाई छालासहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए। पक्राउ पर्नेमा गुल्मी चन्द्रकोट गाउँपालिका-७का ३५ वर्षीय विष्णु सुनार, ओखलढुंगा घर भई भक्तपुर बस्ने २९ वर्षीय फुरी शेर्पा, धादिङ घर भई भक्तपुर बस्ने […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक वर्ष २०७८ को कक्षा ११ को परीक्षा जेठको तेस्रो सातादेखि सञ्चालन गर्न निर्देशन दिएको छ । बोर्डले जेठ १६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षासँग नजुध्ने गरी सञ्चालन गर्ने÷गराउन व्यवस्था गर्न सबै विद्यालयलाई निर्देशन दिएको हो । बोर्डले सूचना जारी गर्दै शैक्षिक वर्ष २०७८ सालमा रजिष्ट्रेसन भई कक्षा […]
धनगढीः सुदूरपश्चिममा अन्धविश्वासको जालो अझै जेलिएकै छ। विरामी परे धामीझाक्रीको भर पर्ने मान्यता कायमै रहेको छ। यही मान्यताले कञ्चनपुरमा एक महिलाको ज्यानै लिएको छ। शनिबार दिउँसोको कुरा हो। कञ्चनपुरको वेदकोट नगरपालिका–६ की कमला साउदको घर आँगनभरि चामल र अक्षता, किनारमा आगोको धुनी, छेउमै आगोमा तताईएका फलामका डन्डी र बीचमा महिलाको शव थियो। शव वरिपरि तीन जना […]
धनगढीः सुदूरपश्चिम विश्वविद्यालय केन्द्रिय क्याम्पसमा तालाबन्दी गरिएको छ। कानून संकाय अन्तरगत बिएएलएलबीका विद्यार्थीले क्याम्पसमा तालाबन्दी गरेका हुन्। उनीहरुले आईतबार प्रशासन र प्रिन्सिपलको कार्यालयमा तालबन्दी गरेको बताएका छन्। कानून संकाय अन्तर्गतको बिएएलएलबीको परीक्षामा प्रश्नपत्र र उत्तर लेख्ने माध्यम नेपाली–अङ्ग्रेजी दुवै हुनुपर्ने उनीहरुको माग छ। विश्वविद्यालयले मनपरी रुपमा अंग्रजी माध्यम मात्रै लागू गरेको उनीहरुको आरोप छ। यस […]
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एक/दुई दिनभित्र जति ठाउँमा तालमेल नहुने स्थानलाई थप समय उपलब्ध नहुने बताएका छन् । ‘अबको एक/दुई दिनभित्रमा जहाँ-जहाँ तालमेलको सम्भावना छ । त्यहाँ तालमेल हुन्छ । जहाँ सम्भावना छैन,त्यहाँ तालमेल हुँदैन’ बुढानीलकण्ठमा आयोजित एक कार्यक्रममा थापाले भने, ‘स्थानीय तहको मर्मविपरीत भएको छ । स्थानीय तहलाई दिएको अधिकार पनि […]
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज विहान हुम्लाको सदरमुकाम सिमकोट पुगेका छन् । शनिबार साँझ नेपालगञ्ज पुगेका ओली आज विहान समिट एयरको हेलिकोप्टरमार्फत सिमकोट पुगेका हुन् । सिमकोट पुगे लगत्तै विमानस्थलमा विश्राम गरेर उत्तरी नाम्खा गाउँपालिकाको लिमि प्रस्थान गरेका छन् । एमाले अध्यक्ष ओली उत्तरी नाम्खा गाउँपालिकाको लिमि क्षेत्रको अवलोकन गर्नुका साथै […]
काठमाडौं । झरना थापा निर्देशित ‘ए मेरो हजुर ४’ले घरेलु बक्सअफिसमा उत्साहजनक सुरुवात गरेको छ । बिहिबार रिलिज भएको फिल्मले तीन दिनमै २ करोड ४३ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ । अनमोल केसी र सुहाना थापा स्टारर फिल्मले पहिलो दिन ८८ लाख, शुक्रबार ६६ लाख र शनिबार ८९ लाख ग्रस कमाइ गर्यो । चौथो दिन […]