होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिम विश्वविद्यालयमा कानून संकायका विद्यार्थीले लगाए ताला
समाचार

सुदूरपश्चिम विश्वविद्यालयमा कानून संकायका विद्यार्थीले लगाए ताला

  • नागरिक रैबार
सुदूरपश्चिम विश्वविद्यालयमा कानून संकायका विद्यार्थीले लगाए ताला

धनगढीः सुदूरपश्चिम विश्वविद्यालय केन्द्रिय क्याम्पसमा तालाबन्दी गरिएको छ। कानून संकाय अन्तरगत बिएएलएलबीका विद्यार्थीले क्याम्पसमा तालाबन्दी गरेका हुन्। उनीहरुले आईतबार प्रशासन र प्रिन्सिपलको कार्यालयमा तालबन्दी गरेको बताएका छन्। कानून संकाय अन्तर्गतको बिएएलएलबीको परीक्षामा प्रश्नपत्र र उत्तर लेख्ने माध्यम नेपाली–अङ्ग्रेजी दुवै हुनुपर्ने उनीहरुको माग छ।

विश्वविद्यालयले मनपरी रुपमा अंग्रजी माध्यम मात्रै लागू गरेको उनीहरुको आरोप छ। यस विषयमा विगतदेखि नै आफूहरु आन्दोलनरत रहेको विद्यार्थीहरुले बताएका छन्। उनीहरुले यसअघि क्याम्पस प्रशासन र डिन कार्यलयसंग समेत छलफल गरेका थिए।

तर, प्रशासनले बेवास्ता गर्दै आइरहेको उनीहरुको भनाइ छ। यस्तै उनीहरुले वैशाख ५ गतेबाट क्याम्पसले गर्ने भनेको मध्यसत्र परीक्षा पनि बहिस्कार गर्ने जनाएका छन्। भाषा माध्यमको समस्या विश्वविद्यालय अन्तरगतका कैलाली बहुमुखी क्याम्पस, टीकापुर बहुमुखी क्याम्पसमा पनि रहेको बताइएको छ। माग सम्बोधन नभए आन्दोलनलाई थप आक्रामक बनाउने विद्यार्थीहरूको चेतावनी छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार