काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज विहान हुम्लाको सदरमुकाम सिमकोट पुगेका छन् । शनिबार साँझ नेपालगञ्ज पुगेका ओली आज विहान समिट एयरको हेलिकोप्टरमार्फत सिमकोट पुगेका हुन् । सिमकोट पुगे लगत्तै विमानस्थलमा विश्राम गरेर उत्तरी नाम्खा गाउँपालिकाको लिमि प्रस्थान गरेका छन् ।
एमाले अध्यक्ष ओली उत्तरी नाम्खा गाउँपालिकाको लिमि क्षेत्रको अवलोकन गर्नुका साथै अहिले लिमिका वासिन्दासँग भेटघाट गरिरहेका छन् । भने उनिहरुसँगको भेटपछि अध्यक्ष ओलीले नेपाल र चीनको सिमाना लोलुङजोङको हवाई अवलोकन गर्ने कार्यक्रम रहेको छ ।
विज्ञापन
फेसबुक प्रतिक्रियाहरु