होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । लिउ नेतृत्वको प्रतिनिधि मण्डल र अध्यक्ष ओलीबीच ओली निवास बालकोटमा भेटवार्ता भएको हो । लिउ र ओलीबीचको भेटवार्तामा एमाले विदेश विभाग प्रमुख राजन भट्टराई र नेता विष्णु रिमाल पनि सहभागी रहेको एमाले […]
धनगढी। कैलालीको धनगढी उपमहानगरपालिकाको नगरसभामा पत्रकारलाई रोक लगाएकोप्रति नेपाल पत्रकार महासंघ कैलालीले गम्भीर आपत्ति जनाएको छ । सोमबार महासंघका अध्यक्ष हिमालय जोशीले विज्ञप्ति जारी गर्दै नगरसभा चलिरहेको अवस्थामा पत्रकार जनक विष्टलाई रोक लगाएकोप्रति गम्भीर आपत्ति जनाएको हो । विज्ञप्तिमा भनिएको छ, ‘ नगरसभाजस्तो जनताको प्रत्यक्ष सरोकारको विषयमा प्रत्यक्ष रिपोर्टिङ गर्न गएका पत्रकारले उपमहानगरपालिकाका एकजना कर्मचारीले […]
नागरिक रैबार/बाजुरा २७ असार। बढीगंगा नगरपालिकाका नवनिर्बाचित नगर प्रमुख रामबहादुर बाँनियाले पद तथा गोपनियताको शपग ग्रहण गरेका छन् । असार २३ गते भएको निर्बाचनबाट नगरप्रमुखमा निर्वाचित भएपछि बानियाँले आज मार्तडीमा मुख्य निर्वान अधिकृत समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । नगर प्रमुखको शपथ ग्रहणपछि उनलेआजै उप–प्रमुख तथा पालिकाका अन्य जनप्रतिनिधिहरुलाई पनि पद तथा […]
अभिनेता प्रदीप खड्का दर्शकले रुचाएका हिरो हुन् । दर्शकले सधै उनलाई प्रेमी र धनी केटाको रुपमा पर्दामा देख्दै आएका छन् । अव भने प्रदीप गाउँले, गरिव र माया लाग्दो केटाको रुपमा देखिने भएका छन् । प्रदर्शनको तयारीमा रहेको फिल्म ‘प्रकाश’ मा प्रदीपले करियरकै पहिलो पटक फरक भूमिका देखिन लागेका छन् । जसको अहिले चर्चा हुने […]
नागरिक रैबार/बाजुरा २७ असार।जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर १ मा कार्यालय सहयोगी नै वडाध्यक्षमा निर्वाचित भएर आएका छन् । झन्डै चार वर्ष कार्यालय सहयोगी भएर काम गरेका रणबहादुर थापा असार २३ गते भएको निर्वाचनमा एमालेबाट वडा अध्यक्षमा ४ सय १६ मत ल्याएर निर्वाचित भएका छन् । नेपाली कांग्रेसका लोग बहादुर थापाले ३ सय ५८ मत […]
अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक साउन पहिलो साता बस्दैछ । एन्फाको कार्यतालिका अनुसार विभिन्न ६ एजेन्डामा छलफल हुने भएको छ । जसअनुसार महिला साफ च्याम्पियनसिप र एनएसएल सम्बन्धि मुख्य एजेन्डा रहेका छन् । साउन २ गते बस्ने कार्यसमिति बैठकमा एन्फाले नियुक्ति र पदपूर्ति सम्बन्धी मुख्य योजना बनाएको छ । महिला साफ काठमाडौंमा आयोजना […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सरकार मृत भइसकेको टिप्पणी गरेका छन् । सोमबार सम्पादकहरुसँगको छलफलमा उनले सरकार मृत भइसकेको भन्दै उनले अब यसलाई बोकेर हिँड्न नहुने बताए । ‘यो निष्प्राण भइसक्यो, यसले हैजा फैलाउँछ, यसले समाजलाई दूषित गराउँछ’ उनले भने, ‘यो सरकार डेड भइसक्यो, देशका लागि यो मृत भइसक्यो ।’ ओलीले अब सरकारको […]
धनगढी: अछामी भाषाको देउडा गीत लिलु सार्वजनिक भएको छ। देउडा गीतमा अछामसहित सुदूरपश्चिममा रहेको छाउपडी कु–प्रथालाई जस्ताको त्यस्तै उतारिएको छ। गीतमा गायिका रेखा जोशी, बालगायिका पुजा देवकोटा, गायक रोहित देउवाको स्वर रहेको छ। यस्तै शब्द गौरव गिरी एलपी शर्माको रहेको छ। गीतको एरेन्ज एचबिएन किस्मतले गरेका छन् भने म्यूजिक रोहित देउवाले गरेका छन्। https://youtu.be/tvC0ROW-Tig
डोटीः डोटीको बडिकेदार गाउँपालिका वडानम्बरकी ३ जानकी जोशीको उपचारमा समस्या भएको छ। कैलालीको घोडाघोडी बहुमुखी क्याम्पस सुखडमा अध्यापन गराउदै आएकी जोशीको उपचारमा समस्या भएको हो। आफन्तका अनुसार प्लिहा रोगले उनी ग्रसित छन्। उनको भारतको मुम्बईस्थित केइएम अस्पतालमा उपचार भैरहेको छ। उपचारको क्रममा १५ लाख बढी खर्च भएको आफन्तले बताएका छन्। यस्तै अस्पतालले उपचारमा थप १० […]
धनगढीः सुदूरपश्चिम प्रदेश सभाको बैठक प्रतिपक्षी दलहरुले बहिस्कार गरेका छन्। नेकपा एमाले र जसपा लगायतका प्रतिपक्षी दलहरुले आजको बैठक बहिस्कार गरेका हुन्। प्रतिपक्षी दलका सांसदहरुले बहिस्कार गरेपछि प्रदेश सभाको बैठक पुनः स्थगित भएको हो। बैठकमा सत्ता पक्षका सांसद पनि निकै न्यून उपस्थित भएका थिए। पाँचौँपटक लगातार स्थगित भएपछि आज ३ बजे बैठक आह्वान गरिएको थियो। […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठन अनेरास्ववियूले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यकक्ष तोडफोड गरेको छ । सोमबार अनेरास्ववियूको एक समूहले उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाको कार्यकक्षका कुर्सी, टेबल लगायतका सामग्री तोडफोड गरेको हो । उनीहरुले उपकुलपतिको कार्यकक्षबाहिरको नेम प्लेट पनि फलिदिएका छन् । सोमबार अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष माधव पन्त, स्थायी कमिटी सदस्यहरु सन्तोष शेर्पा, कैलाश गिरी लगायत […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इजिप्ट र अष्ट्रियाका लागि नेपाली राजदूत नियुक्त गरेकी छन् । इजिप्टका लागि नेपालको आवासीय राजदूतमा सुशीलकुमार लम्साल र गणतन्त्र अष्ट्रियाका लागि आवासीय राजदूतमा भरतकुमार रेग्मी नियुक्त भएका हुन् । रेग्मीले संयुक्त राष्ट्र संघ कार्यालय, भियनाको नेपालको स्थायी प्रतिनिधि पदमा समेत नियुक्त भएका छन् । मन्त्रिपरिषदले राजदूतमा सिफारिस गरेका व्यक्तिको नाम […]
काठमाडौं । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ अनुसार सरकारको नियमित भुक्तानी रोकिएको छ । उक्त नियमावली अनुसार विनियोजन ऐनले फ्रिज नहुने भनी तोकेको शीर्षकको रकमबाहेक सबै भुक्तानी दिनु पर्ने अन्य रकम आर्थिक वर्ष समाप्त हुनु भन्दा सात दिन अगावै नै निकासा र खर्चको लेखा अध्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्छ । चालु आर्थिक […]
पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री र सत्ता पक्षीय सांसद र नेताका पारिवारिक कोषका लागि सरकारले बजेट छुट्याएपछि विरोधस्वरुप प्रतिपक्ष दल एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले १ रुपैयाँ दान अभियान चलाएको छ । अनेरास्ववियु गण्डकी प्रदेश कमिटीले सोमबार मुख्यमन्त्रीलगायत मन्त्रालयहरुको नजिकै पोखरा रत्नचोकमा दानपेटिका राखी १ रुपैयाँ संकलन गरेको हो । नागरिक समाजले पनि मन्त्री र […]
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ। स्थानीय तह निर्वाचनपछि कांग्रेस केन्द्रीय समिति बैठक पहिलो पटक बसेको हो । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा हुने छ । त्यसपछि आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनको रणनीति बनाउने उनको भनाइ छ । उनले भने, […]
काठमाडौं । नेकपा एमालेले आगामी संघ र प्रदेशको निर्वाचनमा पनि सत्तारुढ दलहरुको गठबन्धन कायम रहन सक्ने र आफूहरु एक्लै प्रतिस्पर्धामा उत्रिनुपर्ने निष्कर्ष निकालेको छ । एमालेले आइतबार अन्तर पार्टी निर्देशन जारी गर्दै गठबन्धन भए पनि त्यसको भयबाट मुक्त हुन नेता कार्यकर्ताहरुलाई आग्रह गरेको छ । ‘गठबन्धनवालाहरुले स्थानीय चुनावमा पारस्परिक लाभ भएको महसुस गरेसम्म गठबन्धन कायम […]
धनगढीः मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष भुवनसिं घलानविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। राष्ट्रपति रनिङ शिल्ड खेल्न हेटौंडा आएका विद्यार्थीमाथि बलात्कारको प्रयास गरेको उजुरी परेपछि घलानविरुद्ध पक्राउ पुर्जी जारी गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। गत असार १८–१९ गते हेटौंडाको हुप्रचौरमा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड खेल्न आएकी कैलाश गाउँपालिका–९ […]
काठमाडौं । ‘धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ ।’ हरेक चुरोटको प्याकेटमा यस्तै चेतावनी दिइएको हुन्छ । त्यति मात्र होइन, चुरोटको सर्कोले ध्वस्त भइसकेको फोक्सोको डरलाग्दो तस्वीर पनि राखिएको हुन्छ । यद्यपि ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेझैं चुरोट खानेहरु यस्ता चेतावनी देखेर पनि आफ्नो लत छाड्दैनन् । किन ? एक तथ्यांकले भन्छ, विश्वभर करिब एक अर्ब […]
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय प्रवेशमा कडाइ गरिएको छ ।नेता शेखर पक्षका कार्यकर्ताले कार्यालयमा विरोध प्रदर्शन गरिरहेका छन्। शेखर पक्षका कार्यकर्ताले ब्यानर सहित मौन रूपमा विरोध प्रदर्शन गरिरहेका छन् । त्यसैले केन्द्रीय कार्यालय प्रवेश गर्दा केन्द्रीय सदस्यको नाम रुजु गरेर मात्रै प्रवेश गराइएको छ। अन्य कार्यकर्तालाई प्रवेशमा रोक लगाइएको छ। केन्द्रीय कार्यालयको परिसर आसपास […]
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो पार्टी कार्यालय सानेपा प्रवेश गर्दा नाराबाजी भएको छ । सोमबार दिउँसो केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय प्रवेश गर्न लाग्दा नेता शेखर कोइराला पक्षका विद्यार्थी र युवाले प्रदर्शन गरेका हुन् । उनीहरुले भ्रातृ संस्थाको केन्द्रीय समितिलाई पूर्णता दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शन […]