होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बाजुरा। गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न वाईसीएल र अखिल (क्रान्तिकारी) बाजुराले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । आइतबार वाइसियल नेपाल र अखिल (क्रान्तिकारी) बाजुराले सयुक्त रुपमा ज्ञापन पत्र बुझाएको हो । जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिष्दको कार्यालयमा ज्ञापन पत्र बुझाउदै गर्भनर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग सहित पत्र बुझाएको वाईसिएल नेपालकी केन्द्रिय […]
बुटवलका डीएसपी ठगबहादुर केसीले तिलोत्तमा नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई पौडी पोखरीमा धकेलिदिए पछि आलोचना भएको छ । वडाध्यक्ष क्षेत्रीले आफूलाई पौडी पोखरीमा धकेलिदिएर डीएसपीले ठूलो अन्याय गरेको प्रतिक्रिया दिए । ‘यो ममाथि गरिएको ठूलो अन्याय हो, मलाई पोखरीमा धकेल्ने डीएसपीलाई कडा कारवाही होस्,’ उनले भने । तिलोत्तमा नगरपालिकाको नगरसभामा जनप्रतिनिधि र […]
बाजुरा — बाजुराका स्थानीय तहको बेरुजु रकम ७९ करोड नाघेको छ । महालेखा परीक्षकको प्रतिवेदनमा नौ वटा स्थानीय तह रहेको बाजुरामा आर्थिक वर्ष २०७६/७७ सम्म कुल ७९ करोड ९३ लाख २८ हजार बेरुजु पुगेको उल्लेख छ । प्रतिवेदनमा उल्लेख भएअनुसार सबैभन्दा बढी त्रिवेणी नगरपालिकामा बेरुजु रकम छ । नगरपालिकाका निमित्त कार्यकारी अधिकृत चिरञ्जीवी साहले आम्दानी र खर्चको हिसाब […]
काठमाडौं । भारतमा नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ । हालका राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल २४ जुलाईमा समाप्त हुन लागेकाले नयाँ राष्ट्रपति चयनका लागि मतदान हुन लागेको हो । आज बिहान १० बजदेखि साँझ ५ बजेसम्म संसद भवन र राज्य विधानसभामा मतदान हुने र २१ जुलाईमा मत गणना हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् […]
काठमाडौं । गर्मीले आलसतालस बनाइरहेको बेला केही दिनका लागि राहत मिल्ने सम्भावना छ । मंगलबार र बुधबार देशका धेरै स्थानमा पानी पर्ने भएकाले केही शीतल महसुस हुने छ । मौसमविद् हिरा भट्टराईका अनुसार मंगलबार र बुधबार आजभन्दा पनि धेरै स्थानमा वर्षा हुने सम्भावना छ । ‘मंगलबार सुदूरपश्चिम, कर्णाली , गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा हुने […]
बाजुरा । बाजुरामा भूकम्प गएको छ । आज बिहान साढे ४ बजे भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका सहायक प्राविधिक राजेश शर्माका अनुसार जिल्लाको जिउलेख मद्दु भन्ने ठाउँलाई केन्द्रविन्दु बनाएर ४.१ म्यागेन्च्युटको भूकम्प गएको हो ।
काठमाडौँ — नवनिर्वाचित उपसभामुख पुष्पा भुसाल गौतमले पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गर्दै भुसालले आफूले काम –कारबाही इमानदारितापूर्वक गर्ने र कार्यकालभर फलदायी काम गर्ने बताएकी छन् । ‘छोटो समय भएपनि जिम्मेवारीका साथ काम गर्नेछु । जिम्मेवारी बढेको महसुस गरेकी छु । संविधान कार्यान्वयन गर्दा संविधानले उपसभामुख पदबाट अपेक्षा गरेको भूमिका इमानदारिताकासाथ काम कारबाही […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने भनिएपनि अन्तिम समयमा आएर हुन नसकेको बताएका छन् । उनले भेटवार्ता के कारणले हुन सकेन भनेर आफूलाई पनि एकीन थाहा नभएको प्रतिक्रिया दिए । भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले मोदीसँग भेट हुन नसकेपनि आफूलाई कुनै […]
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अझै २२५ वटा स्थानीय तहले बजेट पेश नगरेको बताएको छ । नयाँ आर्थिक वर्ष आजबाट सुरु भइसके पनि २२५ वटा स्थानीय तहले अझै बजेट पेश गर्न नसकेको मन्त्रालयले जनाएको हो । बजेट पेश गरेर पास नगरेसम्म स्थानीय तहले चालु आर्थिक वर्षमा रकम खर्च गर्न पाउने छैनन् । मन्त्रालयका अनुसार […]
काठमाडौं । सर्वोच्च अदालतले सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदी बन्दीलाई पनि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्न आदेश दिएको छ । न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले सरकारी कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी आदिको अस्थायी मतदाता नामावली निर्माण गरी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था गर्न अन्तरिम आदेश दिएको हो । निशान्त […]
काठमाडौं । ५ वर्ष देखि १२ बर्ष मुनिका २७ जिल्लाका बालबालिकालाई कोरोना विरुद्धको दोस्रो मात्रा भोली ( सोमबार) बाट खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार असार ९ देखि १५ गतेसम्म पहिलो मात्रा फाइजर खोप लगाएका पाँच देखि ११ वर्षका बालबालिकालाई दोस्रो मात्रा खोप दिइने भएको हो । सोमबारदेखि साउन ८ गतेसम्म […]
नागरिक रैबार/बाजुरा १ साउन। नेकपा एमाले जिल्ला कमिटी बाजुराले जिल्ला समन्वय समितिको प्रमुखमा तुलसीराम रोकाया र उपप्रमुखमा लाछु सार्कीलाई सिफारिस गरेको छ । सदरमुकाम मार्तडीमा बसेको एमाले जिल्ला कमिटीको ५ औं बैठकले जिससको प्रमुख रोकाया र उपप्रमुखमा सार्कीलाई सिफारिस गरेको हो । जिसस प्रमुखमा सिफारिस भएका रोकाया हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा गौमुल गाउँपालिका वडा […]
काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यही हप्ता एसईईको नतिजा सार्वजनिक गर्ने जनाएको छ । परीक्षा नियन्त्रक अर्जुन रायमाझीले यही हप्ता नतिजा सार्वजनिक गर्न सकिने सम्भावना रहेको जनाए । ‘नतिजा प्रकाशनको लागि अन्तिम/अन्तिम चरणको काम गरिरहेका छौं,’ उनले भने, ‘त्रुटि कम्ति होस् भनेर रुजु गर्ने काम भइरहेको छ, साउन पहिलो […]
नयाँ दिल्ली — भारत भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नगरी स्वदेश फर्कने भएका छन् । उनले यसअघि भारतीय प्रधानमन्त्री मोदीसँग भेट हुन सक्ने बताएका थिए । आइतबार बिहान भाजपा अध्यक्ष जेपी नड्डासँग भेट गरेपछि दाहाल त्यहीँबाट स्वदेश फर्कन लागेका हुन् । नड्डासँगको भेटमा अध्यक्ष […]
काठमाडौँ — सरकारले पेट्रोलियम पदार्थमा पूर्वाधार करबापत मूल्य समायोजन भएको रकम ५९ करोड ८६ लाख ८० हजार रुपैयाँ आयल निगमलाई अनुदान दिने भएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले मूल्य समायोजन भएको ५९ करोड ८६ लाख ८० हजार रुपैयाँ अनुदान दिने र पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको कारण नेपाल आयाल निगमले इन्डियन आयल कर्पोरेसन लिमिटेडलाई भुक्तानी […]
धनगढीः धनगढीमा मुना रेस्टुरेन्ट सञ्चालनमा आएको छ। युवा व्यवसायी विष्णु खनालले धनगढीको क्याम्पस रोडमा सो रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन्। ग्राहकहरूलाई सस्तो, सुलभ र हाइजिनिक खाना उपलब्ध गराउने उद्देश्यले रेस्टुरेन्ट सञ्चालनमा ल्याएको उनले बताए। उनले सो रेस्टुरेन्टमा इन्डियन चाइनिज र लोकल परिकारहरू उपलब्ध रहको बताए। जम्मा सय रुपियाँमा सादा खाना ग्राहकलाई दिन खोजिरहेको उनको भनाई छ। […]
भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची आएको छ । इण्डियन आयल कर्पोरेशन (आईओसी)ले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य साढे १५ रुपैयाँ प्रतिलिटर र डिजेलको मूल्य साढे १६ रुपैयाँ प्रतिलिटर घटेर आएको हो । नेपाल आयल निगमका अनुसार आईओसीले प्रत्येक महिनाको १ र १६ तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाउँदै आएको छ । पछिल्लो […]
काठमाडौं । उपसभामुख पुष्पा भूसाल गौतमले आइतबार शपथ दिउँसो ४ बजे हुने भएको छ । गौतम शुक्रबार उपसभामुखमा निर्वाचित भएकी थिइन् । राष्ट्रपति कार्यालय शीतल निवासमा हुने कार्यक्रममा सभामुख अग्निप्रसाद सापकोटाले भूसाललाई पद तथा गोपनीयताको शपथ गराउनेछन् ।
काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा अष्ट्रेलिया भम्रणमा जाने भएका छन् । मन्त्रिपरिषद बैठकले साउन ९ देखि ११ गतेसम्म हुने शर्माको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार प्रधान सेनापति शर्मा अष्ट्रेलियाको सिड्नीमा हुने एनुअल चिफ अफ डिफेन्स कन्फरेन्समा भाग लिन जान लागेका हुन् । शर्माले […]
जुम्ला- जुम्लाका एक सय ४३ जना किसानले गोठालो भत्ता पाएका छन् । जुम्लाको पशु अस्पताल तथा पशु सेवा कार्यालयले आह्वान गरेको प्रस्तावनामा दुई सय ६५ किसानले निवेदन दिएका थिए । निवेदन परेका कृषकको अनुगमन गरेर भेडा कति छन्, कृषक हो कि होइन भन्ने विषयमा जानकारी लिन कर्मचारी फिल्ड स्तरमा गएका थिए । स्थलगत रिपोर्ट र […]