होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • १६ अंकले नेप्से बढ्दा २ अर्ब २९ करोडको कारोबार
समाचार

१६ अंकले नेप्से बढ्दा २ अर्ब २९ करोडको कारोबार

  • नागरिक रैबार
१६ अंकले नेप्से बढ्दा २ अर्ब २९ करोडको कारोबार

मंगलबार सेयर बजार परिसूचक नेप्सेमा १६ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन १६.२७ अंकले बढ्दै नेप्से सूचक २०४५.६९ अंकमा उक्लिएको हो ।

अघिल्लो दिन यस्तो सूचक १८.०३ अंकले बढ्दै २ हजार २९.४३ अंकमा अडिएको थियो । यस दिन १३ वटै उपसूचक धनात्मक हुँदै बजार नै हरियाली बनेको छ । फाइनान्स समूहको उपसूचक २.७७ प्रतिशतले बढ्दा माइक्रोफाइनान्स समूहको उपसूचक १.८३ अंकले, ट्रेडिङ समूहको उपसूचक १.५९ प्रतिशतले, म्यानु एण्ड प्रो १.२४ प्रतिशतले र डेभलपमेन्ट बैंक १.१८ प्रतिशतले बढेको छ ।

यस्तै, होटल तथा पर्यटन समूहको उपसूचक १ प्रतिशतले, जीवन बीमा समूह ०.८२ प्रतिशतले, हाइड्रोपावर समूह ०.६८ प्रतिशतले, बैंकिङ समूह ०.४८ प्रतिशतले, इनभेष्टमेन्ट समूह ०.५३ प्रतिशतले, निर्जीवन बीमा समूह ०.९ प्रतिशतले, म्युचुअल फन्ड ०.०९ प्रतिशतले र अन्य समूह ०.२१ प्रतिशतले बढेका छन् । १६ अंकमाथिले बढेको बजारमा आज २ अर्ब २९ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार