होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, जेष्ठ १, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • आज इन्जिनियर दिवस : सात विधामा इन्जिनियर र संस्थालाई सम्मान गरिंदै
देश/प्रदेश

आज इन्जिनियर दिवस : सात विधामा इन्जिनियर र संस्थालाई सम्मान गरिंदै

  • नागरिक रैबार
आज इन्जिनियर दिवस : सात विधामा इन्जिनियर र संस्थालाई सम्मान गरिंदै

काठमाडौं । ६० औं इन्जिनियर दिवस आज मनाइँदै छ । दिवसको अवसरमा नेपाल इन्जिनियर्स एसोसिएसनले प्रज्ञा भवन कमलादीमा विशेष कार्यक्रम आयोजना गर्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाको समेत उपस्थितिमा हुने समारोहमा राष्ट्रका लागि उत्कृष्ट योगदान पुर्‍याउने इन्जिनियर र संस्थाहरुलाई सम्मान समेत गरिनेछ ।

एसोसिएसनका केन्द्रीय सदस्य अनुपम पराजुलीका अनुसार कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, इन्टरप्रेनरसिप अवार्ड, शहीद नवराज विष्ट मेमोरियल अवार्ड, युथ प्रोफेसनल अवार्ड, महिला इन्जिनियर अवार्ड, इन्जिनियरर्स एपि्रसियसन अवार्ड र बेस्ट इन्नोभेसन अवार्ड वितरण गरिने छ ।

आज दिउँसो २ बजेपछि भने फोहोरको दीर्घकालीन व्यवस्थापन र स्थानीय सरकारमा सूचना प्रविधिको प्रयोग सम्बन्धी विषयमा छलफल हुने छ । साँझ ५ बजेपछि सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ ।

विज्ञापन

दिवसको मूल समारोहको पूर्वसन्ध्यामा एसोसिएसनले रक्तदान, वृक्षरोपण, सरसफाइ, खेलकुद लगायतका कार्यक्रम पनि आयोजना गरेको थियो ।

एसोसिएसनले हरेक वर्ष साउन ३ गतेलाई ‘इन्जिनियर दिवस’को रूपमा मनाउँदै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार