होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ६ साउन। बाजुराको बुढीगांगा नगरपालिकाले नगरको प्रबक्तामा हेमराज जैशीलाई तोकेको छ । शुक्रबार बसेको कार्यापालिकाको बैठकले वडा नम्बर ६ का वडा अध्यक्ष समेत रहेका जैशीलाई नगरको प्रबक्ता तोकेको हो । असार २३ गते सम्पन्न बुढीगंगा नगरपालिकाको निर्बाचन पछि नगरमा नयाँ जनप्रतिनिधिहरु आएका थिए । नयाँ जनप्रतिनिधिहरु आएसंगै शुक्रबार नगर कार्यपालिकाको बैठक बसेको थियो […]
धनगढीः सिरहाको लहान नगरपालिकाका उपमेयर राम चलितर महतोविरुद्ध बलात्कार प्रयासको जाहेरी परेको छ। एक महिलालाई जागिर लगाइदिन्छु भन्दै कोठामा लगेर बलात्कारको प्रयास गरेको आरोपमा महतोविरुद्ध जाहेरी दर्ता भएको हो। पीडित महिलाले महतोमाथि इलाका प्रहरी कार्यालय लहानमा जबरजस्ती करणी उद्योगसम्बन्धी जाहेरी दर्ता गराएकी हुन्। केही दिन अगाडि नगरपालिकामा दैनिक ज्यालादारीमा कम्प्युटर अपरेटरसम्बन्धी विज्ञापन खुलेको थियो। ति […]
नागरिक रैबार/बाजुरा ६ साउन। नेपाल पत्रकार महासंघ बाजुरा-बझागं शाखाका संस्थापक सभापति पत्रकार दयाराम पंडित पिछडिएको क्षेत्रबाट नेपाल प्रेस युनियनको सचिव पदमा लड्ने भएका छन् । नेपाली काँग्रेस निकट पत्रकारहरुको साझा संस्था नेपाल प्रेस युनियनको ९ औँ महाधिवेशनमा पत्रकार दयाराम पण्डित पिछडिएको क्षेत्रबाट सचिव पदमा लड्ने भएका हुन । बाजुरा जस्तो विकट ठाउँमा बसेर पत्रकारिताको जग […]
बाजुरा । बाजुरा र हुम्लाको सिमानामा छ कवाडी बजार । नदीको वारि बाजुराको कवाडी बजार र पारितिर हुम्लाको कवाडी बजार छ । बिच्छँयाबाट बगेर आउने कवाडी नदीले विभाजन गरे पनि झोलुङे पुलले यी दुई बजारलाई मात्र होइन, दुई जिल्ला र दुई प्रदेशलाई जोडेको छ । प्रदेश नै फरक र जिल्ला नै फरक भएकाले वारिपारि दुवै […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीलंकाका नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमसिंघेलाई बधाई तथा शुभकामना दिएका छन् । देउवाले ट्वीट गर्दै नेपाल सरकार र नेपाली नागरिकको तर्फबाट बधा तथा शुभकामना व्यक्त गर्दछु भनेका छन् । देश आर्थिक संकटमा फसेपछि नागरिकमाझ अलोकप्रिय भएका प्रधानमन्त्री विक्रमसिंघेलाई बुधबार श्रीलंकाली संसदले राष्ट्रपति चयन गरेको थियो । ६ कार्यकाल प्रधानमन्त्री बनेका उनले […]
काठमाडौं । नागरिकता विधेयक बाहेकका विषय संसदको कार्यसूचीबाट हटाइएको छ । आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता पहिलो संशोधन विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने संघीय संसदको सचिवालयले जारी गरेको कार्यसूचीमा उल्लेख छ । संसद बैठक केहीबेर अघिबाट सुरु भएको छ । सरकारले नागरिकता विधेयक संसद बैठकबाट फास्ट ट्र्याकमा पारित गर्ने तयारी गरेको […]
वीरेन्द्र भट्ट धनगढीः भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र मातहतका १८ कार्यालयले अनुदान कार्यक्रम शिर्षकमा १ अर्ब ९८ करोड ६१ लाख रुपैयाँ खर्च गरे। तर अनुदान कार्यक्रमको झण्डै आधाभन्दा बढी रकम कृषि उपकरण, बीउ, तरकारी, फलफूल खेती, उन्नत चौपाया लगायत शिर्षकमा अनुदान नीति र कानुनविपरीत खर्च भयो। संघीय सरकारको प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना लगायत […]
धनगढीः डोटीको डौड प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार गगनसिंह धामीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। शुक्रबार जिल्लाको सायल गाउँपालिका–२ सिर्मा बस्तीस्थित पहिरो जोखिममा रहेकाहरुको अवस्था बुझ्न जाने क्रममा अचानक बिरामी परेका उनको उद्धार गरिएको हो। उनी बिरामी भएर बेहोस भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर उपचारका लागि नेपालगञ्ज लगिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएका छ। अहिले […]
नेपाल प्रेस युनियनको नवौँ महाधिवेशन सुरु भएको छ । हेटौँडामा अहिले उद्घाटन सत्र चलिरहेको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस महामन्त्री गगन थापासहित शीर्ष नेता उद्घाटन सत्रमा सहभागी छन् । प्रेस युनियन निर्वाचन समितिका अनुसार अध्यक्षको उम्मेदवारले ३० हजार दस्तुर बुझाउनुपर्नेछ । वरिष्ठ उपाध्यक्षले २५ हजार, उपाध्यक्षले २० हजार, महासचिवले २५ […]
पोखरा महानगरपालिकाका मेयर (प्रमुख) धनराज आचार्यलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विषयगत समितिमा समेटिएको छ । मन्त्रालयको नीतिगत छलफल हुने सो समितिमा उनी देशभरका ७५३ स्थानीय तहका तर्फबाट सदस्य तोकिएका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको अध्यक्षता रहने समितिमा सातवटै प्रदेशका पर्यटनमन्त्री सदस्य रहने व्यवस्था छ । प्रमुख आचार्यलाई सङ्घ, प्रदेश र स्थानीय […]
असार मसान्तसम्म पेस गरिसक्नु पर्ने बजेट साउन ६ गतेसम्म आइपुग्दा पनि अझै १८३ वटा स्थानीय तहले पेस गरेका छैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयभित्र बजेट पेश नगर्ने स्थानीय तहलाई एकसाथ पत्र लेख्दै बजेट स्वीकृत गरी अद्यावधिक गराउन आदेश दिएको छ । कूल ७५३ स्थानीय तहमध्ये हालसम्म ५७० वटाले बजेट पेस गरी अद्यावधिक […]
काठमाडौं । श्रीलंकाको प्रधानमन्त्रीमा दिनेश गुणावर्धने नियुक्त भएका छन् । उनले आज पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । ६ पटकसम्म प्रधानमन्त्री बनेका रनिल विक्रमसिंघे राष्ट्रपति बनेपछि गुणावर्धने प्रधानमन्त्री बनेका हुन् । ७३ वर्षीय गुणावर्धने यसअघि विदेशमन्त्री, शिक्षामन्त्री र गृहमन्त्री बनेका थिए । गत अप्रिलमा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले गुणावर्धनेलाई गृहमन्त्रीमा नियुक्त गरेका थिए […]
काठमाडौं । नेपाली कांग्रेस निकट पत्रकारहरुको संस्था नेपाल प्रेस युनियनको नवौं महाधिवेशन आजबाट मकवानपुरको हेटौंडामा सुरु भएको छ । महाधिवेशनको प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उदघाटन गरेका छन् । करिव ८ वर्षपछि आयोजना गरिएको प्रेस युनियनको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ । अध्यक्षसहितका पदमा संस्थापन पक्ष र इतर पक्ष प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका […]
नागरिक रैबार बाजुरा ६ साउन सहास नेपाल बाजुराले बडीमालिका ८ र ९ का ५० जना कृषकलाई खानेपानी फिल्टर वितरण गरेकाे छ । सहास नेपाल बाजुराद्वारा संचालन भएकाे लिफ्ट परियाेजनाले बडीमालिका ९ मा रहेकाे हातेमालाे कृषक समूह बाउलीका ३६ र रतुडाका १४ गरि ५० जना कृषकलाई खानेपानी फिल्टर वितरण गरिएकाे सहास नेपाल लिफ्ट परियाेजनाका दिपक धामीले […]
नागरिक रैबार/बाजुरा ५ साउन। जिल्लाको बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं १ कि एक महिला बाटोमै सुत्केरी भएकि छन् । गाउँपालिकाको वडा नं. २ माझगाउँमा रहेको स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी नभए पछि मुक्तिकोट घर भएकि कार्तिका विकले बाटोमै सुत्केरी हुनु परेको छ । फयालगाउँ स्थित सामुदायीक स्वास्थ्य इकाई केन्द्रमा प्रसुती गराउने स्वास्थ्यकर्मी नहुँदा विकले बाटोमै सन्तान […]
नागरिक रैबार/ बाजुरा ५ साउन। जिल्ला समन्वय समिति बाजुरामा नेकपा एमालेको एकल उम्मेद्धारी परेको छ । नेकपा एमालेको १२ जनाको बहुमत भएपछि जिल्ला समन्वय समितिमा एमालेको एकल बहुमत पुगेको हाे । जिल्लाका ९ वटा स्थानिय तहमा बुढीगंगा, बडिमालिका नगरपालिका,गौमुल, जगन्नाथ गाउपालिकामा गरि ४ वटा स्थानिय तहमा प्रमुख र उपप्रमुख नेकपा एमालेले जितेको छ । त्रिबेणी […]
प्रतिनिधि सभामा ‘ग्लोबल ग्रीन ग्रोथ इस्टिच्यूटको सहभागितामुलक सदस्यको रूपमा सदस्यता प्राप्त गर्न स्वीकृत प्रदान गर्ने सम्बन्धी’ छलफलका क्रममा बोल्न रोष्टम पुगेका रावलले एसपिपीको विषय उठान गरेका थिए। बोल्नका लागि सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरूलाई तीन मिनेटको दरले समय दिएका थिए। सुरूमा नेकपा माओवादीका सांसद शक्तिबहादुर बस्नेत बोलेका थिए। त्यसपछि सांसद पूर्णकुमारी सुवेदी बोलेकी थिइन्। सुवेदीपछि बोल्ने […]
नेकपा एमालेकी सांसद नविना लामाले प्रतिनिधिसभा बैठकमा बोलेको भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पूर्व विद्यार्थी नेता समेत रहेकी सांसद लामाले १ मिनेट बोलेको भिडियोमा तीन चार ठाउँमा शब्द चिप्लिएपछि मजाक उडाउँदै शेयर गरिरहेका छन् । खास भएको के थियो ? बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद लामाले स्वास्थ्य […]
काठमाडौं । सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा सहभागी नहुने निर्णय गरेको भए पनि त्यससम्बन्धी पत्र नपठाइएको भन्दै नेकपा(एमाले)का सांसद भीमबहादुर रावलले सरकारलाई रुलिङ गर्न माग गरे । प्रतिनिधिसभाको बैठकमा यसअघि नै गृहमन्त्री बालकृष्ण खाड र परराष्ट्रमन्त्री डा नारायण खड्काले एसपीपीमा सहभागी नहुने भन्ने जानकारी गराइसकेको भएको बताउँदै सांसद रावलले सदनमार्फत सरकारलाई रुलिङ गर्न […]
धनगढीः १४ वर्षकी किशोरीमाथि बलात्कार प्रयासको आरोपमा पक्राउ परेका मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष भुवनसिं घलान छुटेका छन्। उनी २४ हजार रुपैयाँमा धरौटीमा छुटेका हुन्। वडाध्यक्ष घलानलाई जिल्ला अदालत मकवानपुरले २४ हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो। उनलाई प्रहरीले असार २८ गते पक्राउ गरेको थियो। वडाध्यक्ष रिहा भए पनि किशोरी भने […]