होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौ् । नेपाल प्रहरीका ४३ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले बानेश्वर, दरबारमार्ग, बौद्ध, महाराजगञ्ज प्रहरी कार्यालय लगायतका डिएसपीहरुको सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालय कर्मचारी शाखाका अनुसार निशान्त श्रीवास्तव बानेश्वर, कोपिला चुडाँल दरबारमार्ग, हरिबहादुर बस्नेत बौद्ध र अंगुर जीसी महाराजगञ्ज प्रहरी वृतमा सरुवा भएका छन् । हेर्नुस् […]
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४९१ जनाको परीक्षणमा ९१२ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये २ हजार ९४१ जनाको पीसीआर परीक्षण गर्दा ५२९ जना र ३ हजार ५५० जनाको एन्टिजेन परीक्षण गर्दा […]
काठमाडौं । गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी छन् । आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोड्ने निर्णय गरेको उनले सामाजिक सञ्जालमार्फत जनाएकी छन् । संगीतकर्मी समेत रहेका प्रेमी बराइलीसँग केही महिनाअघि उनले इन्गेजमेन्ट गरेकी थिइन् । फेसबुकमा स्टाटस लेख्दै उनले सबै इन्गेजमेन्ट विवाहमा परिणत हुनुपर्छ भन्ने बाध्यकारी […]
नागरिक रैबार/ बाजुरा २० साउन । बाजुरा जिल्लाकाे बडीमालिका नगरपालिका वडा नं ३ रजाली ठाँटीकाद टाेलमा लगातार आएको अबिरल बर्षाले जमिन भासीएर घर भत्किएकाे छ । वडा नं ३ रजाली ठाँटीकाद टाेलमा घर भत्किदा हर्क उखेडा र कर्न उखेडाकाे १० जना परिवारकाे बिचल्ली भएकाे छ । भन्ने अन्न भाँडाकुँडा र घरको छानोका पडामा क्षेती भएको पिडित […]
नागरिक रैबार/ बाजुरा २० साउन । जिल्ला अस्पताल बाजुराका व्यवस्थापन समिति अध्यक्ष मान बहादुर कार्कीले जिल्ला अस्पतालमा भदौ पहिलो साताबाट बिषशेज्ञ सहितको सेवा दिने बताएका छन । शुक्रबार बिहान जिल्ला अस्पताल बाजुराको आयोजनामा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष कार्कीले बताएका हुन । लामो प्रयास पछि स्त्रिरोग बिषशेज्ञ, एमडिजिपी डाक्टर ल्याउन पहल भईरहेको अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष […]
नागरिक रैबार/ बाजुरा २० साउन । काेभिड १९ को संक्रमण प्रत्यक दिन बढ्दै गएकोले जन स्वास्थ्यका मापदण्ड पालना गर्न जिल्ला प्रशासन कार्यालय बाजुराले अनुरोध गरेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय बाजुरामा प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द अधिकारीको अध्यक्षतामा बसेको कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको बैठकले सो निणर्य गरेको हाे । जिल्लाको टाटेँ स्वास्थ्य चौकीमा एक […]
काठमाडौँ — न्यायको माग गर्दै सिंहदरबार दक्षिण ढोका अगाडि आमरण अनशन गरिरहेकी निहारिका राजपुतलाई प्रहरीले पक्राउ गरेको छ । महोत्तरी जलेश्वर नगरपालिका ९ की निहारिकाले केही महिनादेखि नै आमरण अनशन बस्दै आएकी थिइन् । सरकारले यसअघि आफूसँग गरेको ५ बुँदे सहमति पालना गर्नुपर्ने माग गर्दै पछिल्लो पटक उनी सरकारद्वारा जारी प्रतिबन्धित क्षेत्रमा अनशन बसेकी थिइन् […]
काठमाडौं । नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले अबको चुनावपछि दुई तिहाई बहुमत प्राप्त गर्न नसके पनि मेहनत गरेर बहुमतको सरकार बनाउन सक्ने बताएका छन् । आफ्नो चाहना अनुसार काम गर्न दुई तिहाईको बहुमत चाहिने भए पनि अहिले इमान्दारिकाका साथ काम गरेर बहुमत प्राप्त गर्न सकिने उनले बताए । काठमाडौंमा आज भएको कार्यक्रमा उनले भने, […]
काठमाडौं । खुद ब्याज आम्दानी वृद्धिसँगै सम्भावित कर्जा नोक्सानी वापतको प्रोभिजन रकमबाट राइटब्याक गर्दा राष्ट्रिय वाणिज्य बैंकको नाफा बढेको छ । बैंकले गत आर्थिक वर्षमा ५ अर्ब भन्दा बढी मुनाफा आर्जन गरेको छ । शुक्रबार बैंकले आर्थिक वर्ष २०७८/७९ मा पाँच अर्ब २५ करोड ३९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको […]
मुगु — मुगुमकार्मारोङ गाउँपालिकाको पुलुमा रहेको नेपाल राष्ट्रिय आधारभूत आवासीय विद्यालयमा अध्ययनरत २६ जना विद्यार्थीमा कोरोना भाइरस पुष्टि भएको छ । विद्यार्थीहरुमा ज्वरो आउने, टाउको दुख्ने, हल्का खोकी लाग्ने जस्ता लक्षण देखा परेपछि स्वास्थ्यकर्मीले एन्टिजेन परीक्षण गर्दा २६ जनालाई करोना पोजेटिभ देखाएको विद्यालयका प्रधानध्यापक कुशल शाहीले बताए । समान्य रुघाखोकीको लक्षण देखिएका विधार्थीहरुलाई कोरोना पोजेटिभ […]
प्रहरीले हुम्लाको चंखेली गाउँपालिकामा तीन नाल भरुवा बन्दुक फेला पारेको छ । गाउँपालिकाको वडा नम्बर ४ को सरीसल्ला र मेलछाम भन्ने स्थानमा बेवारिसे अबस्थामा बन्दुक फेला पारिएको होे । प्रदेश प्रहरी कार्यालयका अनुसार प्रहरी टोली गस्तीबाट फर्कँदै गर्दा झोलुंगे पुलको छेउमै लुकाई राखेको १ नाल लोड र २ नाल खाली गरी जम्मा ३ नाल भरुवा […]
परराष्ट्रमन्त्री डा.नारायण खड्काले यही साउन २४ गतेदेखि २६ गतेसम्म चीनको भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्रीको चीन भ्रमणको औपचारिक घोषणा गरेको हो । चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणमा परराष्ट्रमन्त्री डा.खड्काले चीनको तीन दिने भ्रमण गर्न लागेका हुन् । भ्रमणका बेला दुई देशका विदेशमन्त्री द्विपक्षीय बैठकमा सहभागी हुनेछन् […]
काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धन ४ मंसिरको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गर्न सहमत भएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा चुनावी तालमेलको सहमति जुटाएको हो । बैठकमा सहभागी नेपाली कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीहरूसँग भने, ‘४ मंसिरको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णय गर्यो […]
नेपालमा अश्लील शब्द र उत्ताउला दृष्यमा गीत बन्नु नौलो होइन ।तर चलेका सर्जकहरुबाट नै यस्तो हर्कत भयो भने, विरोधको स्वर बुलन्द हुने रहेछ । शिव हमालको रचना, आशिष अविरलको संगीत र सुशीला पाठकको स्वर रहेको एउटा गीत निक्कै विवादमा परेको छ । मंगलबार युट्युबमा रिलिज भएको उक्त गीतका शब्द निक्कै अश्लील छन् । दृष्यहरु निक्कै […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जापान जाँदैछन्। शुक्रबार राती १०:३० मा प्रचण्ड जापान उड्ने उनको सचिवालयले जनाएको छ। नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड जापान जान लागेका हुन्।उनी साउन २५ मा स्वदेश फर्किनेछन्। प्रचण्डसँगै उनको सचिवालयमा रहेका चार जना पनि जापान जान लागेको स्रोतले बताएको छ। जापानमा प्रचण्डले राजनीतिक भेटघाट गर्नेबारे […]
काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले निर्वाचन मिति घोषणा गरेपछि गठबन्धनका नेताहरू छलफलमा जुटेका हुन् । सरकारले बिहीबारको मन्त्रिपरिषद बैठकबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको थियो । सोही विषयमा छलफल गर्न गठबन्धनमा रहेका दलहरूबीच बैठक सुरु भएको […]
काठमाडौँ — देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा […]
अभिनेत्री श्रद्धा क्षेत्री यतिबेला एकदमै खुसी छिन् । उनको खुसीको कारण हो– फिल्म ‘कृष्ण लीला’ । फिल्म भदौ ३ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्म अभिनयका हिसाबले उनको दोस्रो भए पनि रिलिज हुन लागेको पहिलो हो । त्यसैले प्रचारप्रसारमा उनी जोडतोडले लागिरहेकी छन् । उनले यसअगाडि अभिनय गरेको फिल्म ‘हृदयभरि’ आधाआधी रोकिएको थियो । बौद्ध […]
धनगढी । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । आईसीयूमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । सूचना अधिकारी श्रेष्ठकाअनुसार बिहीबार मात्र अस्पताल भर्ना भएका ती पुरुषमा अल्कोहोलिक हेपाटाइटिसको समस्या थियो तर परीक्षणका क्रममा उनलाई […]
गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय गुल्मी सर्वोत्कृष्ट भएको छ। गत वर्ष तेस्रो नम्बरमा रहेको गुल्मी यसपटक ९७.७५ प्रतिशत अंक प्राप्त गरी जिल्ला प्रशासन कार्यालयहरूमा सर्वोत्कृष्ट भएको हो । बिहीबार मूल्यांकन समितिका संयोजक प्रमुख भीष्मकुमार भुसाल र प्रशासन महाशाखाका प्रमुख टेकबहादुर केसीले बुझाएको अध्ययन प्रतिवेदनअनुसार कार्यसम्पादनमा मूल्याङ्कनमा गुल्मीलाई देशैभरिका जिल्ला प्रशासन कार्यालयहरु मध्ये सर्वोत्कृष्ट […]