होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेपालस्थित भारतीय दूतावासले पनि भारतको ७५औं स्वतन्त्रता दिवस मनाएको छ । काठमाडौंको लैनचौरमा रहेको भारतीय दूतावासले सोमबार एक समारोहको आयोजना गरी सो स्वतन्त्रता दिवस मनाएको हो । भारतीय झण्डा फहराएर सुरु गरिएको कार्यक्रममा दूतावासका काउन्सिलर प्रशन्न श्रीवास्तवले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रको नाममा दिएको सन्देश पढेर सुनाएका थिए । कार्यक्रममा भारतीय सेनामा रहेका मृतकका परिवारलाई […]
गुरुङ जातिको महत्त्वपूर्ण चाड ‘ट्होटें’ मनाउनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार पोखरा आउने भएकी छिन्। तमु धिं नेपालले पोखरामा आयोजना गर्न लागेको ट्होटें विशेष समारोहमा सहभागी हुनका लागि राष्ट्रपति भण्डारी पोखरा आउने भएकी हुन । तमु धिँ नेपालका अध्यक्ष हुमबहादुर गुरुङका अनुसार राष्ट्रपति भण्डारीले सो पर्वको उद्घाटन तथा निरिक्षण गर्नेछिन । सो अघि बिहान ११ […]
काठमाडौं । चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसीलाई नियुक्त गर्ने सरकारको निर्णय खारेजीको माग गर्दै दायर रिटमा सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र चलचित्र विकास बोर्डलाई विपक्षी बनाएर शुक्रबार फिल्म निर्देशक नरेशकुमार पौड्यालसहित पाँच जनाले रिट दायर गरेका थिए । सर्वोच्चको वेबसाइटअनुसार यो उत्प्रेषणको मुद्दा […]
नागरिक रैबार/बाजुरा २९ साउन।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ९ले गत आर्थिक वर्ष २०७८/७९ मा वडा संचालन भएको योजनाहरुको सार्वजनिक सुनुवाई गरेको छ । वडाले गएको आर्थिक वर्षमा सम्पन्न गरेका योजनाहरुलाई पारदर्शी बनाउन वडाले संचालन गरेका योजनाहरुको एक कार्यक्रमका विच सार्वजनिक सुनुवाई गरेको वडा अध्यक्ष सुर्यकिरण विकले बताएका छन् । वडामा ०७८/७९ का लागि विनियोजन गरेको […]
काठमाडौं । इन्ट्रा-नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा भएको ‘मेरो डान्स कप यूएसए ४ र मेरो भ्वाइस कप यूएसए २’को फाइनल सम्पन्न भएको छ । उत्कृष्ट १२ सम्म अमेरिकामा नै छनोट गरेर त्यसपछि सेमिफाइनलसम्मको प्रतिस्पर्धा नेपालमा आयोजना भएको थियो । काठमाडौंमा सेमिफाइनल सकेर दुबै रियालिटी शोको यूनिट अमेरिका फर्किएको थियो । कोलम्बस शहरमा […]
काठमाडौं । ह्यारी केनले इन्जुरी टाइमको छैटौं मिनेटमा गोल गरेपछि चेल्सी र टोटनहमले प्रिमियर लिगमा २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् । लण्डन डर्बी खेलमा चेल्सीले दुई पटक अग्रता लिएर पनि कायम राख्न सकेन । दोस्रो हाफमा खेल तनावपूर्ण बन्दा दुवै टिमका प्रशिक्षकले रातो कार्ड पाएका थिए । घरेलु मैदान स्टानफोर्ड ब्रिजमा कालिडोउ काउलबेलीले […]
बुटवल । रुपन्देहीको ओमसतियामा एक युवकमाथि गोली प्रहार भएको छ । अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका १ बेलहियाका अन्दाजी २५ वर्षीय विकास गुरुङ घाइते भएका छन् । नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार तीन जनाको समूहले मोटरसाइकलमै सवार गुरुङमाथि ओमसतिया-४ बसन्तपुरमा आइतबार राति पौने १२ बजेतिर एक राउण्ड गोली हानेका प्रहरीले जनाएको छ । […]
काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएकाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । साउनको सोमबारलाई भगवान शिवको प्रिय बार मानिने भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् । यसो गर्दा सुख, शान्ति, समृद्धि र […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले १५बुँदे सन्देशसहित नागरिकता विधेयक प्रतिनिधिसभामै फिर्ता पठाएकी छन् । प्रतिनिधिसभा र राष्ट्रिय सभाले जन्मका आधारमा नेपाली नागरिकता पाएकाहरुका सन्तानले वंशजको नागरिकता पाउने र आमाको नामबाट नागरिकता लिन पाउने व्यवस्थासहित नागरिकता विधेयक पारित गरेर राष्ट्रपतिसमक्ष पठाएको थियो । १५ साउनमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरण गरेर पठाएको १४ औं दिनमा राष्ट्रपतिले उक्त […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिरामी भइहाले उपचार गराउने पैसा आफूसँग नभएको बताएका छन्।आफूले व्यक्तिगत सम्पत्ति राज्यलाई दिएको उनले बताए। ‘मैले आफ्नो व्यक्तिगत सम्पत्ति राज्यको सम्पत्ति भनेर पास गरिदिएको छु,’ काठमाडौंमा आज बिहान आयोजित एक कार्यक्रममा ओलीले भने, ‘म देशका लागि समर्पित छु।’ उनले आफू र श्रीमती बाँचुन्जेल घरमा बस्न पाउने बताए। ओलीको घर […]
काठमाडौं । जतिबेलासम्म करिश्मा मानन्धरलाई ‘सदावहार’ नायिका मानिन्थ्यो, विवाद उनीबाट पर थियो । सौन्दर्यको चर्चा धेरै हुन्थ्यो । तर यतिबेला करिश्माको चर्चा फिल्म र सौन्दर्यभन्दा राजनीतिक र सामाजिक विषयप्रति उनका विचारलाई लिएर भइरहेको छ । उनी लगातार विवादित भइरहेकी छन् । डा. बाबुराम भट्टराईको त्यतिबेलाको राजनीतिक दल नयाँ शक्ति ज्वाइन गरेपछि करिश्मा विवादित बन्न थालिन् […]
सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री वीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिएका छन् । आइतबार बिहान ११ बजे प्रदेश प्रमुख तिलक परियारले नवनियुक्त मन्त्री शाहीलाई पद तथा गोपनीयताको सपथ खुवाएका हुन् । नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य शाहीलाई मुख्यमन्त्री जीवनबहादुर शाहीले बिहीवार (२६ साउन) प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका […]
काठमाण्डौ । नेकपा एमाले अध्यक्ष केपी ओलीले नेपालमा चुनाब जित्नका लागि मानिसको हत्या गर्न पनि पछि नपर्ने प्रवृत्ति रहेको बताएका छन् । नेपाल युवा परिषदले काठमाण्डौमा आयोजना गरेको राष्ट्रिय युवा सम्मेलनमा बोल्दै ओलीले छिमेकी दाजुभाइकै हत्या गरेर भए पनि भोट खोस्ने प्रवृत्ति रहेको बताएका हुन् । त्यस्तो प्रवृत्तिको अन्त्यका लागि मतदान गर्ने तरिका परिवर्तन गर्नुपर्ने […]
काठमाडौं – आगामी मंसिर ४ गते हुने संघीय र प्रदेश सभा निर्वाचनका लागि दल दर्ता गर्ने समय तीन दिन मात्रै बाँकी रहेको छ । निर्वाचन आयोगले निमार्ण गरेको कार्यतालिका अनुसार अब ३ दिन मात्रै बाँकी रहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । ‘यस बिचमा ४० राजनीतिक दल दर्ता भएका छन’ पौडेलले भने […]
राजस्थानको जालोर जिल्लामा शिक्षकको कुटाइबाट एक दलित विद्यार्थीको मृत्यु भएको छ।जिल्लाको सायला थाना क्षेत्रको सुराना गाउँस्थित एक निजी विद्यालय सञ्चालकको भाँडोबाट एक दलित विद्यार्थीले पानी पिएको भन्दै शिक्षकले निर्मम कुटपिट गरेका थिए। शिक्षकको कुटाइबाट गम्भीर घाइते भएका सरस्वती विद्या मन्दिरको कक्षा तीन मा अध्ययनरत इन्द्रकुमारको उपचारकै मृत्यु भएको थियो। शिक्षकको कुटाइमा परेका इन्द्रकुमारलाई परिवारले पहिले […]
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्ने कि नगर्ने भन्ने निर्णय लिने समय अब मंगलबारसम्म मात्रै बाँकी रहेको छ । सभामुख अग्निप्रसाद सापकोटाले १५ साउनमा प्रमाणीकरण गरेर पठाएको सो विधेयकलाई संवैधानिक मान्यता दिन राष्ट्रपतिबाट प्रमाणीकरण गर्ने कि नगर्ने भन्ने निर्णय गर्ने समय मंगलवारको समयसीमा बाँकी रहेको हो । कुनै पनि विधेयक पुनर्विचार गर्नुपर्छ भन्ने लागेमा […]
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि १० अर्ब खर्च हुने अनुमान निर्वाचन आयोगले गरेको छ ।निर्वाचन आयोगले आज सम्पादकहरुसँग आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले अनुमानति १० अर्ब खर्च हुने बताएका हुन् । सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन आगामी मंसिर ४ गते एकैचरणमा […]
फ्रेन्च लिग वान फुटबलको नयाँ सिजनमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लगातार दोस्रो जित दर्ता गरेको छ ।शनिबार राति घरेलु मैदानमा भएको खेलमा पिएसजीले मोन्टपिलरमाथि ५–२ को सानदार जित निकालेको छ। पिएसजीको जितमा नेइमारले २ तथा केलियन एमबाप्पे र रेनातो सान्चेले एक–एक गोल गरे। अर्को गोल पिएसजीले उपहार पाएको थियो। खेलको ३९ औं मिनेटमा मोन्टपिलरका […]
सरकारले आउँदो भदौ ५ गतेदेखि दोस्रो चरणअन्तर्गत बाँकी ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान सुरु गर्ने भएको छ । भदौ ५ गतेदेखि भदौ ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ गतेदेखि असोज १ गतेसम्म दोस्रो मात्रा फाइजर खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ५० जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिका लक्षित खोप […]
काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई निर्वाचनपछि समाजवादी केन्द्र बनाउने रणनीतिसहित साझा चुनाव चिह्न र घोषणापत्रसहित प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा भाग लिने सहमतिनजिक पुगेका छन् । दुवै दलले आ–आफ्नो पार्टीमा छलफल गरेर यसलाई औपचारिक रूपमा टुंग्याउने गृहकार्य भइरहेको नेताहरूले बताएका छन् । दाहालले नेपाल समाजवादी पार्टीसँग साझा चुनाव चिह्न […]