होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
२६ भदौ, काठमाडौं । नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्व चुन्न यही भदौ २८ गते निर्वाचन हुने भएको छ । सर्वोच्चले निर्वाचनको बाटो खोलिदिएपछि भदौ २८ गते बिहान ८ बजेदेखि सातदोबाटोस्थित कार्यालयमा निर्वाचन गर्न लागिएको हो । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एशियाको पर्यवेक्षणमा निर्वाचन हुने जानकारी दिए […]
बलिउड नायिका सन्नी लियोनी आफूले एउटा आइटम नृत्य गरेको चलचित्र ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन बिहिबार नेपाल आउँदैछिन् । सन्नी लियोनीले आइटम नृत्य गरेसँगै यो चलचित्र चर्चामा छ । चलचित्रका अन्य कलाकार प्रचारमा खासै सहभागी नभएपनि सन्नीको आइटमको चर्चा भने छ । भदौको २७ गतेबाट रिलिज हुन लागेको यो चलचित्रलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् । […]
काठमाडौं– यस वर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगितामा पृतना तथा बाहिनीतर्फको समग्र खेलकुदमा श्री नं. १६ बाहिनी अड्डा प्रथम भएको छ । बुधबार सम्पन्न प्रतियोगितामा श्री मध्य पृतना हेड क्वा. दोस्रो हुँदा उपत्यका पृतना हे.क्वा. तेस्रो भयो । प्रतियोगिताका विजेता पृतना तथा बाहिनीहरुलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले नगद तथा ट्रफी प्रदान गरे । प्रतियोगिताअन्तर्गत फुटबलतर्फ जगदल गणले […]
जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश २ का दुई जिल्लाका केही पदाधिकारीहरुलाई बिरोधकै बीच शपथ ग्रहण गराइएको छ । पदाधिकारी चयनप्रति असन्तुष्टी जनाउँदै बिरोध गरेका नेता÷कार्यकर्ताहरु घर फर्केपछि नेकपाले केही पदाधिकारीहरुलाई राति शपथ ग्रहण गराएको हो । नेतृत्व वर्गले सदस्य नै नभएका व्यक्तिहरुलाई पदाधिकारीसम्म बनाएको भन्दै शपथ ग्रहण स्थलमा नाराबाजी गर्दै कुर्सी तोड्फोड […]
काठमाडौं। निर्वाचन आयोगले आगामी १४ मंसिरमा हुने उपनिर्वाचनका लागि ३७ जिल्लामा ४ लाख ४७ हजार ७ सय ९२ मतदाता रहेको बताएको छ । आयोगले विभिन्न ३७ जिल्लामा हुने उपनिर्वाचनका लागि १ सय ५४ वडामा ४ लाख ४७ हजार ७ सय ९२ मतदाताको नामावली संकलन भएको बताएको हो । आयोगले मतदाता नामावलीउपर दाबी विरोधसमेत आह्वान गरेको […]
काठमाण्डाै २५ भदाै । नेपाली सेनाले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न आफू बाधक नहुने स्पष्ट पारेको छ । दसवर्षे सशस्त्र द्वन्द्वकालमा राज्य र तत्काली विद्रोही पक्षबाट भएका मानवअधिकार उल्लंघनसम्बन्धी घटना छानबिन गर्ने सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदाधिकारी नियुक्तमा ढिलाइ भइरहेका बेला सेनाले संक्रमणकालका बाँकी विषय टुंगो लगाउन सहयोग गर्ने प्रतिबद्धता जनाएको हो । […]
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रमा शीर्ष नेताबीच देखिएको विवादको असर जिल्लातहसम्म पनि देखिएको छ । नेकपाभित्र पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल, नारायकाजी श्रेष्ठ तथा रामबहादुर थापाल छुट्टाछुट्टै गुट सञ्चालन गर्दा त्यसको असर तलसम्म परेको हो । नेताबीचको विवादलाई लिएर सामाजिक सञ्जालमा केन्द्रीय नेताले जथाभावी […]
ओखलढुंगा : ओखलढुंगाका विभिन्न गाउँमा फैलिएको अमेरिकी फौजी किरा नियन्त्रण बाहिर गएको छ। कृषि ज्ञान केन्द्रले विषादी वितरण गरेपछि नियन्त्रणमा आएको दाबी गरिए पनि औषधिले काम नगरेको किसानको गुनासो छ। ‘मकै सकेपछि बोडी, मासका मुना र कोसा खान थालेको छ,’ चिसंखुगढी ६ भदौरेका किसान भीमबहादुर थापा मगरले भने, ‘औषधि छिट्दा छुँदै छोएन, औषधिमा टिपेर हाल्दा पनि […]
२४ भदौ, काठमाडौं । नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियान आजबाट देशभर एकैसाथ सुरु गर्दै छ । हरेक प्रदेशसभा क्षेत्रमा वृक्षरोपण गरेर दोस्रो चरणको अभियान सुरु गरिने छ । कांग्रेस संस्थापक बीपी कोइरालाको १०६ औं जन्म जयन्तीको अवसर पारेर सुरु गरिएको अभियानको उदघाटन १०६ वटा बिरुवा नै रोपेर गरिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए […]
काठमाडौँ । आजका विभिन्न राष्ट्रिय दैनिकहरुमा व्याङ्गात्मक कार्टुनहरु प्रकाशित भएका छन् । ती कार्टुनहरुलाई यहाँ समावेश गरिएको छ । अन्नपूर्ण पोस्ट् दैनिकबाट, कान्तिपुर दैनिकबाट
बैतडी, भाद्र-२१ । नरभंक्षी चितुवाको आक्रमणवाट बैतडीको तल्लोस्वराडमा शुक्रवार राती एक बालकको ज्यान गएको छ । शिवनाथ गाउँपालिका २ टाणीखर्कका रामसिंह मडैका ७ बर्षीय छोरा सुदीप मडैको चितुवाको आक्रमणवाट ज्यान गएको हो । शुक्रवार बेलुका साढे ७ बजेतिर घरको आँगनमा खेलीरहेका बेला एक्कासी चितुवाले बालकमाथि आक्रमण गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिनुभयो […]
काठमाडौं : सरकारले चीनसँग सहकार्य गर्ने परियोजनाको अवस्था खोज्न थालेको छ। केही दिनदेखि परराष्ट्र मन्त्रालयले सम्बन्धित मन्त्रालयसँग चीनका परियोजना र आपसी सहकार्यबारे छलफल गरेको हो। चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौं आउने निश्चित भएलगत्तै छलफल सुरु गरिएको अधिकारीहरूले बताए। ‘अहिले हामी निकै व्यस्त छौं। अन्तर मन्त्रालय छलफलको धपेडी चल्दैछ’, बैठकमा सहभागी एक अधिकारीले भने, ‘भ्रमण हुने भएपछि मात्र हामी छलफलमा […]
काठमाडौँ — राजधानीलगायत देशैभरि डेंगु संक्रमण बढेको छ । मन्त्री र उपचारमा संलग्न चिकित्सकहरू पनि बिरामी परेका छन् । देशैभरि डेंगुको संक्रमण फैलिइरहँदा सरकार भने औलो नियन्त्रणका उपाय खोज्न थालेको छ । राजधानीमा मात्रै कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका २ चिकित्सकसहित १० जना, नेपाल जनस्वास्थ्य प्रयोगशालाका दुई र इपिडिमियोलजी तथा […]
१८ भदौ, सिन्धुपाल्चोक । चीन र नेपालबीचको व्यापारिक नाका तातोपानीमा तस्कर सक्रिय हुन थालेका छन् । भूकम्पपछि चिनियाँ पक्षले नाकाको सुरक्षा संयन्त्र मजबुत नभएकै कारणले खोल्न आनकानी गर्दै आएको थियो । अहिले नाका खुलेको दुई महीना बित्न नपाउँदै नाकाबाट अवैध सामग्रीको ओसारपसारको प्रयास भएको छ । केही दिनयता मात्रै नेपालको बाटो हुँदै तातोपानी नाकाबाट चीन […]
१४ भदौ, काठमाडौं । आज शनिबारीय अंकसहितका पत्रिकामा नेपाली युवती बिहेको आवरणमा चीन तस्करी भइरहेको समाचारले प्राथमिकता पाएको छ । विदेश जाँदा बैंक खाता अनिवार्य गर्न लागिएको, अमेरिकासँग एम-१६ हतियार किन्ने प्रक्रिया रद्द भएको, माओवादी पूर्वलडाकु कमाण्डर यमबहादुर अधिकारी नेपाली सेनाको सहायक रथी बन्न लागेकोलगायतका समाचारहरु आजका पत्रिकामा छापिएका छन् । नागरिक दैनिकका अनुसार सरकारले […]
नागरिकको विवरण र सरकारी कामकारबाहीको तथ्यांक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआइटिसी) मा रहन्छ । सबै सरकारी वेबसाइटको तथ्याङ्कहरु यसमै भण्डारण हुन्छ । केहीअघिसम्म सरकारी कार्यालयको वेबसाइटको तथ्यांकहरु निजी कम्पनीका सर्भरमा राख्ने गरिएको भए पनि अहिले सबै तथ्याङ्क केन्द्रमै रहन्छ । तर, एनआइटिसीको सर्भरमा जोडिएका सरकारी वेबसाइट र इमेल पटकपटक […]
काठमाडौं ०६ भदौ / भाद्र मासको कृष्ण पक्षको अष्टमी तिथिमा भगवान् श्रीकृष्णको जन्मोत्सव मनाउने गरिन्छ । श्रीकृष्ण भगवान् विष्णुका अवतार हुन् र घरघरमा उनको बालरूप अर्थात् बालगोपालको पूजा गरिन्छ । बालगोपालको विशेष पूजा अष्टमीको दिनमा गरिन्छ । पूजामा ध्यान दिनुपर्ने कुरा यी हुन् । सबभन्दा पहिले गणेशजीको विधिवत पूजा गर्नुस् । त्यसपछि श्रीकृष्णको पूजा शुरू […]
बुघ जन्मस्थललाई विश्वकै शान्ति क्षेत्र बनाउन स्थापित लुम्बिनी विकास कोषलाई पहुँचवाला नेता तथा कर्मचारीले भर्ती केन्द्र बनाएका छन् । कोषमा कर्मचारीको छनोटको विकृति डेढ दशकदेखि सुरु भएको स्थानीय सरकोकारवाला बताउँछन् । उनीहरुका अनुसार जो शक्तिमा पुग्यो, उही निकटले अवसर पाउँदै आएका छन् र कर्मचारी नियुक्त गर्दा ऐन, विनियमावलीलाई बेवास्ता गर्ने गरिएको छ । यहाँ नियुक्त […]
पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको ८४ बिघा जग्गा विभिन्न व्यक्तिका नाममा रहेको तथ्य बाहिरिएको छ। जिल्लाको साबिक इन्द्रपुर गाविसमा रहेको मन्दिरको जग्गा ३ सय व्यक्तिले आफ्नो नाममा गराई लालपुर्जासमेत लिइसकेका छन्। इन्द्रपुर ‘क’ अन्तर्गत कित्ता नं. २३, २९, ३५, १७, ३७, २८०, १०८ र १५६ को २ बिघा ३ कट्ठा ८ धुर जग्गा गोकर्ण […]
काठमाडौं, ३ भदौ । देशको ‘रेटिङ’ नभएकाले विदेशी लगानी भित्राउन नसकिएको गुनासो उठिरहेका बेला सरकारले देशको साख निर्धारण अर्थात् ‘सोभरेन रेटिङ’को प्रक्रिया अघि बढाएको छ । गत साता अर्थ मन्त्रालयले राजस्व सचिव लालशंकर घिमिरेको संयोजकत्वमा ‘रेटिङ अभरसाइट कमिटि’ गठन गरेपछि यस्तो प्रक्रिया अघि बढको हो । कमिटिका सदस्यमा नेपाल राष्ट्र बैंकका डपुटी गभर्नर चिन्तामणी सिवाकोटी, बिमा […]