होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार भेटवार्ता भएको छ । ओलीलाई भेट्न झण्डै १२ बजे बालुवाटार पुगेका प्रचण्ड दिउँसो १:३० बजे त्यहाँबाट फर्किए । प्रचण्ड बाहिरिएसँगै विभिन्न सञ्चारमाध्यममा भिन्नभिन्न तरिकाले समाचार आयो । ओली र प्रचण्डबीच मंगलबार पार्टी विवादमा छलफल नै नगरेको रहस्य सार्वजनिक भएको छ […]
काठमाण्डाै ३१ असार । आजका पत्रपत्रिकामा छापिएका रमाइला कार्टुनहरु हेर्नुहोस ।
काठमाडौं । काठमाडौं महानगरपालिकाका निर्वाचित जनप्रतिनिधिलाई अब साइकलमै आतेजाते गरेको देख्न पाइने भएको छ । महानगरका करिब आठ सय कर्मचारीले पनि अब साइकलबाटै घर तथा कार्यालय ओहोरदोहोर गर्ने भएका छन् । महानगरको हालै सम्पन्न सातौँ नगर परिषद्ले महानगरका जनप्रतिनिधि, कुचिकार र सवारी चालकलाई साइकल दिने निर्णय गरेपछि महानगरमा अब साइकलपारखी बढ्ने भएका हुन् । काममा […]
नायक राजेश हमालले कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफि दिन सबैसँग आग्रह गरेका छन् । मध्यरातमा एक भिडियो सार्वजनिक गर्दै हमालले भनेका छन्–‘मेरो अनुरोध छ कि, यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफि दिनुहोला ।’
३० असार, काठमाडौं । अन्तरजातीय बिहेको विवादमा कुटपिट हुँदा ६ जनाको ज्यान गएको रूकुमकाे चाैरजहारी घटना नियोजित भएको संसदीय छानविन समितिले निष्कर्ष निकालेको छ । आक्रमणको नेतृत्व वडाध्यक्षले गरेको र घटनाको अनुसन्धानमा प्रहरी प्रशासनको अनुसन्धान फितलो देखिएको समितिले निष्कर्ष निकालेको छ । अन्तरजातीय बिहेको विवादमा गत जेठ १० गते रुकुमको चौरजहारीमा ६ जनाको हत्या भएको […]
काठमाडौं : जापानको मिकी सिटीमा मुख्यालय रहेको एनपीओ रारिगुराँसले नेपाली पारा तेक्वान्दो खेलाडीलाई आर्थिक सहयोग प्रदान गरेको छ। कोरोना भाइरस (कोभिड–१९) का कारण समस्यामा परेका नौ खेलाडीलाई रारिगुराँसका अध्यक्ष एकेमी मिजुबाको पहलमा प्रत्येक खेलाडीलाई पाँच हजारका दरले सहयोग उपलब्ध गराएको पारा तेक्वान्दो प्रशिक्षक कविराजनेगी लामाले जानकारी दिए। रारिगुराँस नेपाल शाखाका अध्यक्ष रोशन श्रेष्ठ र प्रबन्ध निर्देशक […]
काठमाडौं : काठमाडौं उपत्यका सार्वजनिक यातायात सञ्चालनमा आएकोे छ। बन्दाबन्दीपछि मयूर यातायातले उपत्यकामा यात्रु सेवा सुरु गरेको हो। सरकारले असार २६ गतेदेखि ५० प्रतिशत क्षमतामा यात्रु बोक्न दिने गरी सार्वजनिक यातायात सुरु गर्ने निर्णय गरेको थियो। तर ठूला यातायात कम्पनीले सरकारसँग विभिन्न सर्त राखेर यातायात सञ्चालन गरेका छैनन्। मयूर यातायातले २६ गतेदेखि नै यात्रु सेवा सुरु […]
काठमाडौं, ३० असार । नेपालले आफ्नो भूभाग लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरिसकेको छ। तर, त्यसभन्दा करिब ५० किलोमिटरयता कालापानीसम्मै अझै नेपालीको पहुँच छैन। सर्वसाधारणको त कुरै छाडौं, नेपाली सुरक्षाकर्मीले समेत कालापानी टेक्न/देख्न पाउँदैनन्। दार्चुलाको व्यास–१ छाङरुस्थित बोर्डर अब्जरभेसन पोस्ट (बीओपी) बाट कालापानी हिँडेको सशस्त्र प्रहरीको टोली गत जेठ १८ गते त्यहाँभन्दा १.२ किलोमिटर वरैबाट फर्किएको […]
काठमाडौंं, ३० असार । देशभरका केन्द्रीय अस्पताल र केही प्रादेशिक अस्पतालमा आकस्मिक सेवा निःशुल्क गर्ने तयारी थालिएको छ । आगामी आर्थिक वर्ष २०७७/७८ देखि कार्यान्वयन गर्ने गरी कुनै पनि व्यक्ति पैसा नभएर आकस्मिक सेवा लिनबाट वञ्चित नहोओस् भन्ने उद्देश्यले सरकारले प्रारम्भिक आकस्मिक सेवा कार्यक्रम सुरु गर्न लागेको हो । केन्द्रीय अस्पतालहरूमा आकस्कि सेवा निःशुल्क बनाउने […]
काठमाडौं, २९ असार । छोटो दुरीका सार्वजनिक सवारी सञ्चालन गर्नेबारेको अन्योल अझै हटेको छैन । सरकारले काठमाडौं उपत्यकाभित्र तीन जिल्ला र अन्य जिल्लामा सम्बन्धित जिल्लाभित्र हुने गरी सार्वजनिक सवारी साधन सञ्चालन गर्न अनुमति दिए पनि व्यवसायीले विभिन्न माग राखेर सार्वजनिक यातायात खोल्न मानेका छैनन् । सार्वजनिक सवारी साधन खोल्ने विषयमा आइतबार भौतिक पूर्वाधार तथा यातायात […]
काठमाडौं, २९ असार । साझा पार्टीको सचिवालय सदस्य मुमाराम खनाल र डा. सूर्यराज आचार्यले पार्टी परित्याग गरेका छन् । पार्टी केन्द्रीय समिति बैठिकमा आइतबार पार्टी भंग गरेर नयाँ संरचना अनुसार अगाडि बढ्नुपर्ने प्रस्ताव राखेसँगै उनीहरुले पार्टी छोडेका हुन् । युवा तथा बौद्धिक जमातको बाहुल्य रहेको साझा पार्टीमा आन्तरिक विवाद चर्किएको छ। पार्टी निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह […]
काठमाडौं, २९ असार । नेपालमा मृगौला प्रत्यारोपण ऐन संशोधन भई अंग दानको प्रावधानलाई स्वीकृति दिइसकेको भए पनि मृगौला प्रत्यारोपण गरेको आरोपमा चिकित्सक तथा दाताहरु पक्राउ पर्ने क्रम रोकिएको छैन । अझै मृगौला दान दिने व्यक्तिलाई मानव बेचविखन ऐनअन्तर्गत कारबाही गर्दै सरकारले दुवै कानुनलाई सक्रिय बनाइराखेको छ । दुई खालको ऐन भएकै कारण चिकित्सक तथा दाताहरु […]
काठमाडाैं, २९ असार । सलहको झुण्ड फेरी नेपाल प्रवेश गरेको छ । आइतबार बिहान साढे नौ बजे भारतको उत्तर प्रदेशका सितापुर तथा बहराइच क्षेत्रमा रहेका सलहका झुण्डहरु मध्ये एउटा भुण्ड नेपाल प्रवेश गरेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । ‘दाङ्ग जिल्लाको गढवा गाउँपालिकाको २ र ३ नं वडा प्रवेश गरेको र दिउँसो १ […]
काठमाडौं – नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ । कम्पनीले पहिलो चरणमा वडामा रहेका सरकारी तथा अन्य संस्थागत कार्यालयलाई लक्षित गर्दै वाईफाई उपलब्ध गराउने तयारी गरेको प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए । आगामी आर्थिक वर्ष २०७७/७८ को वार्षिक कार्यक्रममै समेटेर वाईफाई सुविधा विस्तार गर्ने काम अगाडि बढाइएको उनले बताए । […]
काठमाडौं, २८ असार । अमेरिककी राष्ट्रपति डोनाल्ड ट्रम्पकाे पहिलो पटक मास्क लगाएको तस्बीर सार्वजनिक भएको छ । उनले मास्क वाल्टर रिट नेशनल मिलिटरी मेडिकल सेन्टरमा घाइते सैनिक भेट्न जाँदा मास्क लगाएको बताइएको छ । कोरोना भाइरसको महामारीका कारण अमेरिका भयावह स्थितीमा पुग्दा पनि ट्रम्पले लकडाउन र मास् लगाउनुपर्ने आवाश्यकता नपर्ने व्रिफिङ गर्दै आएका थिए । […]
काठमाडौं – सरकारले केही दिनदेखि जारी अविरल वर्षासँगैको बाढीपहिरोमा परेकलाई तत्काल उद्धार, राहत र पुनस्र्थापनामा विशेष ध्यान दिने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को प्रधानमन्त्री बालुवाटारमा शनिबार बसेको बैठकले उद्धार, राहत र पुनस्र्थापनालाई विशेष ध्यान दिने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा नेपालमा अझै दुई महिना बाढीपहिरोको समस्या […]
काठमाडौं, २७ असार । काठमाडौंमा एक प्रहरी निरीक्षक (इन्सपेक्टर)लाई कोरोना संक्रमण पुष्टि भएको छ । गोरखा घर भएका ती इन्सपेक्टर हाल महानगरीय प्रहरी बृत्त, बालाजुमा कार्यरत रहेका थिए । उनको शुक्रबार गरिएको पीसीआर परीक्षणमा कोरोना पोजिटिभ आएको हो । उनी कार्यरत बृत्तमा सबैसँग घुलमिल रहेको अन्य प्रहरीको कर्मचारीहरुको पनि पीसीआर टेष्ट गरिने भएको छ । अहिले […]
सरकारले अबदेखि सातै प्रदेशमा शुल्क तिरेर कोभिड–१९ को पिसिआर विधि परीक्षण गर्न पाउने व्यवस्था गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारकै प्रयोगशालामामा निर्देशिका भन्दाबाहेकका मानिसले आफूलाई इच्छाएको बेला शुल्क तिरेर नमूना परीक्षण पाइने व्यवस्था गरिएको बताए। स्वास्थ्यमन्त्री भानुभक्त ढकाललको अध्यक्षतामा यही असार २४ गतेको मन्त्रिस्तरीय निर्णयबाट प्रत्येक प्रदेशमा एक प्रयोगशालालाई शुल्क […]
हुम्ला । हिमाली जिल्ला हुम्लाका किसान आफूले उत्पादन गरेको गोलभेँडा बेच्न २ घण्टा पैदल हिँड्छन् । बारीमा उत्पादन भएको गोलभेँडा बजारसम्म पुर्याउन किसान पिठ्यूँमा भारी बोकेर २ घण्टा हिँड्ने गरेका छन् । खार्पुनाथ गाउँपालिका-४ का बासिन्दा जोइजाली शाही दुई घण्टा पैदल हिँडेर सदरमुकाम सिमकोट पुगेर गोलभेँडा बिक्री गर्छन् । उनी भन्छिन् ‘प्रतिकेजी २५०रुपैयाँमा १० केजी गोलभेँडा […]
नेपालमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा मृत्यु भएका एकजना पुरूषमा कोरोना संक्रमण पुष्टि भएको हो। उनी काठमाडौँ गोकर्णका ५४ वर्षका पुरुष हुन्। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३६ पुगेको छ।