होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • फेरी भित्रियो सलह
देश/प्रदेश

फेरी भित्रियो सलह

  • नागरिक रैबार
फेरी भित्रियो सलह

काठमाडाैं, २९ असार । सलहको झुण्ड फेरी नेपाल प्रवेश गरेको छ । आइतबार बिहान साढे नौ बजे भारतको उत्तर प्रदेशका सितापुर तथा बहराइच क्षेत्रमा रहेका सलहका झुण्डहरु मध्ये एउटा भुण्ड नेपाल प्रवेश गरेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

‘दाङ्ग जिल्लाको गढवा गाउँपालिकाको २ र ३ नं वडा प्रवेश गरेको र दिउँसो १ बजेतिर राप्ति नगरपालिकाको लालमटिया क्षेत्रमा आकाशमा देखिएको छ ।’

केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीले भने,‘ उक्त स्थानमा कृषक तथा समुदायबाट विभिन्न अवरोधहरु सिर्जना गरि बस्न नदिएपछि उत्तर पूर्व तर्फ लागेको सूचना प्राप्त भएको छ । ’

विज्ञापन

उनले उक्त सलहले प्यूठान अर्घाखाँची लगायतका अन्य छिमेकी जिल्लाहरुमा प्रवेश गरि नोक्सान गर्न सक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारीका साथ रहन आग्रह गरे ।

उनले आइतबार बिहान आएको झुण्ड १० देखि १२ लाखको संख्यामा आएको अनुमान गरिएको बताए । सुवेदीले भने ‘दाङमा खासै असर पारेको देखिएन, प्युठान र अर्घाखाँचीमा असर गरेको जानकारी पनि आएको छैन ।’ यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै