होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडानम्बर १० जवाङ खोलामा सुक्खा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ । गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालन गरिएको थियो । तर राति नै फेरी ठूलो पहिरो झरेपछि सडक दुईतर्फी नै बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । पहिरो झर्ने क्रम निरन्तर रहेकाले […]
काठमाडौं । नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो ।प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म हर्षोल्लास र धूमधामका साथ बडादशैं मनाइन्छ । बडादशैंको पहिलो दिन आज घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ ।गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा पवित्र नदी […]
सरकारले दशैंलाई लक्षित गरी आज (घटस्थापना)देखि रुट परमिट खुला गरेको छ । असोज २२ गते (पूर्णिमाको पर्सिपल्ट) सम्म नेपालभर लागू हुने गरी रुट परमिट खुला गरिएको हो । यातायात व्यवस्था विभागका अनुसार गत मंगलबार बसेको सरोकारवालाको बैठकको निर्णय अनुसार आजदेखि रुट परमिट खुला गरिएको हो । कुनै बाटोको विशेष प्रकृतिका कारण सो बाटोमा चल्न निषेध […]
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ । मंगलबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने तय भएको प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार, बैठकमा मुख्यतया सात एजेन्डामा छलफल हुने छ। जसमा समसामयिक अवस्था र बैठक बारे, प्रदेश बैठकहरूबाट प्राप्त विवरण (सभापतिहरूको तर्फबाट), परिवर्तित अवस्थामा […]
काठमाडौँ । च्यासलको पार्टी कार्यालय भदौ २३ र २४ को आन्दोलनका क्रममा आगजनी भएर काम नलाग्ने भएपछि नेकपा एमालेले केन्द्रीय कार्यालय राख्ने भवन खोज्न सुरु गरेको छ । आन्दोलनकारीले कार्यालयमा आगजनी र तोडफोड गरेर ध्वस्त भएकाले बैठक बस्न र पार्टीका अन्य गतिविधि समेत सञ्चालन गर्न मिल्ने अवस्था नभएकाले नयाँ भवनको खोजी गर्नुपरेको एमाले केन्द्रीय कार्यालयका […]
आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष आज अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदै छ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन कृष्ण आमावास्याका दिन दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी आज समापन गर्न लागिएको हो । आश्विन शुक्ल प्रतिपदाका दिन गरिने मातामह (आमाको बा)को श्राद्ध भने सोमबार […]
काठमाडौं : आज देशभर साधारणतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको […]
काठमाडौँ — संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान ८:३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम आयोजना तय भएको छ । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गर्नेछिन् । अहिलेको विशेष राजनीतिक परिस्थितिमा दिवसका अवसरमा झाँकीलगायत कार्यक्रम भने स्थगन […]
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानबाटै वर्तमान राजनीतिक परिस्थितिको निकास खोज्न सकिने बताएका छन्। संविधान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले संविधान मुलुकको सर्वोच्च कानुन भएकाले कुनै पनि विशेष परिस्थितीमा उत्पन्न राजनीतिक जटिलताको समाधान दिने बताएका हुन्। ‘मुलुकमा विकसित वर्तमान राजनीतिक अवस्थाको उचित निकास पनि यही संविधानभित्र खोज्न सकिन्छ भन्ने हाम्रो विश्वास कायमै […]
आज विश्वकर्मा बाबाको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छ । हरेक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा गरी यो पर्व मनाइने गरिन्छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ।आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना […]
, काठमाडौं । सरकारले जेनजी युवाको प्रदर्शनको क्रममा ज्यान गुमाएकाहरुको सम्मानमा आज देशभर शोक बिदा दिएको छ । भ्रष्टाचारविरुद्ध गत भदौ २३ र २४ गते भएको आन्दोलनको क्रभममा कम्तिमा ७२ जना युवाको मृत्यु भएको थियो । उनीहरुको सम्मानमा यही भदौ ३० गतेको अन्तरिम सरकार मन्त्रिपरिषद बैठकले असोज १ गते राष्ट्रिय शोक मनाउन सार्वजनिक बिदा दिने […]
काठमाडौं । स्थगित गरिएको कक्षा १२ को मौका (पूरक) परीक्षाको नयाँ तालिका सार्वजनिक भएको छ । यसअघि भदौ २८ र २९ गतेका लागि तय गरिएको परीक्षा जेनजी आन्दोलन हिंसात्मक बन्दा स्थगित गरिएको थियो । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा ११ र १२ ले संशोधित नयाँ तालिका सार्वजनिक गरेको छ । नयाँ तालिका […]
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा मारिएका शहीदहरूको सम्झनामा सरकारले जेनजी जागरण स्मारक पार्क बनाउने भएको छ । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको मन्त्रिपरिषद्काे बैठकले जेनजी जागरण स्मारक पार्क बनाउने सैद्धान्तिक निर्णय गरेको हो । गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालका अनुसार पार्कका लागि स्थान भने ताेकिएकाे छैन । आन्दोलनको कारण हालसम्म ७२ जनाको मृत्यु भइसकेको सरकारले […]
काठमाडौं । जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ । प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले सो जानकारी दिएका हुन् । आन्दोलनमा प्रदर्शनकारी ५९ जना, कैदीबन्दी १० जना र सुरक्षाकर्मी ३ जना गरी ७२ जनाको ज्यान गएको मुख्य सचिव अर्यालले बताए । उनका अनुसार १३४ जना प्रदर्शनकारी र ५७ […]
काठमाडौं । अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् । शुक्रबार राति प्रधानमन्त्रीको शपथ लिएकी कार्कीले आवश्यक छलफलपछि आइतबार सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् । यसअघि जेनजी पुस्ताको भोटिङबाटै कार्कीलाई प्रधानमन्त्री बनाउने निर्णय भएको थियो । प्रधानमन्त्री जस्तै मन्त्री चयन पनि भोटिङकै आधारमा गर्ने तयारीमा जेन्जीहरू छन् […]
नयाँ सरकार गठन भएसँगै देशभर आम नागरिकको जनजीवन सामान्य बनेको छ । आन्दोलनपछि मुलुकका विभिन्न क्षेत्रमा केही दिनअघिदेखि लगाइको कर्फ्यु र निषेधाज्ञा हटेको छ । सबै जनता आफ्नो पेसा व्यवसायमा संलग्न भएका छन् । युवापुस्तासहित सम्पूर्ण देशवासीमा खुशियाली छाएको छ । शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ । भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको नाराकासाथ अघि बढेको […]
काठमाडौँ । नयाँ सरकार गठन भएसँगै काठमाडौँ उपत्यकाको जनजीवन सामान्य बनेको छ । नागरिक आफ्नो पेसा व्यवसायमा संलग्न हुन थालेका छन् भने सडकमा पनि सवारीको चाप बढ्न थालेको छ । शान्ति सुरक्षाको अवस्था सामान्य रहेको छ । भ्रष्टाचारविरुद्ध र सुशासन प्रवर्द्धनको नाराकासाथ अघि बढेको जेनजी पुस्ताको मागअनुरूप पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीका नेतृत्वमा नयाँ सरकार गठन भएको […]
काठमाडौँ । शनिबारदेखि देशैभर यातायात सञ्चालनमा आएका छन् । जेनजीको आन्दोलनका क्रममा मंगलबारदेखि उपत्यकाभर प्रदर्शन तीव्र भएपछि सार्वजनिक यातायात पूर्ण रूपमा बन्द गरिएको थियो। देशको अवस्था सामान्य बन्दै गएपछि शनिबारदेखि स्थानीय सरकारसँगको समन्वयमा यातायात चालू गरेको यातायात व्यवसायीहरूले बताएका छन् । देशभरका स्थानीय सरकारसँग समन्वय गरेर यातायात चालू गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ […]
राजनीतिक घटनाक्रम फेरिएसँगै कार्तिक १७ गते रूपन्देही ३ मा हुन लागेको उपनिर्वाचन रद्द भएको छ । जेनजी आन्दोलनपछि यसअघिको सरकार फेरिएको छ भने संघीय संसद पनि विघटन भइसकेको छ । निर्वाचन आयोगले कात्तिक १७ गतेका लागि यसको तयारी गरेसँगै दलहरूले पनि अन्तिम तयारी गरिसकेका थिए, केही दलले उम्मेदवारसमेत घोषणा गरिसकेका थिए भने आयोगले निर्वाचन आयुक्त […]
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]