होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापनका नेताहरूलाई विशेष महाधिवेशन नगर्न निर्देशन दिएका छन् । विशेष महाधिवेशन माग गर्दै दुई हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षरसहितको पत्र बुझाएका थिए । तर, त्यो पत्रको कार्यान्वयन नगरी नियमित महाधिवेशन गर्ने वातावरण निर्माण गर्न संस्थापनका नेताहरूलाई देउवाले भनेका हुन् । गत आइतबारको केन्द्रीय कार्यसमिति […]
नेकपा माओवादी केन्द्रसहितका कम्युनिस्ट पार्टीसँग एकता गर्ने निर्णयलाई चुनौती दिँदै सो पार्टीका असन्तुष्ट पक्षले नेकपा एकीकृत समाजवादी नै पुनर्गठन गर्ने भएका छन् । शुक्रबार सकिएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले पार्टी एकता गर्ने अध्यक्ष माधवकुमार नेपालको प्रस्ताव बहुमतले पारित गरेको छ । उक्त निर्णयको विपक्षमा रहेका सम्मानित नेता झलनाथ खनालसहितका केही नेताले तत्कालै भेला बोलाएर […]
अछाम:राजनीतिक आडमा जिल्ला समन्वय समिति अछामको कार्यालय भित्रकै भवन अनाधिकृत व्यक्तिको कब्जामा रहेको छ। कार्यलय भित्र रहेको शौचालय सहितको भवनमा मंगलसेन नगरपालिका ५ का राजाराम भाटले ५ बर्ष देखि कब्जामा लिएका छन। सँगै रहेका अन्य भवनका कोठाहरुको अन्यले भाडा तिरिरहदाँ भाटले भने फ्रिा कोठा र ट्वाईलेट कब्जा लिएका छन् ।त्यति मात्रै होइन भाटले बिजुली समेत […]
काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेनजी प्रतिनिधिहरुसँग छलफल गर्ने भएकी छन् । Tata Futuressoft RATOPATI PATRO बुधबार कार्कीले राष्ट्रिय मान्यता प्राप्त दलहरु र जेनजी अगुवालाई पहिलोपटक एकै ठाउँमा राखेर छलफल गर्न लागेकी हुन् । बैठक भोलि अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । निर्वाचनको वातावरण बनाउनका लागि पहिलोपटक […]
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालका सुरक्षाकर्मी फिर्ता भएका छन् । सरकारले पूर्वप्रधानमन्त्री समेत रहेका नेपालको सुरक्षार्थ खटिएका सबै सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय भएको गृह मन्त्रालय स्रोतले बतायो । यसअघि गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षाकर्मीको दुरुपयोग रोक्ने निर्णय गरेका थिए । भ्रष्टाचारका अभियुक्तलाई पूर्वप्रधानमन्त्रीको हैसियतमा सुविधा दिन नमिल्ने भन्दै सुरक्षाकर्मी फिर्ता बोलाइएको गृह […]
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीसहितको सहभागितामा सर्वदलीय,सर्वपक्षीय सरकार गठनको माग गरेका छन् । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च (मानवअधिकार एलाइन्स) को टोलीसँग सोमबार भएको भेटवार्ताका क्रममा वर्तमान सङ्कट टार्ने गरी सर्वपक्षीय सरकार बनाउने प्रस्ताव अध्यक्ष ओलीले गरेको पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले बताए । सो भेटवार्ताका विषयबारे जानकारी […]
सरकारले ३६ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरूको सरुवा गरेको छ। गृह मन्त्रालयले आइतबार देशभरका ३६ प्रजिअको सरुवा गरेको हो। मन्त्रालयले रुपन्देही, कैलाली, महोत्तरी, पर्सा, बाँके, बर्दिया, रौतहट, कपिलवस्तु लगायत जिल्लाका प्रजिअको सरुवा गरिएको जनाएको छ। मन्त्रालयले केही जिल्लामा नयाँ प्रजिअ पठाएको छ भने केहीलाई स्थानान्तरण गरेको छ।
काठमाडौं महानगरपालिकाले ६२ वटा चोकमा हाइ मास्ट लाइट जडान गरेको छ। हाइ मास्ट लाइट आवश्यकता देखिएका ७० वटा चोकमध्ये ६२ वटा चोकमा बत्ती जडानको काम अन्तिम चरणमा पुगेको सार्वजनिक निर्माण विभागका महाशाखा प्रमुख रामचन्द्र नेपालीले जानकारी दिए। उनका अनुसार ९ करोड ८५ लाख २२ हजार १४४ लागतमा बत्ती जडान गरिएको हो। ‘आउँदो पुस ३० गतेसम्म काम […]
रूकुम पश्चिममा शुक्रबार बेलुकी भएको जिप दुर्घटनामा परी घटनास्थलमै सात जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक हरि पुनका अनुसार मृत्यु हुनेमा आठबिसकोट नगरपालिका–२ स्यालाकी ३० वर्षीया कमला वली, आठबिसकोट– २ का १६ वर्षीय टेकजंग बुढा, आठबिसकोट– १५ की दिलमाया बुढा, आठबिसकोटकी १७ की मनिका वली, १८ वर्षीया सर्मिला विक, २२ वर्षीया गोपाल वली छन्। […]
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा (माओवादी केन्द्र) सँग अघि बढाएको एकताको छलफलप्रति विमति जनाएका छन् । सञ्चारमाध्यममा खनालसमेत सहमत भएको भन्दै आएका समाचारप्रति उनको सचिवालयले खण्डन गरेको छ । खनालका प्रेस सहयोगी मिलन उपाध्यायले बताएअनुसार खनाल माओवादीसँग एकता होइन, पार्टी पुनर्गठनकै पक्षमा छन् । ‘मैले कमरेड झलनाथ खनालसँग प्रत्यक्ष फोन सम्पर्क […]
काठमाडौँ । केही दिनभित्रै नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बसेर ११ औँ महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनोटको विधि र मापदण्ड निर्धारण गर्ने भएको छ । गत असोज ३१ गते सम्पन्न एमाले केन्द्रीय कमिटीको बैठकले आगामी मंसिर २७, २८ र २९ गते पोखरामा ११ औँ महाधिवेशन गर्ने निर्णय गरे पनि महाधिवेशनको कार्यतालिका र महाधिवेशन छनोट विधि […]
कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौ दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान […]
काठमाडाैँ । तिहार अन्तर्गत भाइटिका नजिकिँदै जाँदा उपत्यका छाड्ने यात्रुहरूको सङ्ख्या बढेको छ ।उपत्यकाका विभिन्न नाकाका साथै बसपार्कहरूमा यात्रुहरूको भिड देखिएको छ । शनिबारदेखि सुरु भएको तिहारको भाइटिकाको बिहानसम्ममा करिब ५ लाख सर्वसाधारण उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । उपत्यका बाहिरिने सर्वसाधारणका साथै तिहारमा उपत्यका आउने यात्रुहरूको सङ्ख्या पनि उतिनै देखिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी […]
तिहारको तेस्रो दिन आज घर–घरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराई नरक […]
प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदै छ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए। यमराजले लोकको खबर […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई उपत्यका छोड्न सरकारले रोक लगाएकोमा आपत्ति जनाएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमाले सम्पर्क समन्वय कमिटीको भेटघाट तथा चियापान कार्यक्रममा सम्बोधन गर्दै उनले भने, “म नेपालको जुनसुकै स्थानमा जाने, रोकेर देखाउनुस्।” ओलीले वर्तमान परिस्थितिलाई अँध्यारो रहेको बताउँदै तिहारमा औँसीको रात उज्यालोले चिर्ने जस्तै देशमा पनि अँध्यारोलाई उज्यालोले […]
प्रधानमन्त्री सुशीला कार्कीले सहज राजनीतिक निकासका लागि निर्वाचन सम्पन्न गर्न सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहन आग्रह गरेकी छन् । राष्ट्रपति रामचन्द्र पौडेल र चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग शनिबार शीतलनिवासमा भएको छलफलपछि उनले सबै पक्ष जिम्मेवार र ऐक्यबद्ध रहन आग्रह गरेकी हुन् । ‘फागुन २१ मा निर्धारित प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्ने दिशामा सन्तोषजनक प्रगति […]
नेपाल विद्यार्थी संघ (नेविसंघ) बाजुराले भदौ २३ र २४ गते काठमाडौंसहित देशभर भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन माग गरेको छ। नेविसंघको केन्द्रीय सर्कुलरअनुसार बाजुराले प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलमार्फत अन्तरिम सरकारलाई सरकारी संरचना र नेताहरूको घर जलाउने तथा ध्वस्त पार्नेहरूविरुद्ध कारबाहीको मागसहित ज्ञापनपत्र बुझाएको नेविसंघ बाजुराका अध्यक्ष जनक […]
राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातावरणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास जगाउन सरकार र चारै सुरक्षा निकायका प्रमुखलाई आग्रह गरेका छन्। राष्ट्रपति भवन शितल निवासमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्री र सुरक्षा निकाय प्रमुखहरूको सहभागितामा शनिबार बसेको छलफलमा उनले राजनीतिक दल र आम नागरिकलाई चुनावप्रति आश्वस्त पार्नु सुरक्षा निकायको पहिलो दायित्व भएको […]
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले फरार अपराधी र लुटिएका हतियार नियन्त्रणमा नआएसम्म देशमा चुनाव सम्भव नहुने दाबी गरेका छन्। शनिबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित चियापान कार्यक्रममा ओलीले भने “१२ सयभन्दा बढी प्रहरीले प्रयोग गर्ने हतियार र एक लाख गोली लुटिएको छ, पाँच हजारभन्दा बढी कैदी बन्दी बाहिर छन्, यस्तो अवस्थामा चुनावको नाटक गरिँदैछ,” उनले […]